back
CTIZAN AD

कविता: घर फर्कने तिर्खा

वि.सं.२०७७ वैशाख ६ शनिवार

2.8K 

shares

मैले पसिनाको मेची बगाएर
बनाएको हो
ऊ त्यो बतासे डाँडाँको भुइँतले घर
जहाँबाट
तनतनी पिउन सकिन्छ
नीलगिरीको सौन्दर्य
अनि
ग्वाम्ल्याङ्ग अँगालो हाल्न मिल्छ
उदाउँदै गरेको रातो घामलाई ।

मानेँ मैले,
नक्शा पास भएको छैन
स्वीकार्दछु,
लालपूर्जा बनाउन पनि सकेको छैन
कोरोना सल्काउने कृत्रिम कागज छैन भन्दैमा
घरलाई घर होइन भन्न सक्छौ ?
घरलाई जिन्दगीको भर होइन भन्न सक्छौ ?
यही देशकै नक्शाभित्र छ
मेरो नक्शा नबनेको घर पनि
म आफैँले आफ्नो घरको नक्शा कोर्न खोज्दा
यो चैत, यो खडेरीमा
किन मुस्लिएर
बाटो छेक्दैछौ ए महाकाली !

घर सबैलाई चाहिन्छ
तर घरमै बसिरहने सम्भावना कसैको पनि हुँदैन
घरले नै मलाई
घर निखन्न
घरभन्दा पर सीमापारिको घरमा पठाएको हो
मैले पराईको घर छाइसकेपछि
घरबेटीबाटै घर जाने अनुमति पाइसकेपछि
मेरो आगनमा तगारो हाल्ने ?
मेरो पराले टौवामा आगो बाल्ने ?
मलाई शंका छ तिम्रो नागरिकतामा
तिमी देशकै पहरेदार त हौ ?

त्यही घरमा
मेरो माया बसेको छ
त्यही घरमा मेरी
माया पनि बसेकी छे
उनैलाई लगिदिनुछ
अलिकति खिचृङमिचृङ
जस्तैस् २,४ थान डिटोल साबुन
१,२ मुठा बेथेको साग
अलिकती ज्वानो, धुलो नुन

मायाको सगुन
उधृएको यो घाइते मुटु ।

मलाई सम्झेर
मझेरीमा टोलाउने सन्तानहरू
आफैलाई बिर्सेर
फूलबारीमा लोलाउने गुराँसहरू
यी सबैलाई समेट्नु छ छातीमा
माउले चल्ला समेटेझै
ए महाकाली !
तिमी आफैं सुक्छौ कि
श्रीरामले झैं
बाधिदिऊँ तिम्रो गहिराइमाथि शिला सेतु ?

वि.सं.२०७७ वैशाख ६ शनिवार १०:४८ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...