हिजो सम्म अपतेरो सबैको, आज सेकुवा कर्नरमा चलानी बाँसको सुइरोले रोप्दै बङुरको सेकुवा क्वाप्प खाँदै, बियर स्वाट्ट पार्दै छ, ठर्रा नपाउनेले ।
तीन छक्क उसलाई शनाखत गर्नेहरू ।
उसैकोहल बाह्रमासे गफको फूर्काेमा बसेर जीवनको परिभाषा वाचन गर्ने छेब्रे भाले कर्नर छिर्दै ’छेब्रे सलाम डियर टप ब्रो ! ईश्वर दाहिने भए पछि सलललल बग्ने मनकारी भेटिदो रहेछ ।’
मक्ख अपतेरो । ’आन्टी ! छेब्रे भाइले चिल्लो हाल्यो,खै हाफ् सेकुवा र एउटा सेम टू यू दिनोस त ।’
‘केहो त्यो ?’
‘मैले खाने नै भन्या’ क्या, बुझ्नु हुन्न पुरान्या पर्नु भो । आधुनिक पार्सीभाषा क्या ।’
‘तर भतिज सिङ् उम्र्या ढिडो चाहिँ कहिले खानेहो ? हिजै बुहारीले नारालाउँछु भनेर गा’ छिन् ।’
‘त्यो बेसाहाए बाउकी छोरीको कुरो छोड्दिनोस । ढिडोको सिङ् पर्सी तिर भाँच्छु । आजको क्यास पेमेन्ट भइहाल्छ ।’
पसल्नी आन्टी मसिना कचौरामा बोके टिम्बुरको चटनी थप्दैँ खुइलेको तालुमा जुम्राको म्यारथन ? चिट्ठा पर्याे केहो बाबु ?’
‘माघे जाडोमा बुबाले सबैलाई बाई गरे पछि बल्ल आमाको नाममा नामसारी भयो पैतृक जेथो । अब मेरो नाममा नामसारी हुन धेरै भन्या छ महिना त लाग्ला । त्यस पछि त ….।’
काकी मनमनै बोल्छिन् ‘खुइलेको तालुमा जुम्राको म्यारथन ।’
लिम्चुङ्बुङ्-२, ताम्लिछा,डाँडा गाउँ
हाल-त्रि.न.पा. ११, संगमटोल, उदयपुर
१ नम्बर प्रदेश
वि.सं.२०७६ फागुन २४ शनिवार १०:०१ मा प्रकाशित






























