
बाँस फुलेपछि तामा टुसाउदैन भन्छन्
पात झरेपछि सल्ला सुसाउदैन भन्छन्
पाखो नै छोडेपछि
बाँस फूले पनि के नफुले पनि के
आफ्नै आँखामा बादल लागेपछि
आकाश खुले पनि के नखुले पनि के
अनि, मनभित्रै घृणा भएपछि
आफन्त होस् या पराइ
जसलाई भुले पनि के नभुले पनि के
चुँदी ,तनहुँ, हाल-कपन, काठ्माण्डौ
वि.सं.२०७६ चैत १ शनिवार ०९:२३ मा प्रकाशित