२४ फागुन, काठमाण्डौं । संसारभरी कोरोना भाइरसको त्रास फैलिरहेको र यसैको फाइदा उठाएर केही व्यवसायीले कालाबजारी पनि गरिरहेका छन् ।
यस्तो गर्नेमा फेस मास्क बेच्ने व्यवसायी अग्रपंक्तिमा छन् । कोरोना भाइरस लाग्नबाट बच्नका लागि फेसमास्क लगाउनै पर्ने भन्ने समाचार आएपछि केही अनलाईनमार्फत् सामान बेच्ने कम्पनीले आफ्ना फेसमाक्स फेसबुक र इन्स्ट्राग्राममा मूल्य सहित राखेको विज्ञापन आएपछि यी दुई कम्पनीले आफ्नो संजालमा यी र यस्ता विज्ञापन गर्न प्रतिबन्ध नै लगाएको छ ।
यी दुई कम्पनीले शनिबार यस्ता कम्पनीलाई प्रतिवन्ध लगाएको अन्तराष्ट्रिय संचारमाध्यमले लेखेका छन् । उनीहरुले यस्तो आपतकालिन अवस्थाको फाइदा कसैले पनि नउठाउन भन्ने उद्धेश्यले यस्तो गरिएको बताइएको छ ।
फेसबुकको विज्ञापन तथा वाणिज्य विभागको नेतृत्व गरेको राब लिर्थनले ट्विटरमार्फत् यस्तो निर्णय गरेको बताएका छन् ।
उनले ट्विटरमा मेडिकल फेस मास्क बेच्नेहरुले विज्ञापन र प्रोडक्ट लिस्टिङमा प्रतिबन्ध लगाएको घोषणा गरेका हुन् ।
त्यस्तै इन्स्ट्राग्रामका प्रमुख एडम मोसेरीले पनि यस्तो निर्णय गरेको बताएका छन् । उनले ट्विटमार्फत् आपूर्ति कम र बढी मूल्य भएकोले व्यवसायीले यसको फाइदा उठाइरहेको र आफूहरु यसको विरुद्ध रहेको बताएका छन् ।
त्यस्तै अन्य सामाजिक संजाल कम्पनीहरु पनि स्वास्थ्य सम्बन्ध्ी गलत सूचना रोक्नका लागि प्रयासरत रहेको बताइएको छ ।
Update: We’re banning ads and commerce listings selling medical face masks. We’re monitoring COVID19 closely and will make necessary updates to our policies if we see people trying to exploit this public health emergency. We’ll start rolling out this change in the days ahead.
— Rob Leathern (@robleathern) March 7, 2020
Update: We’re banning ads and commerce listings selling medical face masks on Instagram and Facebook. Supplies are short, prices are up, and we’re against people exploiting this public health emergency. We’ll start rolling this out over the next few days. https://t.co/GyPFEHr4qe
— Adam Mosseri (@mosseri) March 7, 2020
वि.सं.२०७६ फागुन २४ शनिवार १५:३६ मा प्रकाशित






























