back
CTIZAN AD

कविता : नपाकेको सपना

वि.सं.२०७६ फागुन २४ शनिवार

855 

shares

बग्रल्तो धुवाँ उड्यो
मनको चुल्होमा
निरासाको काँचो दाउरामा
सपना पकाउदैँ थिएँ ..!
अलिकति पाकेका विपनालाई
भविष्यको डेक्चीमा हालेर
सन्तुष्टिको सोंतेले
हिम्मतको आगो फुक्दै थिएँ ..!
जिन्दगीको गाडीको चक्का
फुस्केको फुस्के कै गर्ने गर्छ,
एक हाते नोकरीले
दशमुखे भोकलाई छेक्न पर्दा
आमा बाउको होटलमा
दंग्याई दंग्याई खाएको दिन
झल्झली याद आउँछ ।।
त्यतिबेला बुझिएन
अहिले बुझेर पनि केही नापिएन
र त,
यी हर दिनको पसीनाको रापले
निथ्रुक्क भिज्दा पनि
मुस्कानको आँशु निकाल्न सकिन ।।
पीडाको पहाड पखाल्न सकिन ।।

दुई दिन जिउनु छ
हुने खानेलाई,
युग काटे जस्तो लाग्छ
तर खटी खानेलाई ..!!
अभाउको प्वाल पुर्दापुर्दा
नाम्लो झैं थाप्लो बनि सकेछ
तर यो थाप्लो मुनिको निधारमा
सुकुनको श्वास कहिले लेखिएनछ
बरु संघर्षको ठेलाहरुको
निर्मम मेडलहरु थुप्री सकेछ
पत्तै नपाई..!!
सपना तुहियो आफ्नो त
तैपनि चाहन्छु
न तुहियोस वंश भरी
भोलि आउने सन्ततिको सपना
हिज आज सपना बेच्नेहरुको भरमार छ
सपना बेच्नेहरु तैंछाड र मैछाड छन्
सपना बेच्छन् खुबै रंगी बिरंगी
सपनासित कल्पना बेसी बेच्छन्
तर सपना बेच्नेको मात्र सपना पुगेको देखेको छु
निन्द्रा बेचेर सपना किन्नेहरु
विपना पनि गुमाई सकेको छ
त्यसैले,
मेरो सपना म पकाउँदैछु
कोशिशको आगोमा उमाल्दैछु
भोलिको थालमा खान सक्ने गरी
बिच बिचमा स्वार्थको भाप उम्लेर
कोशिशको आगो निभाउने गर्दछ
र पनि पकाउन जारी राखेको छु
दशमुखे मुस्कान ल्याउने अठोटमा
संघर्षको झाँतोमा आँफैलाई पिसाउँदैछु
वाध्यताको लोहोरो बनी आँफैलाई घिसाउँदैछु !

वि.सं.२०७६ फागुन २४ शनिवार १०:०३ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...

गजल

गजल

रमा खतिवडा, पोखरा आज उसले मन पगाल्यो के हुने हो...