back
CTIZAN AD

लघुकथा: गाउँ बहादुर सहर बहादुर

वि.सं.२०७६ चैत ८ शनिवार

810 

shares

गाउँ बहादुर कुम्लो बोकि जान लाएको देखेर सहर बहादुरले सोध्छ-ए ! काँ जान लाको ?

ठुस्किदै गाँउ बहादुरले भन्छ-आफ्नै ठाम ।

किन हतार ? अलि दिन बसेर जान -फकाउँदै सहर बहादुरले भन्छ ।

कुरा सुनेर गाँउ बहादुरले भन्छ-एक्छिन पनि बस्न नसकिने भो ? उकुस मुकुस भएर बान्ता आउला जस्तै भो ।

कुरा सुनेर सहर बहादुर सोध्छ-सञ्चो भेन जस्तो छ । हिन वीरमा जाम ।

झर्किदै गाउँ बहादुरले भन्छ–अहँ ! वीरमा धिर हुन्न । बरु आफ्नै ठामको हेल्थ पोष्ट्मा जान्छु ।

फकाउँदै सहर बहादुरले भन्छ-अलिदिन बस रमझम रमिता हेरेर जानू । रमाईलोले मन बहलिन्छ । दिमाग फ्रेस हुन्छ क्या ।

झर्किदै गाउँ बहादुरले भन्छ-के को रमाईलो ? टुकुचा हेरो उस्तै गन्हाउने । बाग्मती हेरो मेरी बाबै ! टेकु झन खपी नसक्नु । घरमात्र ठुला भेर के गर्नु । बाटो लम्बा चौडा पक्की भेर के गर्नु ? यता फोहर उता फोहर । सुटबुटका मान्छे लुट झुटमा । जताततै बैमान ठग लुच्चा फटा । ईमान्दार भेटिनै गाह्रो । तँ भन्दा मेरै ठाम राम्रो छ । हवा पनि सफा । मान्छे पनि सफा । यस्तोमा बस्नु भन्दा तँ पनि हिन मेरो ठाम । हरियो अर्गा्निक तरकारी गाई भैसिको ताजा दूध खाएर स्वस्थ हुन्छेस । मोटाउँछेस ।

कुरा सुनेर सहर बहादुर चुप लाग्छ । क्यै जवाफ फर्काउन सक्दैन ।

ल ! म हिने है । राम्रो संग सफा सुग्घर भएर बस्नु-भन्दै गाउँ बहादुर लाग्छ । सहर बहादुर न्यास्रो मुख लाएर भाइ गएको हेरिरहन्छ ।

वि.सं.२०७६ चैत ८ शनिवार १०:१२ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...