back
CTIZAN AD

मेरा पाँच मुक्तकहरु

वि.सं.२०७६ चैत ८ शनिवार

1.2K 

shares

(१)
देशमै श्रम गर्छु म त, आफ्नै ज्यानको हड्डी घोटी
ढिंडो आँटो सिस्नो अनि, खान्छु कोदो फापर रोटी
मेरो लागि देश भन्दा, ठूलो कुरा केही छैन
शिरमा राखी मातृ भूमी, प्रणाम गर्छु कोटी कोटी ..
(२)
अहिले म जिउँदै हुँदा, भोक भोकै पार्छस् भने
हेला घृणा गरि हर पल, मेरा आँशु झार्छस् भने
म मरेपछि मेरो नाममा, दान धर्म नगर्नु छोरा
बाबु भन्न शर्म मानि, अहिले जिउँदै मार्छस् भने ..
(३)
बाहिर केटी खोज्दै हिंड्छौ, स्वास्नी हुँदा हुँदै घरमा
श्रीमतीले दुखमा साथ माग्दा, दिए जस्तो गर्छौ करमा
उमेर हुँदा नयाँ नयाँ केटी, सँग घुमफिर गरे पनि
नबिर्स बाँच्नुपर्छ बुढेशकालमा, घरकै श्रीमतिको भरमा ..
(४)
फर्कि आईज भन्दै मलाई आफ्नै, देशको माटोले बोलायो
छोरो सम्झि आमाले पकाएको, ढिंडो आँटोले बोलायो
बाँझो उजाड खेत बारीभरि , झार पात उम्रियो अरे
खनजोत गर्न आईज भन्दै त्यहि, बारीको पाटोले बोलायो ..
(५)
तिमी बेहुली म बेहुला बनी, सङ्गै जग्गेमा बसेको दिन
जीबन सङ्गिनी भई तिमी , मेरो घरमा पसेको दिन
कती खुशी मिल्ला त्यो पल, जीबन स्वर्ग जस्तै लाग्ला
माया गर्दै एक अर्का को , त्यो अगालोमा कसेको दिन ..

वि.सं.२०७६ चैत ८ शनिवार ०९:५९ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...