प्रारम्भ
लेखक जर्जमोन्वियोटाले भनेका छन् –“ हामीलाई जुन सिद्दान्तले जीवनमा निर्देशित गरिरहेको छ,त्यो सिद्दान्त हामि अधिकांशलाई थाह हुँदैन“। यसको संदेश स्पष्ट छ – हामि नवउदारवादले निम्त्याएको उपभोक्तावादी संस्कृतिमा रमाएर चुर्लुम्म डुवेका छौ तर विरोध गर्न छोड्दैनौ र परिवर्तन पनि गर्दैनौ । नवउदारवादमा हेल्लीरहेको छौ, तर आफ्नो स्वार्थ र जनउपभोगको लागि भन्ने गर्छौ जनबादबाट समाजवाद हुँदै साम्यवादमा पुग्ने हो। हाम्रो जीवनमा निर्देशित गरेको सिद्दान्तलाई हामि बुझ्दैनौ किनकि बुझयूं भने अरुलाई भन्न गाह्रो हुन्छ।
केहो नवउदारबाद ?
शास्त्रीय अर्थशास्त्रीहरुको उदारवादी अर्थतन्त्रको मान्यतामा उभिएर सन्१९६० को दशकपछी केहि अर्थशास्त्रीहरुले नयाँढंगले अवलम्बन गरेका अर्थनीतिलाई नवउदारवादको रुपमा परिभाषित गरिन्छ । नवउदारवादले आर्थिक कृयाकलापमा मानिस पुर्ण स्वतन्त्र हुनुपर्छ र राज्यले सिर्फ नीतिनियम बनाई कार्यान्वयन र प्रयोग व्यापारीक विकास र विश्वबजार विस्तार गर्न प्रयोग गर्नुपर्छ भन्ने जुन विचारधाराको प्रादुर्भाव आजको विश्वमा भयो त्यसलाई नै नवउदारवाद भनियो । नवउदारवादले मानवीय सम्वन्धममा प्रतिस्पर्धालाई परिभाषाको मुख्य कडी वनाउँछ । सवै मानवीय आवश्यकता बजारले पुरा गर्दछ भन्ने मान्यता राख्दछ । यसले जनतालाई उपभोक्ता भनि परिभाषित गर्दछ, बजारले नै नाफा र समृद्दी ल्याउछ भन्ने भाष्य निर्माण गर्दछ।
नवउदारवादी पुँजीवादी अर्थतन्त्रको मार्ग कसरीअगी बढ्यो ?
सन् १७७६ मा एडम स्मिथले अर्थशास्त्रलाई भिन्नै विज्ञानको रुपमा विकास गरे देखिने पुँजीवादको संस्थागत विकास भएको देखिन्छ । त्यस पछीका समयक्रममा मानवीय जीवनमा विभिन्न संकट झेल्दै र समाधान गर्दै यो अगाडी बढिरहेको छ । सन् १९२९ को विश्व आर्थिक मन्दीबाट पुँजीवादी व्यवस्था जोगाउन अर्थशास्त्री किन्सको सिद्दान्तले महत्वपूर्ण भूमिका खेल्यो । मुलुकको अर्थराजनीतिमा निजिक्षेत्रको भन्दा राज्यको भूमिका प्रभावकारी हुन्छ भन्ने कुरा त्यस समयमा प्रमाणित गर्यो । उनको आर्थिक सिद्दन्तालाई संसारभरी व्यापकरुपमा लागु गरियो । त्यसपश्चात पूर्ण रोजगारी, गरिबी निवारण र सामाजिक सुरक्षा अमेरिका लगायत पश्चिम युरोपको साझा उधेश्य भएको थियो। दोश्रो विश्व युद्दपछिको पुन निर्माण गर्ने उधेश्यले अन्तत बिश्वबैंकको स्थापना गरी पुर्बधार विकासमा लगानी गर्न थालियो । करिब २५ बर्ष विश्व अर्थ राजनीतिमा चर्चामा रहेको किन्सको सिद्दान्तमा सन् १९६० देखि सङ्कट देखिन थाल्यो । सन् १९७० देखि नै नवउदारवादलाई विश्वव्यापी बनाउन खोजिएता पनि सोभियत संघको विघटनपछि वा सन् १९९० पछी मात्र यो विश्वव्यापी लहर वन्न पुग्यो। अमेरिकन मौद्रिक अर्थशास्त्री मिल्टन फ्रिडम्यानले महत्वपूर्ण योगदान दिएका यो विचारले राज्यको हस्तक्षेपलाई अन्त्य गर्दै खुला