१.
जबर्जस्ती गरेर हाँसोको संगत हाँसी दिएको हुँ
मन पोलि रहदा पनि भतभत हाँसी दिएको हुँ
मेरो दुःख लिने माया तिमीमै नभएको बुझे पछि,
झर्नै लगेको आँसु पुछि हतपत हाँसी दिएको हुँ ।
२.
गुम्सिन्छ हृदयमै अधिक पिडा तब आँसु झर्दैन
चाहे कसिङ्गर बनेर नयनमै पस अब आँसु झर्दैन
अन्यलाई काट्ने निहुँमा काट्टि रहने अचानो हो ऊ,
बुझ्लान् कि नबुझ्लान् दुनियाँले जब आँसु झर्देेन ।
३.
कसैको हातमा पुगेर मात्रै जित्ने तास जस्तो
गराउँदो रहेछ समयले बेवारिसे लास जस्तो
नाबालकै टुहुरिएको उनलाई बचाउन सक्छौ,
मात्रै सबैको भागबाट दिए एक गाँस जस्तो ।
४.
नराम्रो लतमा फसेको मति काम लाग्दैन
लगातार सम्झाए पनि जति काम लाग्दैन
रातदिन पिटाइ सहें हजुर छाडौं भने पनि,
भन्लान् दुनियाँले नै श्रीमती काम लाग्दैन ।
५.
खसालिएँ पनि भिरहरूबाट जिउदै म आएको छु
अत्याचारका जन्जिरहरूबाट जिउँदै म आएको छु
देश जनताको हित बोल्दा दविएका आवाजसँगै,
आज ती नै वीर तस्बिहरूबाट जीउँदै म आएकोछु ।
वि.सं.२०७६ फागुन २४ शनिवार ०९:५४ मा प्रकाशित






























