कयौं पटक बलत्कार गरी गरी के गर्छौ नारी पूजा ?
दोषीको दण्डको मिति सारी-सारी के गर्छौ नारी पूजा ?
सुन्दरताको प्रतिक भनेर कवितामा मात्रै वर्णन गर्दै,
मौकामा परे एसिड छरी-छरी के गर्छौ नारी पूजा ?
कयौं स्थानमा अझै नि घरेलु हिंसा थामिएको छैन,
उसैलाई अन्याय गर्दै घरी-घरी के गर्छौ नारी पूजा ?
सभाहरुमा नारी स्वतन्त्रताको भाषण छाँट्दै हिड़्छौ,
घरकालाई भने आँखा तरी–तरी के गर्छौ नारी पूजा ?
छोरीलाई बोझ सम्झेर जन्मिन नदिई भ्रुण मै मारेर,
खोक्रो आदर्शका लागि मरी-मरी के गर्छौ नारी पूजा?
वि.सं.२०७६ चैत ८ शनिवार १०:०१ मा प्रकाशित





























