back

प्रवासी गजल स्रष्टाहरुसँग रचनाका लागि आग्रह

वि.सं.२०७७ वैशाख १५ सोमवार

1.4K 

shares

१५ वैशाख, काठमाडौँ । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद, भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवर्द्धन समितिले गजल प्रकाशन गर्ने तयारी गरेको छ ।

गजल संग्रह प्रकाशन मण्डलले गजल संग्रह प्रकाशन सम्बन्धी सूचना जारी गर्दै समस्त प्रवासी गजलका स्रष्टाहरुसँग रचनाका लागि आग्रह गरेको छ ।

उक्त सूचनामा एनआरएनए आइसीसीको भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवर्द्धन समितिद्वारा गरिँदै आएका विविध कृति प्रकाशनका कार्यलाई अझ बढि विकसित, व्यवस्थित र विशिष्ट बनाउँदै लाने क्रममा यस वर्ष एउटा पृथक किसिमको संयुक्त गजल संग्रह कृति प्रकाशन गरिन लागिएको जानकारी गराइएको छ ।

उक्त कृतिमा विश्वभर छरिएर रहेका गैरआवासीय नेपाली साथै नेपाली भाषी समस्त गजलकार स्रष्टाहरुलाई समेटने उद्देश्य राखिएको गजल संग्रह प्रकाशन मण्डलले बताएको छ ।

यस गजल संग्रहमा समावेश हुनका लागि गजल संग्रह प्रकाशन मण्डलले सूचनामा उल्लेख गरेको ईमेल ठेगानामा आफ्नो संक्षिप्त परिचय र पासपोर्ट साइजको एक प्रति फोटो सहित आफूले लेखेका उत्कृष्ट दुईवटा गजलहरू पठाईदिन हुन समस्त प्रवासी नेपाली गजलकारहरूलाई अनुरोध गरिएको छ।

यो गजल संग्रह सम्बन्धी आधारभूत नियमावली निम्नानुसार रहेको उल्लेख छ :

१) यो प्रवासमा बस्ने नेपालीहरुको विशुद्ध खुल्ला संयुक्त गजल संग्रह भएकोले यस संग्रहमा समावेश हुन कुनै उमेर, लिङ्ग, राष्ट्रियता आदिको हदबन्दी लाग्ने छैन। सबै नेपाली भाषामा गजल लेख्ने प्रवासी गजलकारहरु खुल्ला रूपमा यस संग्रहमा समावेश हुन सकिनेछ।

२) यस संग्रहका लागि पठाइएको गजल आफैँले मौलिक रचना गरेको र आजभन्दा अगाडि कुनै पनि अर्को संग्रह अथवा कृतिमा प्रकाशित नभएको हुनुपर्ने छ (सामाजिक सञ्जालमा बाहेक)। साथै प्राप्त गजलको प्रतिलिपि अधिकारको जिम्मेवारी गजलकार स्वयंमा रहनेछ, सम्पादन मण्डल र प्रकाशक प्रतिलिपि अधिकार सम्बन्धमा कुनै जवाफदेही हुने छैन।

३) गजलका आधारभूत सिद्धान्त अनुसार लेखिएका गजलहरू मात्र संग्रहमा समावेश गराइनेछन्।

४) यो संग्रहमा समावेश हुन चाहने स्रष्टाहरुले यो सूचना प्रकाशित भएको मितिदेखि २०२० जुलाई महिनाको अन्तिम दिन (July 31, 2020) सम्ममा आफ्ना दुईवटा गजल, आफ्नो संक्षिप्त परिचय र एक प्रति पासपोर्ट साइजको फोटो सहित आफु बसेको सम्बन्धित महादेशका क्षेत्रिय संयोजकलाई तल (फोटोमा) दिईएको ईमेल ठेगानामा पठाईसक्नु पर्नेछ।

५) यो गजल संग्रह एक पृथक संग्रह भएको र प्रकाशकले आफ्नो गजलसंगै गजलकारको संक्षिप्त परिचय पनि प्रकाशन गर्ने भएको हुनाले बिना ‘संक्षिप्त परिचय’ प्राप्त भएका गजलहरूलाई मान्यता दिईने छैन।

६) संग्रहमा समावेश हुनको लागि छनौटको प्रारम्भिक मापदण्ड गजलको भाव, काव्यपक्ष, लय, भाषागत शुद्धता आदि हुनेछ।

७) अन्तिम छनौट, सम्पादन तथा प्रकाशन अधिकार ‘सम्पादन मण्डलमा’ निहीत हुनेछ। यो प्रक्रियासम्म आइपुग्दा कुनै पनि गजल प्रकाशन गर्न अयोग्य ठहरिएमा त्यस्ता गजललाई संग्रहमा प्रकाशन गर्न संपादन तथा प्रकाशन मण्डल बाध्य हुने छैन।

८) यस सम्बन्धी कुनै अस्पष्टता, जिज्ञासा एवं प्रश्नहरू भएमा आ(आफ्नो महादेशका सम्बन्धित क्षेत्रीय सम्पादन संयोजकलाई सम्पर्क गर्न सकिनेछ।

वि.सं.२०७७ वैशाख १५ सोमवार ०८:४३ मा प्रकाशित

GLOBAL IME AD
कविता : को चन्द्रमा छुन्छ है ?

कविता : को चन्द्रमा छुन्छ है ?

बिमला चन्द सानू बैतडी, हाल- काठमाडौं मैलो के छ र...

कविता : रित्ता मान्छेहरु

कविता : रित्ता मान्छेहरु

निम्बतरु,अर्घाखाँची अधिक रित्ता मानिसहरू हाम्रो तिर यता लखर उता लखर...

लघुकथा: गिद्धे नजर

लघुकथा: गिद्धे नजर

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर, थिमी शिक्षक –।कोठामा दुई शिक्षिकाहरू गफमा...

कविता : फूलको बिछ्यौना

कविता : फूलको बिछ्यौना

बाबुराम न्यौपाने ‘उत्स’ दमक, झापा युरोपको पुनर्जागरण इतिहासको काल्पनिक कहानी...

मुक्तक

मुक्तक

सुनिल अधिकारी, काठमाडौं १. आफ्नो दुनो सोझ्याउन नानाभाँतीको कुरा गर्छन्...

मुक्तक

मुक्तक

निर्मलरमण पराजुली सामाखुशी, काठमाण्डौ १. पैँचो जस्तै सम्मान अनि, पुरस्कारको...