back
CTIZAN AD

कविताः जे-जे मन लाग्छ भन

वि.सं.२०७७ वैशाख ६ शनिवार

1.3K 

shares

जति गाली गर जे जे लाग्छ भन
आपतमा होस् या बिपदमा
तिम्रो सुरक्षा गर्ने प्रहरी र सेना नै हो

कमायो भन या मार्यो भन
तिमीलाइ अन्तिम सम्म
सेवा दिने व्यापारी र स्वास्थ्यकर्मि नै हो

यस्तो हो भन उस्तो हो भन
तिम्रो अधिकार र श्रमको
सेवा दिने र मूल्य दिने
कर्मचारी र उद्योगी नै हो

हरायो भन या गिरायो भन
तिम्रो पक्षमा बोल्ने र लड्ने
वकिल र न्यायाधिश नै हो

सुखको भन या दुःखको भन
तिम्रो भावना बुझ्ने र देखाउने
लेख्ने, गाउने, बजाउँने, लय हाल्नेहरू नै हो

अश्लील भन या मार्मिक भन
तिम्रो दुःख भुलाउन खोज्ने
छायाकार र कलाकार नै हो

भ्रम भन या चाल भन
राज्य र समाजका घटना र अनियमितता
छर्लग पार्ने समाचार र पत्रकार नै हो

जति टाढा बन जति लड्ने लड
तिम्रो घरमा पर्दा र जल्दा
आउने र चाहिने छिमेकी नै हो

जति भन्छौ भन भन्नु नभन्नु भन
भनेको सुन्ने र परेको गर्ने
जनप्रतिनिधी र सरकार नै हो

सम्पति भन या पद्दति भन
तिम्रो हर शान्ति र खुशीको जग
तिम्रो घर, परिवार, समाज र राष्ट्र नै हो

वि.सं.२०७७ वैशाख ६ शनिवार १०:५२ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...