back
CTIZAN AD

भारतमा ‘जनता कफ्र्यु’ को स्वागत, प्रधानमन्त्री मोदीकी आमाले थाल बजाएर आर्शिवाद दिइन्

वि.सं.२०७६ चैत ९ आइतवार

1.1K 

shares

९ चैत, भारत । कोरोना विरुद्ध लड्नका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आव्हानलाइ भारतीय जनताले खुलेर स्वागत तथा ऐक्यबद्धता जनाएका छन् ।

आज बिहान ७ देखि बेलुका ९ बजेसम्म जारी गरिएको जनता कफ्र्युमा भारतीय जनताले पूर्ण साथ दिएको र कोरोना भाइरस विरुद्ध लड्नका लागि पूरा भारतले संकल्प लिएको बताइएको छ ।

कोरोना भाइरसविरुद्ध लड्नका लागि जारी गरिएको जनता कफ्र्युको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमाले थाल बजाएर स्वागत गर्दै कोरोना विरुद्ध लड्नका लागि आर्शिवाद दिएकी छन् ।

प्रधानमन्त्री मोदीले आमाले थाल बजाएको भिडियो र फोटो आफ्नो ट्विटरमा पोस्ट गर्दै भनेका छन्, ‘आमा तपाई जस्तै करोडौ आमाको आर्शिवादले नै कोरोना भाइरससँग लडिरहेका डाक्टर, नर्स, मेडिकल, स्टाफ, पुलिसकर्मी, सुरक्षाकर्मी, सफाईकर्मी र मिडिया कर्मी लगायत सबैलाई अत्यन्तै प्रेरणा मिलेको छ ।’

त्यसैगरी जनता कफ्र्युको भारतीय कलाकारहरुले पनि स्वागत तथा प्रशंसा गरेका छन् । वरिष्ठ कलाकार अभिताव बच्चन, गायककार, उद्योगपति व्यवसायी, खेलाडी लगायतले ‘जनता कफ्र्यु’ मा ऐक्यबद्धता जनाउँदै ताली बजाएर प्रधामन्त्रीलाई धन्यवाद व्यक्त गरेका थिए ।

वि.सं.२०७६ चैत ९ आइतवार २१:४८ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...