back
CTIZAN AD

लघुकथा: लालमन

वि.सं.२०७६ चैत ८ शनिवार

1K 

shares

समाजमा केही कन्जुस मानिस आफैंले कमाएको धन सम्पत्ति आफैंले खाँदा खाँदै आफैं सकिन्थ्यो तर केही दानी मानिसले आफूले कमाएको सम्पत्तिको केही अंश दान गरेर अरूलाई सहयोग पु¥याएर आफ्नो मन शन्तोष पार्दथे । कमाएको धन सम्पत्ति दान गर्ने चलन पनि मानिसहरूमा फरक फरक शैलीका छन् । यस्तै एउटा दानवीरले व्यापार व्यवसाय गरी केही धन सम्पत्ति कमाउँथ्यो । उसले कमाएको धन सम्पत्तिबाट हरेकवर्ष दान गर्ने गर्दथ्यो । यही क्रमलाई जारी राख्दै उसले आउँदो महिनामा धर्मकर्म गरेर पाठपूजा लगाएर ब्राम्हण भोजन गराउने आफ्नो सोच बनायो ।

उसले भ्रमणवर्ष २०२० नेपालका धार्मिक, पवित्र तीर्थस्थलहरूमा एक महिना लगाएर घुम्यो र घर फि¥यो । घरमा तिर्थभोज गर्न पूजापाठ, लगाउन ब्राह्मणहरूलाई निमन्त्रणा पठायो । पूजापाठ गर्न निमन्त्रणा गरेका सबै ब्राह्मणहरू आए । चिनेजाने जति सबैलाई पनि प्रसाद खान पनि निमन्त्रणा गरेको थियो । यो भूकमरिमा सित्तैमा खान पाउने भने पछि को आउँदैन र ? निमन्त्रणा गरेभन्दा पनि धेरै मानिसहरू घरभरि खचाखच भरिएका थिए । सबैलाई मेवा मिष्टान्न चौरासी ब्यञ्जन भोजन गरायो ।

निमन्त्रणा गरेका ब्राह्णहरूलाई यत्ति धेरै चौरासी ब्यञ्जन मेवा मिष्टान्न खुवायो कि कसैको पेटमा एक दाना अन्न पनि अट्ने ठाउँ थिएन । सबैजनाको पेट टन्न भरिएको थियो । बेला बेलामा ब्राह्मणहरु ढ्याउ–ढ्याउ गरेर डकार्दथे पनि । उनीहरुले बगलीमा दान दक्षिणा पनि सोचेभन्दा बढी नै पाएका थिए ।
उसको एउटा उद्देश्य थियो कि ब्राह्मणलाई भोजन गराउँदा सबैजना अति सन्तुष्ट हुन् ।
ब्राह्मणहरू भोज कार्यक्रममा सहभागी भएर मनग्ये भोजन गरेर दक्षिणा लिएर घर फर्कने तयारी गर्दै थिए ।
‘ब्राह्मण महोदय भोजको अन्तिम चीज त टक्¥याउन बाँकी नै रहेछ । क्षमा रहोस् । एकै क्षण त्यो महत्वपूर्ण मिष्टान्न लिएर मात्र विदा होऔंला । त्यो विशेष मिष्टान्न नखाए त भोज खाएको जस्तै हुँदैन ।’ व्यपारीले ब्राह्मणहरूलाई रोक्दै भने ।

व्यापारीको आग्रह सुनेर ब्राह्मणहरू छक्क परे । ‘के छ त अन्तिम चीज ?’ एउटा ब्राह्मणले अघि सर्दै बोले ।

व्यापारीले लालमनको भाँडो ब्राह्मणको अगाडि राख्दै भने, ‘लौ हेर्नूस त यही लालमन बाँकी रहेछ । जानेबेलामा सबैले आफ्नो मुख मीठो गुलियो पारौं ।’

धेरैले, ‘हामी खान सक्दैनौं ।’ भने तर एकजना ब्राह्मणले, ‘म खान्छु, ल्याउनुस ।’ भने । न भन्दै जहाँ गुलियो त्यहाँ बाहुन भुलियो भन्ने उखान चरितार्थ भयो ।

उनले दुईवटा लालमन कपाकप निलिदिए ।
ति ब्राह्मणले पहिले एक गाँस पनि घाँटीबाट तल जाँदैन भन्दै थिए । अहिले दुईवटा लालमन एकै गाँसमा ख्याप्लाक्कै पारिदिए । बिस्तारै अरु ब्राह्मणको मुखमा पनि पानी रसाउँदै थियो ।

व्यापारीले नम्रहुँदै सोधे, ‘अघि त एक गाँस पनि तल जाँदैन भन्नु भएको थियो, अहिले त दुईवटा लालमन एकै गाँसमा निलिदिनु भयो ?’

‘बाबु ! यो लालमन त भोजनको राजा हो । जसरी राजा आउँदा भिडम भिडको बाटो पनि खुल्ला हुन्छ । त्यसरी नै लालमनको लागि मेरो पेटमा अरू खानाले पनि आफ्नो ठाउँ छोडिदिन्छन् बाबु ।’ ब्राह्मण मुख मिठ्याउँदै थिए ।

ब्राह्मणले यसो भन्दै गर्दा अन्य ब्राह्मणहरूले भाडाभरिको लालमन एक–एक गरि बुत्याइदिए । व्यापारी लालमनको रित्तो भाँडो देख्दा एकाएक ट्वाँ प¥यो ।

व्यापारी मनमनै सोच्दै थिए, ‘अघाएका आजका राजाहरूले पनि यसरी नै एम्.सी.सी.को लालमन क्वाप्लाप्पै पार्छन् होला !’

वि.सं.२०७६ चैत ८ शनिवार १०:०७ मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...