
चीन, रूस र इरानले कोरोनाका विषयमा विश्वलाई सूचनाबाट बन्चित ग¥यो र हामी कोरोनाका शिकार भयौं भन्ने अमेरिकी दावी र ‘चीनले खाएको जुठो संसारले धुनु पर्ने भयो’ भन्ने भारतीय दाबी कुनै अमानुष र अशभ्य र असंस्कृत राष्ट्रले मात्र अभिव्यक्त गर्न सक्छ । उनिहरूका हिजो र आजका टिप्पणी हेर्दा लाग्छ ,त्यहाँ सभ्यता, सँस्कृती र मानवता संकटमा छ ।
यो विश्वविपद्को घडी हो । को, कति बेला, कहाँ कोरोनाको शिकार हुन्छ, कल्पनासम्म गर्न कठिन छ । विपद्को यो बेलाविश्व समुदायले सहअस्तित्व, विश्वबन्धुत्व तथा बाँच र बचाउको वैश्विक मान्यतालाई वेवास्ता गर्नु समग्र मानवसभ्यता र सँस्कृतीको अपमान गर्नु हो ।
यसअघि सन २००९ र १० मा देखिएको स्वाइन फ्लु पछि कोरोना पुरै विश्वको लागि नयाँ चुनौतीका रूपमा देखा परेको छ । पुरै विश्वको जसंख्यालाई घरभित्र बस्न वाध्यपार्न सफल यो महामारीले काम, उत्पादन, वितरण र चहलपहललाई मात्र प्रभावित गरेको छैन, पुरै मानव समाज, उसको मनोविज्ञान, स्वास्थ्य, दिनचर्या र सँस्कृतिलाई समेत प्रभावित पार्दै गएको छ । नयाँवर्ष २०२० को प्रारम्भसँगै चिनको वुहान राज्यमा देखा परेको कोरोना अर्थात् कोभिड १९ आज शक्ति राष्ट्रहरूका लागि समेत जीवन मरणको विषय बनेर फैलिरहेको छ ।
सम्पूर्ण चुनौतीहरू विच चिन एक्लै, चुपचाप, सचेत र सधैर्य कोरोना विरोधी युद्ध लडिरहेकै बेलाविश्व सर्बहारा वर्गका नेता माओको मुखमा मास्क टाँस्ने ‘टाइम्स’ का पक्षधरहरूलाई पनि आज कोरोनाले टोकिरहेको छ । उतिबेला ‘हेरौ चिन यो रोगबाट कसरी बाँच्तो रहेछ,’ भन्न्ने मनोभाव पाल्दै थपडि बजाउनेहरू र ‘टाइम्स’ को मास्कमा मुस्काउनेहरू पनि कोरोनाको पन्जामा परिरहेका छन– यो सबैको लागि दुःखको कुरा हो ।
प्रारम्भमा सायद कसैले यो भाइरस यतिछिटो, यति विकराल ढंगले विश्वभरी फैलिने छ र त्यो १९१४ को पहिलो र १९४५ को दोश्रो विश्वयुद्ध भन्दा खतरनाक र भयावह हुनेछ भन्ने कल्पना समेत गरेका थिएनन । कोरोना चिनको हो र त्यहि सिमित हुने छ, चिनको अर्थतन्त्रलाई सखाप पार्ने छ र उसैको मात्र टाउको दुखाईको विषय हुने छ भन्ने भारत, पश्चिमी रास्ट्र खास गरि शक्ति राष्ट्र अमेरिकाको अनुमान थियो । त्यहि आँकलन र विश्वासको प्रतिफल हो अहिलेको प्रभाव । त्यहाँका समाचार माध्यमले कोरोना विरूद्धएक्लै युद्ध लडिरहेको चिनकै विरूद्ध थपडी बजाउँदै विश्व समुदायलाई ‘चाइना इज रियल सिकम्यान’ अर्थात् चीन आफैमा एउटा विरामी मुलुक हो भनेर समाचार पस्किए । शक्ति राष्ट्र अमेरिका आज आफै एउटा रोगि बालक जस्तो लड्खडाइ रहेको छ । यो देख्दा अमेरिकी मनोवृती बुझेका मनभित्र दया पलाएर आउँछ ।
ती सम्पूर्ण चुनौतीहरू विच चिन एक्लै, चुपचाप, सचेत र सधैर्य कोरोना विरोधी युद्ध लडिरहेकै बेलाविश्व सर्बहारा वर्गका नेता माओको मुखमा मास्क टाँस्ने ‘टाइम्स’ का पक्षधरहरूलाई पनि आज कोरोनाले टोकिरहेको छ । उतिबेला ‘हेरौ चिन यो रोगबाट कसरी बाँच्तो रहेछ,’ भन्न्ने मनोभाव पाल्दै थपडि बजाउनेहरू र ‘टाइम्स’ को मास्कमा मुस्काउनेहरू पनि कोरोनाको पन्जामा परिरहेका छन– यो सबैको लागि दुःखको कुरा हो ।
