back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७७ वैशाख ६ शनिवार

1.4K 

shares

१)
बगैंचामा सुगन्ध छर्ने बस्तु फूल हुन सक्छ
बोलेका शब्दहरू कसैलाई शूल हुन सक्छ
अरुको मात्र कमजोरी खोज्ने प्रयास नगर,
मान्छे हो जान अन्जानमा भूल हुन सक्छ ।

२)
हजारौं जँघार एक्लै एक्लै तर्न पाए हुन्थ्यो
ढुङ्गे धारामा सधैंभरि पानी भर्न पाए हुन्थ्यो
जिन्दगीमा सम्पत्ति कमाएर कहिल्यै पुग्दैन ,
मर्नु अघि देशको लागि केही गर्न पाए हुन्थ्यो ।

३)
झम्के साँझमा अँध्यारोको साम्राज्य चल्दै थियो
वारि पारीको गाउँमा धिपधिप बत्ती बल्दै थियो
मै हुँ भन्ने धनीमानीको पनि छिट्टै दिन सकिएछ,
आज उसैको लास नदी किनारामा जल्दै थियो ।

४)
तिम्रो लागि आकाशको तारा झार्न सक्दिन म
माया गर वा घृणा दिल अन्त सार्न सक्दिन म
झुठो आश्वासनको पुलिन्दा बाँड्ने चलन छैन,
जूनेली रातमा खाएको कसम हार्न सक्दिन म ।

५)
माछा भनेको माछा हो सानो ठूलो भन्नु हुँदैन
बिना अपराध कसैको पनि खोइरो खन्नु हुँदैन
सही के हो गलत के हो छुट्याउन सक्नु पर्छ,
व्यवस्था फेरियो अब कसैको दास बन्नु हुँदैन ।

वि.सं.२०७७ वैशाख ६ शनिवार १०:३३ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...