back
CTIZAN AD

कांग्रेसमा पनि ३ अध्यक्षको प्रस्ताव, पार्टी जोगाउन कार्यकर्ताको नया फर्मुला सार्वजनिक

वि.सं.२०७६ चैत ४ मंगलवार

951 

shares

४ चैत्र,काठमाण्डौं । पार्टी जोगाउने नया फर्मुलाको रुपमा नेपाली कांग्रेसमा पनि ३ अध्यक्षको प्रस्ताव बहशमा ल्याइएको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट नेकपाले २ अध्यक्षको अभ्यास गरेको र राप्रपाले पनि भर्खरै ३ अध्यक्षबाट पाटी चलाउन प्रयास गरेको सार्वजनिक भएलगतै कांग्रेसभित्र पनि यसबारे नया बहश बढन लागेको छ । लामो समयदेखी नेतृत्वकै टकरावमा कांग्रेस थला परेको अनुभुति गर्दै पार्टी जोगाउन र बलियो बनाउन कार्यकर्ताले नया फर्मुला सार्वजनिक गर्न थालेका छन ।

प्रजातान्त्रिक संपर्क मंहासंघको महासिचव समेत रहेका कांग्रेस नेता भक्तराज भुसालले सामाजिक संजाल मार्फत नेपालि कांग्रेसको महाधिबेसन समयमा हुन नसकेकोमा सबै देसभरिका कार्यक्रता निरास भएको र अहिलेको राजनितिक मोडेल देसमा नया नया खालका आइरहेको बताउद अब कांग्रेसले एक बर्ष कुरेर राजनिति खिचातानि, झगडा र समय खेर फाल्न भन्दा पद बाडफाड गरि अगाडि बढे राम्रो हुने धारणा सार्वजनिक गरेका छन ।

पद बांडफांडकै लागी उनले ३ जना अध्यक्ष, ५ जना उपाध्यक्ष २ जना महामंत्रि ५ जना, सचिब २ जना, कोषाध्यक्ष र ३ जना सह कोषाध्यक्ष सहितको केन्द्रिय समिति बनायर पार्टिलाइ एक ढिक्का गराउन सकिने धारणा गरेका छन । कांग्रेसभित्र सक्रिय ३ गुटलाइ ब्यबस्थापन गरेर अघि बढनुको बिकल्प नरहेको उनको धारणा छ । लामो समय देखी कांग्रेसमा कार्यरत धेरै कार्यकर्ताले बिभिन्न बिकल्पका बारेमा छलफल चलाउदै आएपनि भुसालले थोरै मुर्त धारणा अघि सारेका हुन ।

उनका अनुसार अध्यक्षमा सेरबहादुर देउवा, राम चन्द्र पौडेल र शेखर कोइराला, उपाध्यक्षमा प्रकासमान श्रेस्ठ, कृष्णप्रसाद सिटौला, बिमलेन्द्र निधि, डा ससांक कोइराला र बालकष्ण खाड, महामंत्रिमा गगन थापा र विश्व प्रकास सर्मा, सहमहामंत्रिमा धन राज गुरुंग, चन्द्र भण्डारिसहित सुदुर पस्चिमबाट १, मध्यबाट १ र पुर्बबाट १ तथा कोषाध्यक्ष १ तथा सहकोषाध्यक्ष ३ बनाएर समस्या समाधान गर्नुपर्ने बताएका छन ।

उनको प्रस्ताव अनुसार केन्द्रिय सदस्यमा ७७ जिल्ला का ७७ जना, ७ प्रदेस बाट थप ७ जना बांकि ३ अध्यक्ष ले जनहि १५ जना मनोनित गर्ने, एक जना सबै भन्दा बद्धृ र संगठनमा सबै भन्दा बढि लागेको ब्यक्ति, ३३ प्रतिशतका कारण मापदण्ड बनाएर थप ४८ जना महिला र १२ जना बिज्ञहरु मनोनीत गर्न सके कांग्रेस तंग्रीने बताएका छन ।

उनले शेर बहादुर देउवालाइ राष्टपति र प्रधानमन्त्रीमा रामचन्द्र पौडेललाइ एकपटक दिएर बिधिका आधारमा सबैले राजकीय जिम्मेवारी पाउनुपर्नेमा जोड दिएका छन । कुल २०५ जनाको केन्द्रिय समिति बनाएर अघि बढन सुझाव दिएका भुसालले संसारन्युजसंग भने ‘ आगामि निर्बाचनमा पहिलो पार्टी बनाउन सुझाव दिएको हो । पाटी बर्बाद हुन नदिनमा जोड हो । मानेनन भने कार्यक्रता बम भयर बसेका छन ! जुन सुकै ठाउमा पनि पड्कन सक्छन ! भन्ने शंदेश पनि थप्न चाहान्छु । ’

वि.सं.२०७६ चैत ४ मंगलवार १२:१९ मा प्रकाशित

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

नेपालमा पशुपालनको विद्यमान अबस्था नेपालको ग्रामीण अर्थतन्त्रको मुख्य आधार स्तम्भका...

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बीच झण्डा हटाउने विषयमा शुरू...

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

काठमाडौँ । विश्वमा तीव्र गतिको आरोहणमा विशिष्ट पहिचान बनाउन सफल...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...