२४ फागुन । कोरोना भाइरसको उत्पत्ति भएको मानिने चीनको बुबेई प्रान्तको राजधानी वुहानको आवासीय बस्तीहरुमा बिहिबारसम्म गत दुई हप्ता जस्तै एउटा पनि नयाँ बिरामी नभेटिएको बताइएको छ । शहरको महामारी रोकथाम र नियन्त्रण मुख्यालयका अनुसार एकतिहाइ आवासीय बस्ती रहेको वुहान शहरमा दुईहप्तादेखि कोरोना भाइरसका एउटा पनि संक्रमित नभेटिएको चाइना डेल्लिले समाचार छापेको छ ।
गत दुई हप्तादेखि एउटा पनि संक्रमित नभेटिएपछि विहिबार साँझ ६ बजे बजेदेखि उक्त शहरलाई आवासीय समुदाय महामारी मुक्त शहरमा सुचिबद्ध गरिएको मुख्यालयको स्रोतलाई उद्धत गर्दै समाचारमा जनाइएको छ ।
वुहानका उपमेयर हुयाबोले हालै एक सम्मेलनमा सो शहरमा ७ हजार १ सय ४८ आवासीय समुदाय रहेको र बिहिबारसम्म त्यहाँ १ हजार १ सय ११ महामारी मुक्त ग्रामीण गाउँहरु रहेको बताएका थिए।
मुख्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा सबै महामारी मुक्त समुदायहरु र गाउँहरुलाई अनलाइन सार्वजनिक गरेको छ । ती तथ्यहरु प्रत्येक ३/३ दिनमा अपडेट हुने गरेका छन् ।
वुहानबाट फैलिएको कोरोना भाइरस अहिले संसारका ८५ भन्दा बढी देशमा फैलिसकेको छ भने भने यसबाट विश्वभर १ लाख भन्दा बढी मानिस संक्रमित भएका छन् ।
Good news! About one-third of residential communities in #Wuhan, the epicenter of the novel #coronavirus outbreak, have had no newly confirmed cases in the past two weeks as of Thursday. #COVID19 https://t.co/fMjYfLhLcU pic.twitter.com/brWpYoin89
— China Daily (@ChinaDaily) March 7, 2020
वि.सं.२०७६ फागुन २४ शनिवार १५:०७ मा प्रकाशित






























