back

एकाङ्की : प्यारी छोरी राधा

वि.सं.२०७६ फागुन २४ शनिवार

486 

shares
GLOBAL IME AD
NTC AD

परिचय
हरिशंकर : राष्ट्रसेवक ,सीमाको श्रीमान

सीमा : हरिशंकरकी पत्नी, सामाजिक अभियन्ता तथा संस्थाकी उपाध्यक्ष

राधा : गरीब घरकी बालिका,

महिलाहरू : सक्षम महिला संगठनका सदस्य तथा अभियन्ताहरू ।

समय : दिउँसो ।

स्थान : हरिशंकरको घरको बैठक कोठा ।

दृश्य : अफिस जान तयार तम्मर हरिशंकर सोफामा बसेर चिया पिउँदै समाचारपत्र पढदै छन् । उनकी पत्नी सीमा नजिकै बसेर मोबाइलमा गेम खेलिरहेकी छिन् ।

हरिशंकर : ( सीमातिर हेर्दै ) सीमा, मिलनको जाडोको बिदा शुरू भइसक्यो । यसपालि मन्त्रालयमा कामको चाप छ । म भ्याउँदिन होला । तिमी जानुपर्छ है छोरा लिन । बरु म फ्लाइटको टिकट आजै बुक् गरिदिन्छु ।

सीमा : अनि म चाँहि भ्याउँछु त ? अधिवेशन नजिक आइसक्यो । यसपालि म सभापतिमा लड्दै छु । प्रचारप्रसार पनि शुरु भइसक्यो । आऽऽ…दुई दिनको बिदा लिएर हजुर नै जानु होला ।

हरिशंकर : ठीकै छ ,अब तिमीले नभ्याउँने भएपछि जानु त परिहाल्यो । अँ राधा खोई ? त्यसलाई बजार लगेर एक दुई जोड नयाँ कपडा हालिदेऊ । मैले गाउँबाट भाइको छोरी पढाउन ल्याएको भनेको छु । राधा आएकी पनि वर्ष दिन भइसक्यो । विद्यालय भर्ना गरिदिनु पर्ने । सानै छे धेरै काम दल्नु हुन्न । तिमी दिनभरि घरमा एक्लै हुन्छौ भनेर मात्र राखेको हो । यसो त घरमा काम गर्ने मान्छेको दुःःख छैन् । आजभोलि बालबालिका राख्न कानूनी बन्देज छ ।

सीमा : अँ अँ मैले बुझेकी छु । ‘सक्षम महिला संगठन ’की उपाध्यक्ष हुँ के । त्यति कुरा पनि भनी रहन पर्छ त ।

हरिशंकर : राजनैतिक किचलोले गर्दा काम गर्न पनि मन लाग्दैन । कहिले कही त राजिनामा ठोकेर विदेशतिर जाऊ जाऊ पो लाग्छ । कति साथीहरू त सचिव पद समेत छोडेर विदेश गइसके । हुनपनि बिदेशमा तलब तनखा पनि राम्रो शौख पनि । ल सीमा म गएँ ।
( प्रस्थान गर्छ । राधा सकी न सकी भान्सा कोठाको भुइँ पुछिरहेकी छे । )

सीमा : राधा ,अझै सकेकी छैनस् ? तैले त्यति भान्साकोठा पुछ््नु कति समय लगाएकी हँ ?

राधा : ( मसिनो स्वरमा ) हजुर सक्न आँटे ।

सीमा : सकेपछि बाहिर धारामा कपडा भिजाएको छु , सफासँग धुनु । मलाई पनि पार्लर जान हतार भइसक्यो । पहिला पार्लर चाँहि गइहाल्नु प¥यो । दिउँसोतिर भीडभाड हुन्छ । राधा म एकक्षण बाहिर गएँ, घर छोडेर कतै नजानु । म आउँदा कपडा धोई सकेको हुनुपर्छ है । ( प्रस्थान गर्छिन् । )

ब्ौठक कोठाको ढोका खुल्लै छाडेर राधा सीमाको छोरा मिलनको पुरानो किताब कापीहरू बढो अभिरुचिका साथ हेरिरहेकी छे । उसले लुगा धुने कुरा बिर्सन्छे । यत्तिनै बेला संगठनका केही महिला सीमालाई खोज्दै कोठामा नै आइपुग्छन् । सीमालाई घरमा पनि नदेख्दा उनीहरू दिक्क मान्छन् । राधालाई कोठामा किताब कापीहरू फिजाएर बसेकी देखेपछि एउटीले सोध्छिन् )

महिला क : नानी, सीमा माइजु खोई ?