र स्वतन्त्रवजारको आधारमा साधनको विनियोजन र वितरणको मान्यतालाई अघि सार्यो । संसारमा नयाँयुगको शुरुभएको घोषणा गरियो । पश्चिमा मुलुकहरुले विकासोन्मुख र अतिकमविकसित मुलुकहरुमा नवउदारवाद नीतिमार्फत पुंजी, प्रविधि तथा विचार र सस्कृतिसंगसगै स्थान्तरण गरी आर्थिक र विचारको उपनिवेश वनाए । साम्यवादी चीनले पनि चलाखीपूर्ण रुपमा राजनीतिक नियन्त्रित तर बजारअर्थतन्त्रमार्फत उत्पादन वृद्दि र व्यापार विस्तारलाई व्यापक बनायो, जसलाई राज्य समाजवाद भनियो। यसको प्रभाव भियतनाम लगायत अन्य नियन्त्रित अर्थतन्त्र भएका मुलुकहरुमा पनि पर्न थाल्यो । त्यसपछि बजार अर्थतन्त्रनै विकासको आधार बताउन थालियो र एक धुर्विय विश्व व्यवस्थामा रुपान्तरण भयो।
सन् १९६० पछी पटकपटक विश्व पुँजीवादी अर्थतन्त्रमा आएको संकट टार्न उदारवादको जगमा उभिएर बैक तथा वित्तीय क्षेत्रको व्यापक विस्तार मार्फत वित्तियाकरणको नीति अघि सारियो । यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न विश्व बैंक र अन्तराष्ट्रिय मुद्राकोषलाई जिम्मा लगाईयो । विकासशील र अतिकम विकसित देशहरुमा पूर्वधार क्षेत्रमा केहि विकास गरेता पनि ऋण र अनुदान मार्फत विकासको नाममा आर्थिक उपनिवेश कनाइयो । व्यापारको विस्तारले मात्र नाफा नपुगेपछि अमेरिकाको नेतृत्वमा नाफाको मुख्य श्रोत वित्त सम्पति वा शेयर कनाइयो । वित्तीय श्रोत वा शेयरबाट हुने नाफा क्षेणीक हुने भएकोले सन् २००७(०८ मा विश्वमा वित्तीय संकट हुँदै वृहत मन्दीको सिर्जना भयो । तथापी, विश्व पुँजीवादले घाटा बजेट मार्फत वित्तीय संकटलाई अल्पकालीन रुपमा टारेका थिए । सन् २०१० पछी जव चीन दोश्रो ठुलो अर्थतन्त्रको रुपमा स्तरबृद्दी भएपछी (अमेरिकाको GDP १८ ट्रीलियन डलर र चीनको GDP १२ ट्रीलियन डलर), विश्व व्यवस्था एक धुर्वियबाट दुई ध्रुवमा विभाजन्मुख भयो । विश्व अर्थतन्त्रमा बद्लाब आउने अधिकांश बिज्ञहरुको मत आउन लग्यो तथा उत्पादन र बजार विस्तारको होडबाजीले अमेरिका र चिनवीच शितयुद्द चल्न थाल्यो । चीनले आफ्नो मुद्रामा २५ प्रतिशत डीभ्यालुयसन गरेको आरोप अमेरिकाले लगायो, परिणाम स्वरूप सन् २०१९ मा आयातित वस्तुहरुमा थिकरमा बृद्दी गरी व्यापार युद्द शुरु गरियो । आर्थिक कुटनीति मार्फत बाँकी राष्ट्रहरुलाई आफ्नो पक्षमा पार्न पहल गरियो।
कोभिड-१९पछि विश्व अर्थतन्त्रको डिस्कोर्स
कोरोना भाइरसको महामारी चीनबाट शुरु भएता पनि अहिले अमेरिका लगाएतका पश्चिमा मुलुकहरु आक्रान्त छन् । तर अमेरिकाले आगामी राष्ट्रपतिको चुनाव प्रभावित हुने डर र आर्थिक महाशक्ति गुम्ने डरले लकडाउन गरेएको छैन र नवउदार वादले मानवीय समवेदना भन्दा पुँजी र राज्यशक्तिलाई बढी महत्व दिन्छ भन्ने पुष्टि भएको छ । नवउदारवादी पुँजीवादले मजदुरलाई आफ्नो फाइदाको लागि कजाउन्छ र संकटमा निर्ममभै दुःख दिन्छ भन्ने पनि प्रमाणित भएको छ । विश्व व्यापिकरणले सिर्जना गरेको अवसरप्राप्त गरेका तर हालको मानवीय स्वास्थ्य संकटले गर्दा अन्तराष्ट्रिय माइग्रेंट्सहरुको जीवन असुरक्षित बनाएको छ । लाखौ मानिसहरु बेरोजगारी हुने भएका छन् । वस्तु उत्पादन र व्यापारमा संकुचन आइ विश्वको अर्थतन्त्र डामाडोल हुने स्थिति रहेको अवस्थामा पुँजीवाद र नव उदारवादको आयु सकिएको घोषणा केहि विज्ञहरुले गरिरहेका छन् । केहि समय पहिलानै भविष्यबाणी गरिएको पश्चिमा केन्द्रित अर्थतन्त्र एशिया केन्द्रित हुने वहस अहिले झनसघन हुँदै गएको छ ।
पश्चिमा विरोधी खेमाबाट यो वहसलाई सघन बनाइएतापनि विगतको इतिहाँस र वर्तमान श्रोतको पहुंच हेर्दा किटानीसाथ भन्नु अलि हतारो हुन्छ जसो लाग्छ । किनकि युरोपमा औधोगीकरण भएपछी मालिक र मजदुर वीच वर्गसंघर्ष भएर समाजवादी क्रान्ति ब्रिटेनको लण्डनमा हुने बताए लगत्तै जर्मनस्थित फ्र्यांकफ्रुट अफस्कुलका थिंकट्यांकहरुले कार्लमार्क्सले मजदुर सम्वन्धी हकहित र सामाजिक कल्याणका विषय व्यापक अध्ययन र बहसगरी पश्चिम युरोपमा तत्काल क्रान्ति रोक्नको लागि सबै क्षेत्रमा सामाजिक न्यायसहितको प्रजातान्त्रिक व्यवस्थालाई संस्थागत गरे जसलाई विवेकी पुँजीवाद वा नयाँ मार्क्सवादको रुपमा चिनिन्छ र आज आर्थिक मानवको लागि स्वर्ग भनिएको युरोप त्यही जगको विकास हो । कार्लमार्क्सको भविष्यवानी विपरित क्रान्ति सोभियत संघमा गएर ठोकिन पुग्यो।त्यसैगरीमार्क्सले कम्न्युनिष्ट घोषनापत्रमा ‘पुंजिबाद आफ्नै संकटको कारणले ध्वस्त हुने’ बताएका थिए तर सन् १९२९ देखि सन् २००७-०८ को पुँजीवादी आर्थिक संकटमा बर्गसंघर्षमार्फत क्रान्ति नभई पुँजीवाद आफैले बुद्दी र विवेकले समाधान गरेको इतिहाँस छ ।
हाल महामारीको रुपमा रहेको कोभिड १९ ले तुलनात्मक रुपमा पश्चिमा पुँजीवादी मुलुकहरुमा मानवीय र आर्थिक क्षति बढी हुने, संसारको अर्थराजनीतिको नेतृत्वमा केहि फेरबदल हुने निश्चित छ तथा उत्पादन र व्यापार विस्तार गरी सुपर पावर चुम्न लागेको चीनको आर्थिक वृद्दिमा पनिसंकुचन आउने निश्चित छ । तर हालको महासंकट छोटो समयमै समाधान हुँदै गयो भने, धेरै ठुलो आकारको अर्थतन्त्र, श्रोतमा वौद्धिक सम्पतिको अधिकार, प्रबिधिमुखी अर्थतन्त्र, उन्नत शिक्षा प्रणाली, थिंक ट्यांकको सम्रक्षण, खोज, अनुसन्धान र नवप्रवर्धनमा प्रोत्साहनका कारण विश्व पुँजीवादी अर्थराजनीतिले एकसय असि डिग्रीमा फन्को मारि नियन्त्रित् अर्थराजनीतिमा सिफ्ट हुन्छ भन्नु अलि हतारो हुन्छ। तर धनि र गरिबको असमानता फराकिलो वनाउने नव उदारवादी पुँजीवादको ठाउँमा अवप्रगतिशील पुँजीवादले स्थान लिने सम्भावनालाई भने नकार्न सकिदैन ।
(लेखक – नेपालखुला विश्वविद्यालय, अर्थशास्त्र विषयका एमफिल स्कलर हुन् )
वि.सं.२०७७ वैशाख १ सोमवार १७:०७ मा प्रकाशित





























