back
CTIZAN AD

आहा २०१९ को मार्च ८ ! स्मरणिय दिन

वि.सं.२०७६ फागुन २५ आइतवार

1.2K 

shares

जीवन छोटो छ महिलाहरुले सिक्न पर्ने कुरै आँट पो रहेछ भन्ने लाग्दैछ । रुपरँग चालढाल जिउडाल केहि होइन बस आफ्नो या समाजको लागि राम्रो हुने कुरो पुरा गर्नु नै महिला स्वतन्त्र रहने खुट्किलो हो । चाहे काम होस चाहे परिवार सँभाल्ने कुरो होस चाहे खेलकुद होस चाहे नाट्यशाला !

आहा २०१९ को मार्च ८ ! कति स्मरणिय छ भने यो दिन मेरो आफ्नै लागि ! मैले सवारी चालक अनुमतिको परीक्षा पास गरेँ । मेरो परीक्षा लिने महिला थिइन् र म परीक्षा दिने महिला थिएँ ।

सवारी चालिका भएपछि मैले गाडी किनेँ चलाएँ । नयाँ चालिका भएपनि मैले ट्राफीक नियममा कुनै गल्ति गरिनँ । फलस्वरुप आज बाट मेरो दुइ पोइन्ट चालक अनुमति पत्रमा प्लस हुन्छ तर मेरो गाडिको पछाडि अँग्रेजी अक्षरको ब् लेखेको स्टिकर झुन्डिरहनेछ । यसको मतलब म अझै शिकारु चालिकाकै रुपमा यो बर्ष पनि रहनेछु ।

अचेल लाग्दैछ मैले सवारी चलाउन थालेको बर्षौँ भयो । शुरुमा आत्मबिश्वास जगाउन आँफैलाई गाह्रो । ठाडो भिर देख्यौ कि हँसले ठाम छाड्थ्यो । राजमार्ग छिर्न पर्यो कि मुटु ढक्क फुल्थ्यो ।

अचेल सामान्य भएका छन् । म बेलाबेलामा पेरिसको मुटुमा मजाले गाडि चलाउँछु र आफैलाई भन्छु, ‘कालु आँफैले आँफैलाई हिम्मत देउ । अरुले गर त भन्छन् तर आँट चाँही तिम्रो मन बाटै आउनु पर्छ ।’

हिम्मतको कुरा बुझ्न बर्षौँ लाग्यो । मैले कति कुरा आँट नगरेकै कारण लस गरेँ । आफ्ना कति राम्रा राम्रा रहरहरु त्यतिकै तिलान्जली दिएँ ।
गाडी चलाउँदा सबै क्षण आउँदा रहेछन् । सबै भन्दा त्यो क्षण मन पर्छ जुन बेला अरुलाई छल्नु पर्छ र तिब्र गतिमा गाडी हाँक्नुपर्छ अनि लिमिट पनि पार गर्नु हुन्न ।

त्यो बेला शिर्फ आँखा परपर हेर्नुपर्छ बस दायाँ बाँया ध्यान दिएर भुल्न मिल्दैन । जीवनको लक्ष त्यहि हो । जुन बिन्दुमा पुग्नु छ आँखा त त्यहीँ मात्र पुग्न पर्यो ।

जीवन छोटो छ महिलाहरुले सिक्न पर्ने कुरै आँट पो रहेछ भन्ने लाग्दैछ । रुपरँग चालढाल जिउडाल केहि होइन बस आफ्नो या समाजको लागि राम्रो हुने कुरो पुरा गर्नु नै महिला स्वतन्त्र रहने खुट्किलो हो । चाहे काम होस चाहे परिवार सँभाल्ने कुरो होस चाहे खेलकुद होस चाहे नाट्यशाला !

शुभकामना सबै महिला पात्रहरुलाई ! सम्मान छ हाम्रो स्वतन्त्रता र समानताको कुरा उठाउनेहरुलाई ! दिग्गज र बिद्वान पात्रहरुले हामीलाई ल है तिमीहरु सक्छौ भने अलि बढी नै टाठो बनो सक्दैनौँ भने कम्तिमा घरमा या कामका पुरुष पात्र सरह बन है भनेर चेत खुलाएका छन् । हामीहरु सबैले यति कुरा मनन गरौँ । पुरुष पात्र भन्दा माथि उठ्न कोशिष गर्यौँ भने कम्तीमा हामीहरु अर्थोपार्जन देखि घरधन्दामा बरोबरीको पोजिशनमा आउन सक्छौँ ।

जानिराखौँ पुरुषहरु हाम्रा बिरोधी होइनन् । उनिहरु किन बिरोधी देखिन्छन् भने यो समाजमा उनीहरुले महिलाहरु हेपिएर हुर्केको देखे । त्यहि सिके त्यहि लागू गर्न खोज्छन् ।

तर हामीले यसो होइन जमाना फेरीयो भन्न सक्नुपर्छ ।

यति भन्न पनि हिम्मत चाहिन्छ । भन्यौँ भने उनीहरुले पनि थप कुरा बुझ्न पाउँछन् ।

वि.सं.२०७६ फागुन २५ आइतवार ०९:२१ मा प्रकाशित

सामाजिक सञ्जालको मनोविज्ञान : उपलब्धिभन्दा असन्तोष किन बढी ?

सामाजिक सञ्जालको मनोविज्ञान : उपलब्धिभन्दा असन्तोष किन बढी ?

नेपालमा सामाजिक सञ्जाल केवल सूचना आदानप्रदानको माध्यम मात्र रहेन, यो...

साना सहर विकासका अवसर र चुनौतीः सन्दर्भ खुर्कोट

साना सहर विकासका अवसर र चुनौतीः सन्दर्भ खुर्कोट

१. पृष्ठभूमि नेपालको सन्दर्भमा ‘साना सहर विकास योजना’ भन्नाले गाउँ...

‘नेपाल वेलनेस वर्ष’ : सांस्कृतिक कूटनीतिको नयाँ अध्याय

‘नेपाल वेलनेस वर्ष’ : सांस्कृतिक कूटनीतिको नयाँ अध्याय

काठमाडौँ । विश्व आज अभूतपूर्व प्रविधिगत परिवर्तनको युगबाट गुज्रिरहेको छ...

आ.ब. २०८३/२०८४ को सार्वजनिक बजेटको अवसर र चुनौतीहरु

आ.ब. २०८३/२०८४ को सार्वजनिक बजेटको अवसर र चुनौतीहरु

१. अवधारणा अर्थराजनीतिक दृष्टिकोणबाट देशको वार्षिक बजेट भनेको केवल आय–व्ययको...

नेपाली अर्थतन्त्रको विरोधाभाष

नेपाली अर्थतन्त्रको विरोधाभाष

१.अवधारणा नेपाली अर्थतन्त्रको विरोधाभाष ९क्ष्चयलथ०वा विडम्बना भनेको स्रोत, साधन र...

स्मृतिदेखि सामाजिक अभियानसम्म : शहीद कुसुम स्मृति प्रतिष्ठान

स्मृतिदेखि सामाजिक अभियानसम्म : शहीद कुसुम स्मृति प्रतिष्ठान

हरियाली डाँडाकाँडा, वनजंगल, खोलानाला र ग्रामिण दृश्यले भरिपूर्ण पहाडी क्षेत्र...