back
CTIZAN AD

आजै मध्यान्ह १२ बजेदेखि ओमान पूर्णरुपमा बन्द हुने

वि.सं.२०७६ चैत ५ बुधवार

1.2K 

shares

५ चैत, काठमाण्डौं । बुधबार (आजै) ठिक १२ बजे मध्यान्हदेखि ओमान पूर्ण रुपमा बन्द हुने भएको छ ।

खाडि क्षेत्रको आमान आज १२ बजेपछि स्थल र हवाई कुनै पनि मार्गबाट विदेश जान नपाउने भएका छन् भने ओमानीहरु पनि देश बाहिर जान नपाउने भएका छन् ।

कोरोना संक्रमण विरुद्धको उच्चस्तीरय समितिको निर्णय अनुसार ोमान पूर्णरुपमा बन्द हुने भएको हो । ओमानी गृहमन्त्री हामोद विन फैसलिको अध्यक्षतामा बसेको सो बैठकले मार्च १८ को ठिक १२ बजेदेखि निर्णय लागुगर्ने जनाएको हो ।

यो निर्णय लागु भएसँगै ओमानमा रेष्टुरेण्ट, होटलहरु खुला छैनन् । सार्बजनिक स्थलहरु बन्द हुनेछन । मस्जिद, सांस्कृचिक केन्द्र व्यायामसाला, व्युटीपार्लर, पर्यटकि केन्द्रहरु पूरै बन्द हुनेछन् । कुनै पनि भेला, गोष्ठि र कार्यक्रम पूर्णत बन्द हुनेछन् ।
यसै विषयमा नेपाली दूतावास ओमानले पनि सूचना जारी गर्दै सजग गराएको छ ।

ओमान सरकारको कोभिड १९ सँग सम्बन्धित उच्चस्तरीय कमिटीसँगको समन्वय पश्चात (Public Authority for Civil Aviation (PACA)ले १७ मार्च राति १२ बजेदेखि १ महिनासम्मको लागि (अवधि थप्न सक्ने गरी) लागू हुने गरी जारी गरेका निर्णयहरूमध्ये देहाय बमोजिमका निर्णयहरू नेपाली जनसमुदायसँग सम्बन्धित भएकोले जानकारीको लागि अनुरोध छ ।

१. ओमानी, GCC तथा ओमानको आवासीय भिसा (Resident Visa) भएका नागरिक बाहेकलाई ओमान प्रवेशमा तत्कालका लागि रोक लगाउने ।

२. जुनसुकै मार्गबाट ओमान प्रवेश गर्ने व्यक्तिले १४ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने ।

३. ओमानको विमानस्थल हुँदै तेस्रो मुलुक जाने ट्रान्जिट यात्रुहरूको यात्रामा कुनै अवरोध नभएको ।

हाललाई ओमान लगायत अन्य मुलुकबाट नेपाल जाने नेपाली नागरिकले नेपाली विमानस्थलमा आवश्यक स्वास्थ्य जाँच पछि निजी निवासमै क्वारेन्टाइनमा बस्नुपर्ने छ भने नेपाल नगई नहुने ग्रैह नेपाली नागरिक तथा विदेशी नागरिकले पछिल्लो एक हप्ताभित्र जाँच गरेको कोभिड १९ बाट संक्रमित नभएको प्रमाण पेस गरे पश्चात नेपाली दूतावासबाट भिसा लिएर मात्र नेपाल जान सक्नुहुनेछ भने नेपाल गएपश्चात १४ दिनको लागि स्वं क्वारेन्टाइनमा बस्नुपर्नेछ ।

कोरोना भाइरसको कारणले पर्न गएको समस्याहरूको सम्बन्धमा दूतावासले व्यवस्था गरेको
विशेष हटलाइन नं + 71530840

वि.सं.२०७६ चैत ५ बुधवार ११:०९ मा प्रकाशित

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारको लामो...