back
CTIZAN AD

अष्ट्रेलियामा अध्ययनरत एक नेपाली विद्यार्थीको डुबेर मृत्यु

वि.सं.२०७६ फागुन २४ शनिवार

741 

shares

२४ फागुन, अष्ट्रेलिया । अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीको समुद्रमा डुबेर मृत्यु भएको छ ।

पोखरा घर भएका निकित श्रेष्ठको बुधबार पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको नेपाली दूतावास अष्ट्रेलियाले जनाएको छ ।

साथीहरुसँगै फागुन २१ गते (मार्च ४) दिउसो समुद्रमा पौडी खेल्ने क्रममा उनलाई छालले बगाएको थियो । उनीसँगै रहेका साथीहरुले तत्कालै उद्धारकर्मीलाई खबर गरेपनि उनलाई बचाउन नसकिएको बताइएको छ । उनलाई छालले बगाएर २ सय मिटर पर पुर्याएको बताइएको छ ।
व्रिसबेनको फेडेरेसन युनिभर्सिटीमा आइटी अध्ययनरत श्रेष्ठ ६ महिना अघिमात्र अध्ययनका लागि अष्ट्रेलिया पुगेका थिए ।

राजदूत महेशराज दाहालले दुःखद घटना भएको बताउँदै मृतकका परिवारसँग सम्पर्क गरेर आवस्यक सहयोग गरिने र एनआरएनएसँग मिलेर शब पठाउन आवस्यक तयारी भइरहेको पनि उनले बताएका छन् ।

पछिल्लो समय अध्ययनका लागि अष्ट्रेलिया पुगेका विद्यार्थीहरुको डुबेर मृत्यु हुने क्रम बढिरहेको छ ।

वि.सं.२०७६ फागुन २४ शनिवार ०९:२० मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...