राधा : ( तर्से झै भावभंगीमा हतार हतार किताब बन्द गर्दै ) मालिक्नी साहेब, बाहिर जानु भएको छ ।

महिला ख : ( आश्र्चय मान्दै ) मालिक्नी साहेब ….! ( महिला क,ख,ग,घ सबैको नजर जुज्छ ) बाहिर कहाँ तिमीलाई थाहा छ ?

राधा : ( कता–कता डराए जस्तोगरि सबैको अनुहारमा ट्वाल्ल परेर हेरिरहन्छन् ) अहँ छैन ।

महिला ख : केहीक्षण पर्खाै न त । आइ पो हाल्छे कि ।

महिला ग : हो, हो बैठकको एजेण्डा बारें छलफल गरेरै जाआँैं । अधिवेशन पनि त नजिकै आइसक्यो । यसपालि सीमाजीलाई नै सभापति पदमा निर्विरोध गर्नुपर्छ है । त्यसो गरेमा नगरपालिकाबाट सहयोग लिन पनि सजिलो हुन्छ । उहाँको श्रीमान हरिशंकरजी स्थानीय विकास मन्त्रालयका सह–सचिव हुनुहन्छ । ( राधातिर हेर्दै ) कति कक्षामा पढछौ नानी ?

राधा : म पढन जाने गरेकी छैन ।

महिला ग : भनेपछि स्कूल गएकी छैनौ ?

राधा : अहँ ।

महिला घ : अनि यो किताब कापीचाँहि कसको त ?

राधा : मालिक सापको छोराको ।

महिला क : कति भयो त यो घरमा आएको ?

राधा : खै, मालिक सापले राधा यो घरमा आएकी पनि एक वर्ष भयो भन्नु हुन्थ्यो ।

महिला ख : अनि पढन मन लाग्छ कि लाग्दैन ?

राधा : मलाई पढन साह्रै रहर छ । म पढेर नर्स बन्न चाहान्छु ।

महिला ख : अनि दिनभर घरमा के गरेर बस्छौै त ?

राधा : घरमा धेरै काम हुन्छ नि आण्टी । भुइँ पुस्नुपर्छ , भाडा धुनुपर्छ , कपडा धुनुपर्छ । बेला बेलामा मालिकनीको गोडामा तेल घस्नुपर्छ ।
महिला ग : क–कसको कपडा धुने गरेकी छौ ?

महिला क : आऽऽ…। यो पार्वती चाँहि केके सोधेर बसेकी ? जाऊ हिँड् । भरै भोलि भेटौला । टाडै गएकी जस्तो छ । फोन पनि उठ्दैन ।( सोफाबाट उठ्दै )

महिला ग : यो केटीले त घरिघरि हरिशंकरजी र सीमालाई मालिक मालिक्नी पो भन्छे त पार्वती ?

महिला क : त्यही त । हन् सीमाजीले यति सानो बालिकालाई घरमा काम गर्न राखेकी हो कि क्या हो ?

महिला घ : त्यही त , हेर्दा पनि काम गर्न राखेकी जस्ती छे ।

महिला क : राखेकी हो भने त यो हाम्रो अभियानको विरुद्धमा छ । यो कुराको चाडो भन्दा चाडो पुष्टि हुनुपर्छ ।

महिला ग : पुष्टि त यही केटीको कुराबाट भइहाल्यो नि । यसरी बालश्रम शोषण गरेकी हो भने त सीमाजीलाई संगठनले कार्वाही गर्नु पर्ने हुन्छ ।

महिला ख :  उनले अविलम्ब उपाध्यक्ष पदबाट समेत राजिनामा दिनुपर्छ र सभापति पदको लागि पनि योग्य नहुने हुँदा हामीले अरु कसैलाई सभापतिमा प्रस्ताव गर्नु पर्ने हुन्छ ।

