back
CTIZAN AD

लघुकथा : खुइलेको तालुमा जुम्राको म्यारथन

वि.सं.२०७६ फागुन २४ शनिवार

804 

shares

हिजो सम्म अपतेरो सबैको, आज सेकुवा कर्नरमा चलानी बाँसको सुइरोले रोप्दै बङुरको सेकुवा क्वाप्प खाँदै, बियर स्वाट्ट पार्दै छ, ठर्रा नपाउनेले ।
तीन छक्क उसलाई शनाखत गर्नेहरू ।

उसैकोहल बाह्रमासे गफको फूर्काेमा बसेर जीवनको परिभाषा वाचन गर्ने छेब्रे भाले कर्नर छिर्दै ’छेब्रे सलाम डियर टप ब्रो ! ईश्वर दाहिने भए पछि सलललल बग्ने मनकारी भेटिदो रहेछ ।’

मक्ख अपतेरो । ’आन्टी ! छेब्रे भाइले चिल्लो हाल्यो,खै हाफ् सेकुवा र एउटा सेम टू यू दिनोस त ।’
‘केहो त्यो ?’

‘मैले खाने नै भन्या’ क्या, बुझ्नु हुन्न पुरान्या पर्नु भो । आधुनिक पार्सीभाषा क्या ।’
‘तर भतिज सिङ् उम्र्या ढिडो चाहिँ कहिले खानेहो ? हिजै बुहारीले नारालाउँछु भनेर गा’ छिन् ।’
‘त्यो बेसाहाए बाउकी छोरीको कुरो छोड्दिनोस । ढिडोको सिङ् पर्सी तिर भाँच्छु । आजको क्यास पेमेन्ट भइहाल्छ ।’
पसल्नी आन्टी मसिना कचौरामा बोके टिम्बुरको चटनी थप्दैँ खुइलेको तालुमा जुम्राको म्यारथन ? चिट्ठा पर्याे केहो बाबु ?’

‘माघे जाडोमा बुबाले सबैलाई बाई गरे पछि बल्ल आमाको नाममा नामसारी भयो पैतृक जेथो । अब मेरो नाममा नामसारी हुन धेरै भन्या छ महिना त लाग्ला । त्यस पछि त ….।’

काकी मनमनै बोल्छिन् ‘खुइलेको तालुमा जुम्राको म्यारथन ।’

लिम्चुङ्बुङ्-२, ताम्लिछा,डाँडा गाउँ
हाल-त्रि.न.पा. ११, संगमटोल, उदयपुर
१ नम्बर प्रदेश

वि.सं.२०७६ फागुन २४ शनिवार १०:०१ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...

गजल

गजल

रमा खतिवडा, पोखरा आज उसले मन पगाल्यो के हुने हो...