back

जीप दुर्घटना – वडासचिवको मृत्यु, सात गम्भीर घाइते

वि.सं.२०७६ फागुन २२ बिहीवार

474 

shares
GLOBAL IME AD
NTC AD

२२ फागुन, गोरखा । गोरखाको आरुघाट गाउँपालिका–१ र्धोचेमा बलेरो जीप दुर्घटना हुँदा धार्चे गाउँपालिका–६ का वडासचिव किरण रिमालको घटनास्थलमा नै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले दिएको जानकारी अनुसार ग १ ज ५५०५ नम्बरको सो जीप बुधबार साँझ करिब ७ः३० बजे सडकबाट झण्डै ३०० मिटर तल खस्दा दुुर्घटनामा परेको थियो ।

दुर्घटनामा सो गाउँपालिकाका उपाध्यक्ष फुलमाया गुरुङसहित सोही गाउँपालिकाका कर्मचारी घनबहादुर गुरुङ, निशा गुरुङ, शर्मिला गुरुङ, क्याराम्यान केयरसिंह गुरुङ, फेज नेपाल नामक संस्थाका कर्मचारी सरोज गुरुङ र जीपका चालक करौजाका बालचन्द्र गुरुङ गम्भीर घाइते भएकोे प्रहरीले जनाएको छ ।

घाइते सबैको अहिले दोङचेतस्थित फेज नेपालद्वारा सञ्चालित क्लिनिकमा सामान्य उपचार भइरहेको छ । घाइते अधिकांशको टाउको र मेरुदण्डमा चोट लागेको जनाइएको छ । रातिको समयमा सामान्य वर्षा भएकाले कच्ची सडकमा जीप घुम्तीमा चिप्लिएर दुर्घटना भएको हुनसक्ने प्रहरी अनुमान गरेको छ ।

घाइतेलाई थप उपचारका लागि काठमाडौँ लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । घटनास्थल अति नै विकट भएकाले हेलिकप्टरबाट उद्धारका लागि पत्राचार गरिएको गोरखाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । रासस

वि.सं.२०७६ फागुन २२ बिहीवार ०९:४८ मा प्रकाशित

तरूण अधिवेशनमा खुकुरी हान्नेविरुद्ध जाहेरी दर्ता

तरूण अधिवेशनमा खुकुरी हान्नेविरुद्ध जाहेरी दर्ता

काठमाडौँ । तरुण दल लमजुङको पाँचौं जिल्ला अधिवेशनमा भएको खुकुरी...

सुरु भयो यस यामको ‘हनिहन्टिङ’

सुरु भयो यस यामको ‘हनिहन्टिङ’

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –५ स्वाँतमा रहेका भिरहरुमा महशिकार...

बागलुङमा आन्तरिक पर्यटकको आगमन वृद्धि

बागलुङमा आन्तरिक पर्यटकको आगमन वृद्धि

बागलुङ । न्यून विदेशी पर्यटक भित्रने बागलुङमा आन्तरिक पर्यटकको आगमन...

कोप्रे झरनामा पर्यटकहरूको सुविधाका लागि ‘पार्क’को निर्माण कार्य सुरु

कोप्रे झरनामा पर्यटकहरूको सुविधाका लागि ‘पार्क’को निर्माण कार्य सुरु

गलेश्वर (म्याग्दी) । बेनी नगरपालिका वडा नं २ बगरफाँटमा रहेको...

धार्मिक पर्यटकीय गन्तव्य बन्दै मालिका मन्दिर

धार्मिक पर्यटकीय गन्तव्य बन्दै मालिका मन्दिर

गुल्मी । मुसिकोट नगरपालिका–६ स्थित कुर्घाको मालिका मन्दिर धार्मिक पर्यटकीय...

सामुदायिक विद्यालयमा निःशुल्क आवासीय सुविधा

सामुदायिक विद्यालयमा निःशुल्क आवासीय सुविधा

म्याग्दी । बेनी नगरपालिका–५ मा रहेको डिम्ब आधारभूत विद्यालयले निःशुल्क...