back
CTIZAN AD

नेकपाको सदस्यता शुल्क रु. १०, किन घटाइयो सदस्यता शुल्क ?

वि.सं.२०७६ फागुन २४ शनिवार

2.1K 

shares

२४ फागुन, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी सदस्यता शुल्क आधा घटाएको छ । केन्द्रिय समिति बैठकको ठिक १ महिना पछि बसेको सचिवालयको बैठकले पार्टी सदस्यता शुल्क आधै घटाएको हो ।

फागुन १८ मा सम्पन्न केन्द्रीय सचिवालयको बैठकले पार्टी सदस्यता शुल्क घटाएर नयाँ कायम गर्दै सर्कुलर समेत जारी गरेको छ । बिधानत साधारण सदस्य रु २५ र संगठित सदस्य रु ५० रहेकोमा अधिकांश जिल्लाबाट घटाउने सुझाव आएकोले परिमार्जन गरिएको बताइएको छ । तत्कालीन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) को पाटी सदस्यता नविकरण आ–आफ्नै हिसाबले गर्दै आएपनि एकता घोषणा मिति २०७५ जेठ महिनादेखि लागू हुनेगरी संगठित सदस्यता शुल्क मासिक रु २५ र साधारण सदस्यता शुल्क मासिक रु १० कायम गर्ने निर्णय गरीएको छ ।

एक महिना अगाडि सम्पन्न केन्द्रीय समिति बैठकमा विधान संशोधन गर्दै नियमावली परिवर्तन गर्ने निर्णय गरेअनुसार नेकपाले नयाँ सदस्यता शुल्क कायम गरेको बताइएको छ । नेकपा केन्द्रिय कार्यालय सचिव श्रीराम ढकाल प्रशान्तका अनुसार पार्टी एकीकरणपछिको सदस्यता नविकरणका सिलसिलामा २०७५ जेठ देखी नै लागू हुने गरी नयाँ ब्यबस्था गरिएको हो ।

नेकपाले संगठित सदस्य मात्रै ८ लाख रहेको भन्दै आएपनि यति नै संख्या छ भनेर भन्न सक्ने स्थिति अहिलेसम्म छैन । रु १० तिर्नेलाई साधारण सदस्य र २५ तिर्नेलाइ संगठित सदस्यका रुपमा नविकरण गर्ने काम धमाधम अघि बढेको बताइएको छ ।

वि.सं.२०७६ फागुन २४ शनिवार ११:३० मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...