२४ फागुन, अष्ट्रेलिया । अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीको समुद्रमा डुबेर मृत्यु भएको छ ।
पोखरा घर भएका निकित श्रेष्ठको बुधबार पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको नेपाली दूतावास अष्ट्रेलियाले जनाएको छ ।
साथीहरुसँगै फागुन २१ गते (मार्च ४) दिउसो समुद्रमा पौडी खेल्ने क्रममा उनलाई छालले बगाएको थियो । उनीसँगै रहेका साथीहरुले तत्कालै उद्धारकर्मीलाई खबर गरेपनि उनलाई बचाउन नसकिएको बताइएको छ । उनलाई छालले बगाएर २ सय मिटर पर पुर्याएको बताइएको छ ।
व्रिसबेनको फेडेरेसन युनिभर्सिटीमा आइटी अध्ययनरत श्रेष्ठ ६ महिना अघिमात्र अध्ययनका लागि अष्ट्रेलिया पुगेका थिए ।
राजदूत महेशराज दाहालले दुःखद घटना भएको बताउँदै मृतकका परिवारसँग सम्पर्क गरेर आवस्यक सहयोग गरिने र एनआरएनएसँग मिलेर शब पठाउन आवस्यक तयारी भइरहेको पनि उनले बताएका छन् ।
पछिल्लो समय अध्ययनका लागि अष्ट्रेलिया पुगेका विद्यार्थीहरुको डुबेर मृत्यु हुने क्रम बढिरहेको छ ।
वि.सं.२०७६ फागुन २४ शनिवार ०९:२० मा प्रकाशित