back
CTIZAN AD

प्रदेश सरकारले सुरुङमार्ग बनाउँछ – मन्त्री फुयाँल

वि.सं.२०७६ फागुन २३ शुक्रवार

882 

shares

२३ फागुन, मकवानपुर । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्गको स्थलगत निरीक्षण गरेका छन् ।

मन्त्री फुयाँल वाग्मती प्रदेशको गौरवको योजना हेटौँडा–काठमाडौँ जोड्ने भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणमा भइरहेको कामबारे जानकारी लिन आज निर्माणस्थल पुगेकी हुन् । सो क्रममा प्राविधिक टोलीका इञ्जिनीयरिङ भूगर्भशास्त्री ईश्वर दाहालले मन्त्री फुयाँललाई सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार गर्न भइरहेको प्राविधिक अध्ययनको बारेमा जानकारी गराएका छन् । भूगर्भशास्त्री दाहालले सुरुङमार्गको ५० प्रतिशत प्राविधिक अध्ययन गरी सकाएको जानकारी दिए ।

उनले करिब डेढ महिनाभित्र सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार हुने र टोपोग्राफिक सर्वे, जियोलोजिकल म्यापिङ सर्वे, ड्रोन सर्वे भइरहेको बताए । जियोलोजिकल सर्वे तीन दिनपछि शुरु हुने उनले बताए । सुरुङमार्गको प्राविधिक अध्ययनको लागि १० डिजाइनिङ, २० सोयल इन्भेस्टिगेशन, पाँच टापोग्राफिक, पाँच जियोफिजिकल र पाँचले ड्रोन सर्वे गरी ४५ कार्यस्थलमा खटिएको भूगर्भशास्त्री दाहालले जानकारी दिए । भीमफेदीदेखि कुलेखानीसम्म ३ दशमलव २१५ किलोमिटर सुरुङ निर्माण हुनेछ ।

वाग्मती प्रदेश सरकारले वैशाख २०७७ भित्रै सुरुङमार्गको ग्लोबल बोलपत्र आह्वान गर्ने गरी काम अगाडि बढाएको भौतिक विकासमन्त्री फुयाँलले जानकारी दिए । उनले सुरुङमार्ग बन्नेमा विश्वस्त हुन जनमानसलाई आग्रह गरेका छन् । “यो प्रदेशकै गौरव योजना हो । कुनै हालतमा प्रदेश सरकारले सुरुङमार्ग बनाएर छाड्छ विश्वस्त हुनुस् । अब हामी आगामी वैशाखभित्रै बोलपत्र आह्वान गर्दैछौँ,” मन्त्री फुयाँलले भने ।

सुरुङमार्ग निरीक्षणमा संविधानसभा सदस्य अनन्त पौडेल, पूर्वजिल्ला विकास समितिका सभापति रामेश्वर राना, भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, उपाध्यक्ष पार्वती राना, नेकपा मकवानपुरका नेता एकालाल श्रेष्ठलगायत थिए ।

वि.सं.२०७६ फागुन २३ शुक्रवार १६:२५ मा प्रकाशित

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा...

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

भद्रपुर (झापा) । कनकाई नगरपालिकाले कक्षा ८ पूरा गर्न नसकेका...

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

काठमाडौँ । राइड-सेयरिङ प्लेटफर्म इन्ड्राइभमा आबद्ध चालकहरू आफ्ना सेवा–सुविधा र...

करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा

करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा

काठमाडौँ । करदाता प्रोत्साहन उपहारअन्तर्गत विजेताहरु घोषणा गरिएको छ ।...

मृत अवस्थामा केसी

मृत अवस्थामा केसी

दाङ । स्थानीय राजेन्द्र केसी मोटरसाइकलसहित मृत अवस्थामा फेला परेका...