back
CTIZAN AD

कविता: आत्माको वाणी

वि.सं.२०७६ चैत ८ शनिवार

888 

shares

माया मोह
लोभ क्रोधको दुनियाँ
छोडेर
म मस्तसँग
निदाएको छु
बिसाएको छु
जिम्मेवारीको गह्रुङ्गो भारी ।

बाटामा ओहोरदोहोर गर्ने
यात्रुहरुको रमिते गाउँ भएको छ
चारकोसे झाडीको
कपुरहरुको सहर ।

सन्तान छन् मेरापनि
मेरो सहरको, घरको
रेखदेख गरिरहन्छ्न्
आडम्बरी रंगले
रङ्ग्याउछ्न मेरो कपुर
उसको,उनको अति उनीहरुको पनि
त्यस्तै खोक्रो श्रद्धाले
रङ्गिङछन्
अझ भनौं
सजिन्छन कपुरका सहर
अनि बस्तीहरु
उभिन्छन्
म र म जस्तैहरुका
शालिक ।
पोखिन्छन्
देखावटी श्रद्धाका सुमन
वर्षिन्छन अश्रुबाट वर्षा ।

दोहोरिन्छ यही प्रक्रिया वर्षौंसम्म
अनि त मलाई लाग्छ
छाला र मासुले छोडेको
अस्थिपन्जरको अन्तरबाट
निस्कियोस् एउटा वाणी,
र गुञ्जियोस अन्तरीक्षमा,
कपुरभित्रको आफन्तलाई हैन
घरभित्रको आफन्तलाई गर
श्रद्धा , सम्मान र माया !!

वि.सं.२०७६ चैत ८ शनिवार १०:०३ मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...