काठमाडौँ । फागुन ३० गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शन मिति स्थगित भएको छ ।
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण निर्माण समुहले चलचित्र प्रदर्शन मिति रोक्न बाध्य भएको हो ।
यस चलचित्रका निर्देशक तथा निर्माता सुदर्शन थापाले प्रेस विज्ञप्ती जारी गर्दै ‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शन मिति अहिलेलाई स्थगित गरिएको जानकारी दिएका छन् । उक्त चलचित्रमा अभिनेता पल शाह र अभिनेत्री पुजा शर्माको मुख्य भूमिका रहेको छ । यस्तो छ प्रेस विज्ञप्ती

वि.सं.२०७६ फागुन २३ शुक्रवार १६:४२ मा प्रकाशित





























