back
CTIZAN AD

सरकार भन्छ-‘ग्यासको अभाव भएको छैन’, स्टकमा नराख्न उपभोक्तासँग आग्रह

वि.सं.२०७६ फागुन २३ शुक्रवार

852 

shares

२३ फागुन, काठमाडौं । सरकारले ग्यास लगायतका दैनिक उपभोग्य वस्तुको अभाव नरहेको प्रष्ट पारेको छ । कोरोना भाइरसको जोखिम बढेको भन्दै बजारमा ग्यासको माग बढेपछि सरकारले उपभोक्तालाई नआत्तिन र चाहिनेभन्दा धेरै स्टकमा नराख्न आग्रह गरेको हो ।

ग्यासको आपूर्ति सजिलै भइरहेकाले अभाव नहुने हुँदा आवश्यकताभन्दा धेरै नलिन वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले आग्रह गरे । उनले बजारमा ग्यासको कृत्रिम अभाव गराउनेलाई कारबाही हुने पनि बताए । कोही कसैले ग्यास लुकाएको थाहा पाए वा ग्यास नदिए फोन नम्बर ११३७ मा वा ९८५११४४१८९ मा सम्पर्क गरेर जानकारी दिन पनि महानिर्देशक सुवेदीले आग्रह गरे ।

बजारमा दैनिक अनुगमन भैरहेकाले कालोबजारी र कृत्रिम अभाव हुन नदिने विभागको दाबी छ । बजारको अवस्थालाई हेरेर अनुगमन अझै बढाउने सरकारको तयारी छ । ग्यासको आवश्यकताभन्दा बढी स्टकमा राख्दा जोखिम बढ्ने भएकाले उपभोक्तालाई सचेत रहन सरकारले आग्रह गरेको छ ।

वि.सं.२०७६ फागुन २३ शुक्रवार १६:१६ मा प्रकाशित

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट...

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...

बोराभित्र महिलाको शव फेला

बोराभित्र महिलाको शव फेला

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँधेर...

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...