back
CTIZAN AD

कविता : नयाँ संसारको खोज

वि.सं.२०७६ चैत ८ शनिवार

831 

shares

निरन्तर हिड्दा हिड्दै
जब म लखतरान भएर
बीच बाटोमै ढल्नेछु ।
ए ! सन्तति हो !!
बाँकी कष्टकर यात्रापथ
तिमीले पूरा गर्नुछ ।
मैले आविष्कार गरेको
इश्वरको आकृतिमा
जहिले धूलोको परतले ढाक्नेछ
खियालागेर आकृति मेटिनेछ
बुद्धि तर्क र ज्ञानको प्रकाशबाट
तिमीले नै
नयाँ इश्वर आविष्कार गर्नुछ ।

जाग ! निरन्तर जाग !!
ताराहरुको बस्ती छिचोल्न
ब्रमाण्डको परिधि नाप्न
जब मेरो चेतना अल्मलिन्छ
बुद्धि भ्रमित हुन्छ
तिमीले पूरागर्नुछ
बाँकी आधी अधुरा कामपनि ।

इतिहासको नलीहाडबाट
अन्धकार रातको सन्नाटा चिर्दै
भव्य युगको चारसुरमा
निर्भयसाथ तिमिले नै
‘फेरीको शंख’ बजाउनु पर्नेछ ।
जागृत यात्रामा मात्र
स्पन्दित हुन्छ
सभ्यताको लयबद्ध धड्कन ।

वि.सं.२०७६ चैत ८ शनिवार १०:०० मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...