महिला क,ख,ग,घ शशंकित बनेका छन् । उनीहरू परस्पर हेराहेर गर्छन् । उनीहरूले सक्षम महिला संगठनको उपाध्यक्ष जस्तो जिम्मेवार पदमा बसेर पनि बालश्रम शोषण गरेको आशंका गरेपछि सीमालाई आवश्यक कार्वाही गर्ने मनस्थिति बनाएर त्यहाँबाट प्रस्थान गर्दै । )

महिला घ : ल तिम्री मालिक्नीलाई भेट्न आएका थियौ । घरमा हुनुहुन्न रहेछ । हामी गयौ है ।

(महिलाहरू प्रस्थान गरेको निकैबेर पछिमात्र सीमा घर आइपुग्छिन् )

सीमा : राधा, जा त एक गिलास पानी लिएर आइज । ( सोफामा बस्छिन् । उसलाई कोठामा परफ्यूमको बासना आउँछ र शशंकित बन्दै ) राधा, घरमा को आएको थियो भन् त ?

राधा : हजुरलाई भेट्न चारजना आण्टीहरू आएका थिए ।

सीमा : मलाई भेट्न को आण्टीहरू आएका थिए ? फोन गरेर त आउनुपर्छ नि । को–को आएका थिए कुनि ? ( मोबाइल खोलेर हेर्दा सीमाले तीन मिस्डकल देख्छिन् ) कल त गरे कै रहेछन् नि । मैले पो नसुनेको रहेछु । अनि के के सोधे त तिनीहरूले तँलाई ?

राधा : कति पढछौ भनेर सोध्नु भो ? मैले स्कूल गएकी छैन भने ।

सीमा : अनि अरू ?

राधा : घरमा को–को छन् भनेर सोध्नु भो ?

सीमा : अनि के भनिस् ?

राधा : आमाबा ,तीन बहिनी र एकजना भाइ भने । हाम्रो घर गाउँमा छ । हामी गरीब छौ पनि भने ।

सीमा : को–को आएका थिए कुनि । यो राधालाई के भन्ठाने कुनि । बढो टेन्शन पो भयो त । तिनीहरू आउँदा तँ के गर्दै थिईस् ?

राधा : म दराजको किताब कापीहरू मिलाउँदै थिएँ ।

(यत्ति नै बेला सीमालाई संगठनबाट उषा नामकी अभियन्ताको फोन आउँछ । )

सीमा : हेलो, अँ उषा भन् । के मैले उपाध्यक्षको पदबाट तुरुन्त राजिनामा दिनुपर्ने भयो अरे ? के सभापतिमा पनि लड्न नदिइने अरे ? तर किन ? बरियताक्रम् अनुसार मेरै पालो होइन र ? कसले भन्यो हामीबाट बालश्रम शोषण हुँदैछ भनेर ? नभएको आरोप लगाएर मलाई पन्छ्याउन खोजेको होला नि । ठीक छ बैठक बोला भन म पनि राखौंला आफ्नो कुरा । ( यति भनी सीमाले फोन काटीन् ) साँझतिर हरिशंकरको प्रवेश ।

हरिशंकर : ( यता उता नदेखेपछि ) सीमा,कता छौ ?

सीमा : ( तनावग्रस्त मुद«ामा हरिशंकर अघि आएर उभिँदै ) बर्बाद भयो मिलनको बुवा । जुन कुराको डर थियो त्यही भयो ।
हरिशंकर : के भयो ?

सीमा : हामीलाई बालश्रम शोषण गरेको आरोप लागेको छ । मलाई बालश्रम शोषण गरेको आरोपमा उपाध्यक्ष पदबाट समेत राजिनामा माग्दैछ संगठनले र सभापतिको पदमा पनि चुनाव लड्न नदिने अरे ।

हरिशंकर : हुन देऊ । यसमा विवाद नगरौं । किनकि यो मुद्दा सामाजिक सञ्जालमा पुग्यो भने मेरो जागिरमा समेत धक्का लाग्छ ।
सीमा : अब के गर्ने त ?

