back
CTIZAN AD

सिटिजन्स बैंकद्वारा भोजपुरको एक विद्यालयलाई सहयोग प्रदान

वि.सं.२०७६ फागुन २३ शुक्रवार

777 

shares

२३ फागुन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भोजपुर जिल्लाको श्री बिद्योदय माध्यमिक विद्यालयलाई भौतिक सामग्रीहरु सहयोग प्रदान गरेको छ ।

सर्वसाधारणलाई गुणस्तरिय सेवा तथा सुविधा दिदैं आएको सिटिजन बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत भौतिक सामग्रीहरु सहयोग प्रदान गरेको हो । बिहिबार विद्यालयको प्रांगणमा आयोजित एक कार्यक्रमका बीच उक्त सहयोग हस्तान्तरण गरिएको थियो ।

विद्यार्थी दिवा खाजाको तयारीका लागि आवश्यक पर्ने भाँडाकुडा तथा अन्य सामग्रीहरु उपलब्ध गराएको छ । विद्यालयले विद्यार्थीको चौतर्फी विकासको निम्ति विभिन्न कार्यक्रमहरुलाई पाठ्यक्रममा समावेश गरी गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको छ । विद्यार्थीहरुको मानसिक, शारीरिक, बौद्धिक तथा सामाजिक विकास हुन सकेमा मात्रै उनीहरु पूर्ण मानव बन्न सक्छन् भन्ने कुरालाई शिरोधार्य गर्दै विद्यालयले आफूलाई शैक्षिक तथा भौतिक रूपमा सबल बनाउन विभिन्न कामहरु गर्दै आएको छ । नेपाल सरकारले अवलम्बन गरेको ’सुखी नेपाली र सम्बृद्ध नेपाल’ को अवधारणालाई साकार पार्न यस किसिमको सहयोग फलदायी हुने विश्वास बैंकले व्यक्त गरेको छ ।

यस सहयोगले सामाजिक अपहेलना र तिरस्कार भोगेर जीवनयापन गरिरहेका जनजाती, दलित र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरुको मनोवल थप उच्च हुने कुरा विद्यालयले जनाएको छ । अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिकआदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने जनाइएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाताखोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ । सूचना प्रविधिमा आएको परिवर्तनलाई अंगिकार गर्दै यस बैंकले ग्राहकवर्गलाई घरमै बसेर छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा वित्तीय सेवा सुविधा उपभोग गर्न मिल्ने विभिन्न प्रविधिमैत्री योजनाहरु समेत संचालनमा ल्याएको छ ।

अन्तराष्ट्रिय कार्ड प्रदायक कम्पनी भिजासँगको सहकार्यमा यस बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपाल भित्रको कुनै पनि पीओएस मेशिनमार्फत सामान वा सुविधा खरीद गर्दा २० प्रतिशत सम्म क्यास ब्याक(नगदफिर्ता) हुने योजना सञ्चालनमा रहेको छ ।

 

वि.सं.२०७६ फागुन २३ शुक्रवार १६:१९ मा प्रकाशित

करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक, बिल तिर्दा १० लाखसम्म पुरस्कार

करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक, बिल तिर्दा १० लाखसम्म पुरस्कार

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय र...

आाजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आाजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका (शुक्रबार)का लागि विदेशी मुद्राको...

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि कर्जा सम्झौता

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि कर्जा सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच तल्लो...

कृषि विकास बैंकको नाफा घट्यो, वितरणयोग्य नाफा १ अर्ब २६ करोड

कृषि विकास बैंकको नाफा घट्यो, वितरणयोग्य नाफा १ अर्ब २६ करोड

काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको वित्तीय...

नविल बैंकको नाफा ३३ प्रतिशतले बढ्यो, सबै वित्तीय सुचकमा उल्लेखनीय सुधार

नविल बैंकको नाफा ३३ प्रतिशतले बढ्यो, सबै वित्तीय सुचकमा उल्लेखनीय सुधार

काठमाडौँ । नविल बैंकको आर्थिक वर्ष २०८२/२०८३ को वित्तीय विवरण...

‘डिजिटल’ बन्दै खुला बजार कारोबार

‘डिजिटल’ बन्दै खुला बजार कारोबार

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले खुला बजार कारोबार सञ्चालनलाई थप...