back
CTIZAN AD

माल्टामा कार्यरत एक नेपालीमा कोरोना संक्रमण, एनआरएनए माल्टाले गर्यो यस्तो अनुरोध

वि.सं.२०७७ वैशाख ३ बुधवार

1K 

shares

३ बैशाख, माल्टा । युरोपियन देश माल्टामा कार्यरत एक नेपालीमा कोरोना संक्रमण देखिएको छ ।

१८ महिनादेखि माल्टामा कार्यरत एक नोपलीमा कोरोना भाइरस संक्रमण देखिएको एनआरएनए माल्टाले जनाएको छ ।

कोरोना संक्रमणको आशंकामा १७ नेपालीको स्वास्थ्य परीक्षण गरिएकोमा एकजनामा संक्रमण पोजेटिभ देखिएको हो । खत्री थरका ती नेपालीले आफूलाइ संक्रमण भएको आशंकमा त्यहास्थित लुका कोरोना परीक्षण केन्द्रमा गएर आफ्नो स्वास्थ्य जाँच गराएका थिए । उक्त क्रममा उनमा भाइरस पोजेटिभ देखिएको हो ।
एनआरएनए सल्लाहकार सोम सापकोटाले माल्टामा रहेका नेपालीहरुलाई भाइरस संक्रमणबाट सुरक्षित रहन अनुरोध समेत गरेका छन् ।

नेपालीको सहयोगका लागि सक्रिय हुँदै एनआरएनए माल्टा
यसैबीच गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) माल्टाले माल्टामा रहेका कोरोना प्रभावित नेपालीहरुको सहयोगका लागि विभिन्न संघ संस्थाको समन्वयमा आर्थिक संकलन भइरहेको जनाएको छ ।

उक्त रकमबाट प्रभावितहरुका लागि खाद्यान्न लगायतका राहत सामग्री खरिद गरेर वितरण गरिने परिषद्ले बताएको छ ।
परिषद्ले कोही पनि व्यक्ति कामबिहिन हुनुका साथै ऐजेन्टसँग सम्पर्क विहिन भएको अवस्थामा एनआरएनए माल्टाका विभिन्न पदाधिकारीलाई सम्पर्क गर्न भन्दै फोन नम्बर उपलब्ध गराएको छ ।

वास्तविक पीडितलाई प्राथमिकतामा राखिएकाले सबैले सकारात्मक सोच राखिदिन पनि परिषद्ले अनुरोध गरेको छ ।

सम्पर्क ब्यक्तिहरु-

१.नवीन गिरी +77109234 (संयोजक)
२.रहरमान तामाङ +356-77185655
३.बिरेन्द्र घिमिरे -356-77535481
४.नरेस खनाल -+356-77180056
५.दिनानाथ भट्टराई +356-77763470

नआत्तिनुहोला,आफ्नो ख्याल राख्नुहोला!
सबैजना हातेमालो गरौ!

नोट-यी नम्बरमा कल गर्दा आफ्नो सबै बिवरण दिनुहोला।जस्तै-नामथर,बस्ने ठेगाना,आएको मिती,पठाएको माध्यम,आफ्नो कम्पनी ईत्यादी ।

वि.सं.२०७७ वैशाख ३ बुधवार ०९:०९ मा प्रकाशित

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...