हरिशंकर : बरु राधालाई हामी धर्मपुत्रीको रुपमा ग्रहण गरौं । आखिर अब तिमी बाट अर्काे सन्तान पनि सम्भव छैन ।

सीमा : यति ठूली भइसकेकी केटीलाई धर्मपुत्रीको रुपमा ग्रहण गरेर के गर्नु ? बरु उसैको घर फर्काइ दिऊ ।

हरिशंकर : विचरा ती गरीब आमाबाले मेरी छोरी पढेर ठुली मान्छे हुन्छे भनेर कत्रो आशा भरोसाले हामीसित पठाएका हुन । गरीबको मन दुःखाउनु हुँदैन पाप लाग्छ । बरु म उताबाट फर्केपछि अदालत गएर यति काम चाँहि गरौं । यसले तिम्रो राजनिति गर्ने बाटो पनि फराकिलो हुन्छ । हामीबाट ठूलो परोपकारको काम पनि हुन्छ ।

सीमा : ( निकैबेर घोरिएपछि ) हजुर भन्नुहुन्छ भने ठीकै छ नि त । त्यसै गरौं ।

हरिशंकर : खोई त राधा ?

सीमा : भित्र भान्सामा चामल केलाउँदै होली ।

हरिशंकर : राधा । राधा छोरी यता आऊ ।

राधा : ( हरिशंकरले छोरी भनेको सुनेपछि दौडदै बैठक कोठामा आउँछे र ) हजुर मालिक साप ।

हरिशंकर : ( राधालाई स्नेहपूर्वक अंगालो हाल्दै ) राधा मालिक साप होइन । अब देखि हामीलाई बाबा–ममी भन्नु ।

सीमा : चामल केलाउनु पर्दैन । म केलाउँछु । भाइको किताब कापी झिकेर हेर्न मन लागेको छ होइन त ?

राधा : ( प्रशन्न मुद«ामा ) हो मालिकनी ।

हरिशंकर : राधा, फेरि मालिकनी ? ममी–बाबा भन्नु भनेको होइन मैले ? अब राधा हाम्रो छोरी । ( हरिशंकरले बढो स्नेहका साथ फेरि अंँगालो हाल्दै सीमालाई पनि नजिकै आएर उभिन भन्छन् । सीमाले पनि राधालाई उसैगरि अंँगालो हालेपछि हरिशंकरले आफ्नो मोबाइलबाट ख्याच्च ख्याच्च सेल्फी लिन्छन् र तत्कालै स्टेटस्मा ‘हाम्री प्यारी छोरी राधा’ लेखेर फोटो फेशबुकमा अपलोड गर्छन् । यसरी फोटो अपलोड गरेको केही मिनटमा नै हरिशंकरको वालमा बधाई सन्देशको ओइरो लाग्छ । अघिसम्म बालश्रम शोषणको आरोप लगाएर सीमालाई पदच्यूत गराउन खोज्ने ‘सक्षम महिला संगठन’का अभियन्ताहरूले पनि सीमाको फेशबुक वालमा बधाई सन्देश पठाउँछन् र आफ्नो आरोप फिर्ता लिँदै सीमालाई सभापतिको पदमा चुनाव लडने मार्ग प्रशस्त गरिदिन्छन् । पर्दा खस्छ ।

इमेल : [email protected]

वि.सं.२०७६ फागुन २४ शनिवार ०९:५२ मा प्रकाशित

गजल

गजल

डा. ठाकुर मोहन श्रेष्ठ, काठमाडौँ नजरले पिएको छु प्यासी नभन्नू...

गजल

गजल

पद्मा रिजाल, नेपालगंज तिमीमै समर्पित छु दासी नभन्नू छ चोखो...

गजल

गजल

चन्द्रावती अधिकारी कोहलपुर, बाँके प्राण भर्ने ओखतीझैँ जिन्दगी होस् शान्त...

चारु

चारु

दिपक पनेरु,सागरनाथ, सर्लाही तिमीले आगो पानीमा किन लगाएर गयौ सुन्दरताको...

लघुकथा : शिक्षक र विद्यार्थी

लघुकथा : शिक्षक र विद्यार्थी

भूपाल अधिकारी,विराटनगर होयर‌‌‌‌ वाज बुद्ध बर्न ? अर्थात ‘बुद्ध कहाँ...

सुसेली : मुक्तिनाथ यात्रा

सुसेली : मुक्तिनाथ यात्रा

भवानी घिमिरे, सर्लाही १। प्रीति गाँसेर प्रकृति छिन् साथमा बस्छिन्...