आफूलाई परेपछि ‘लेट्स फाइट टुगेदर’ अर्थात यो महामारी हो, सँगै लडौं भन्ने पश्चिमा क्रन्दन अघि नै चीनले क्रोना विरूद्धको राष्ट्रिय लडाईँमा जित हासिल ग¥यो । समकालीन विज्ञान र मानव सभ्यतालाई चुनौती दिइरहेको कोरोना विरूद्धको अन्तर्राष्ट्रिय लडाइँ जित्न उनिहरूले लगाएका शब्द बाणको वास्तै नगरी इटाली र फ्रान्सजस्ता सभ्रान्त राष्ट्रमा सहयोगका हात फैलाउन पुग्यो । यो हेर्दा आफूलाई मान्छे सम्झने सबैलाई गर्व लागेर आउँछ । यो गर्व चीन र त्यहाँका सरकारप्रति मात्र नभइ जिवन्त मानवताका लागि समेत हो ।
अझै पनि अमेरिका र भारत जस्ता देशहरू चीन र चिनियाँ जनताको अपमान गर्न व्यस्त छन् । ‘नाँच्न नजान्ने आँगन टेढो’ भन्ने उखानलाई चरितार्थ गर्दै चीन, रूस र इरानले कोरोनाका विषयमा विश्वलाई सूचनाबाट बन्चित ग¥यो र हामी कोरोनाका शिकार भयौं भन्ने अमेरिकी दावी र ‘चीनले खाएको जुठो संसारले धुनु पर्ने भयो’ भन्ने भारतीय दाबी कुनै अमानुष र अशभ्य र असंस्कृत राष्ट्रले मात्र अभिव्यक्त गर्न सक्छ । उनिहरूका हिजो र आजका टिप्पणी हेर्दा लाग्छ ,त्यहाँ सभ्यता, सँस्कृती र मानवता संकटमा छ ।
यो समय एकार्कालाई खिसिट्यूरी गर्ने समय होइन । चीन कोरोना विरूद्ध लड्यो र त्यसमा म हार त प्राप्त ग¥यो, त्यो आफैमा अपूर्व, अनुकरणीय र प्रशंसनीय छ । विश्वको कुनै पनि देशबाट मानवीय अस्तित्वलाई जोगाउने, प्रबर्धन र सम्बर्धन गर्ने यस्ता काम र सफलतालाई पुरै विश्व समुदायले प्रशंसा, अनुकरण र अनुसरण गर्नुपर्छ, चाहे त्यो दुश्मन राष्ट्र र मुलुक नै किन नहोस् ।
आउनुहोस, कोरोना विरूद्ध हामी साझा लडाईं लडौं । राम्रा कर्म र कामको प्रशंसा र अनुसरण गरौं । घर बाहिर ननिस्केर अर्थात् घर भित्रै बसेर लडाई लडौं । चाहिए जती मात्र किनेर अर्थात् कम खर्च गरेर लडाई जितौं । होटेल, रेस्टुरेण्टमा न खाएर अर्थात् आफैले पकाएको खाएर लडाइँ जितौं । अलग बसेर होइन, परिवारका सदस्यहरू सँगै बसेर लडाइँ जितौं, नमारेर, न मरेर अर्थात् मर्न नदिएर लडाइँ जितौं । सोचौं, यस्तो अनौठो लडाईं फेरि फेरि हतपतलड्न पाइँदैन ।
म तपाईंलाई माया गर्छु तर-
१. मसँग कतै भेट भएमा मलाई नछुनु होला !
२. मसँग जम्काभेट हुँदा हात नमिलाउनु होला !
३. मसँग भेटघाट हुँदा दूरी राखेर मात्र बोल्नु होला !
४. मलाई भेटन नआउनु होला !
५. मलाई खानपिनमा नबोलाउनु होला !
६. मलाई कसैले ढोग्दा मेरो खुट्टा नछुनु होला !
७. मलाई आषिस दिँदा शिरमा हात न राख्नु होला !
८. मलाई सानातिना समस्याहरूमा नबोलाउनु होला !
९. मलाई खुसिका अवसरहरूमा निम्तो नगर्नु होला !
– किनकी, कोरोना छ ।
– किनकी, म तपाईंलाई माया गर्छु ।
– किनकी, म यो महामारी विरूद्धको लडाईमा छु ।
– किनकी म स्वेच्छिक एकान्तवासमा छु ।
रावल, बौद्धिक अभियन्ता हुन् ।
वि.सं.२०७६ चैत १० सोमवार २०:१८ मा प्रकाशित