
४ चैत्र,काठमाण्डौं । पार्टी जोगाउने नया फर्मुलाको रुपमा नेपाली कांग्रेसमा पनि ३ अध्यक्षको प्रस्ताव बहशमा ल्याइएको छ ।
सत्तारुढ नेपाल कम्युनिष्ट नेकपाले २ अध्यक्षको अभ्यास गरेको र राप्रपाले पनि भर्खरै ३ अध्यक्षबाट पाटी चलाउन प्रयास गरेको सार्वजनिक भएलगतै कांग्रेसभित्र पनि यसबारे नया बहश बढन लागेको छ । लामो समयदेखी नेतृत्वकै टकरावमा कांग्रेस थला परेको अनुभुति गर्दै पार्टी जोगाउन र बलियो बनाउन कार्यकर्ताले नया फर्मुला सार्वजनिक गर्न थालेका छन ।
प्रजातान्त्रिक संपर्क मंहासंघको महासिचव समेत रहेका कांग्रेस नेता भक्तराज भुसालले सामाजिक संजाल मार्फत नेपालि कांग्रेसको महाधिबेसन समयमा हुन नसकेकोमा सबै देसभरिका कार्यक्रता निरास भएको र अहिलेको राजनितिक मोडेल देसमा नया नया खालका आइरहेको बताउद अब कांग्रेसले एक बर्ष कुरेर राजनिति खिचातानि, झगडा र समय खेर फाल्न भन्दा पद बाडफाड गरि अगाडि बढे राम्रो हुने धारणा सार्वजनिक गरेका छन ।
पद बांडफांडकै लागी उनले ३ जना अध्यक्ष, ५ जना उपाध्यक्ष २ जना महामंत्रि ५ जना, सचिब २ जना, कोषाध्यक्ष र ३ जना सह कोषाध्यक्ष सहितको केन्द्रिय समिति बनायर पार्टिलाइ एक ढिक्का गराउन सकिने धारणा गरेका छन । कांग्रेसभित्र सक्रिय ३ गुटलाइ ब्यबस्थापन गरेर अघि बढनुको बिकल्प नरहेको उनको धारणा छ । लामो समय देखी कांग्रेसमा कार्यरत धेरै कार्यकर्ताले बिभिन्न बिकल्पका बारेमा छलफल चलाउदै आएपनि भुसालले थोरै मुर्त धारणा अघि सारेका हुन ।
उनका अनुसार अध्यक्षमा सेरबहादुर देउवा, राम चन्द्र पौडेल र शेखर कोइराला, उपाध्यक्षमा प्रकासमान श्रेस्ठ, कृष्णप्रसाद सिटौला, बिमलेन्द्र निधि, डा ससांक कोइराला र बालकष्ण खाड, महामंत्रिमा गगन थापा र विश्व प्रकास सर्मा, सहमहामंत्रिमा धन राज गुरुंग, चन्द्र भण्डारिसहित सुदुर पस्चिमबाट १, मध्यबाट १ र पुर्बबाट १ तथा कोषाध्यक्ष १ तथा सहकोषाध्यक्ष ३ बनाएर समस्या समाधान गर्नुपर्ने बताएका छन ।
उनको प्रस्ताव अनुसार केन्द्रिय सदस्यमा ७७ जिल्ला का ७७ जना, ७ प्रदेस बाट थप ७ जना बांकि ३ अध्यक्ष ले जनहि १५ जना मनोनित गर्ने, एक जना सबै भन्दा बद्धृ र संगठनमा सबै भन्दा बढि लागेको ब्यक्ति, ३३ प्रतिशतका कारण मापदण्ड बनाएर थप ४८ जना महिला र १२ जना बिज्ञहरु मनोनीत गर्न सके कांग्रेस तंग्रीने बताएका छन ।
उनले शेर बहादुर देउवालाइ राष्टपति र प्रधानमन्त्रीमा रामचन्द्र पौडेललाइ एकपटक दिएर बिधिका आधारमा सबैले राजकीय जिम्मेवारी पाउनुपर्नेमा जोड दिएका छन । कुल २०५ जनाको केन्द्रिय समिति बनाएर अघि बढन सुझाव दिएका भुसालले संसारन्युजसंग भने ‘ आगामि निर्बाचनमा पहिलो पार्टी बनाउन सुझाव दिएको हो । पाटी बर्बाद हुन नदिनमा जोड हो । मानेनन भने कार्यक्रता बम भयर बसेका छन ! जुन सुकै ठाउमा पनि पड्कन सक्छन ! भन्ने शंदेश पनि थप्न चाहान्छु । ’
वि.सं.२०७६ चैत ४ मंगलवार १२:१९ मा प्रकाशित