back

कोरोना अपडेट : बेलायतमा एकै दिन ४ हजार ४ सय बढीको मृत्यु

वि.सं.२०७७ वैशाख १८ बिहीवार

189 

shares
RBB AD
NTC AD

 

१८ वैशाख, काठमाडौँ । चीनको हुवेईको वुहान सिटीबाट सुरु भै इटाली, अमेरिकालाई थला पार्दैै अघि बढेको नोबेल कोरोना भाइरस अर्थात् (कोभिड १९) अहिले विश्वका २१० देश पुगिसकेको छ ।

बुधबारको तथ्यांक हेर्दा कोरोनाबाट ज्यान गुमाउनेमा बेलायत अघि देखिन्छ । एकैदिन ४४१९ जनाको मृत्यु भएको छ । बेलायत ज्यान गुमाउने तेस्रो देश बनेको छ ।

वैशाख १८ (सन् २०२० अप्रिल ३०) बिहान ७.३० बजेसम्मको प्राप्त समाचार अनुसार संसारका ३२,१९,४२४ मानिसमा कोरोना भाइरस सल्केको छ भने ज्यान गुमाउनेको कूल संख्या २११,६१२ पुगेको छ । एकैदिन १६५८५ जनाको मृत्यु भएको छ ।

निको भएर घर फर्किएकाहरु संख्याका १,०००,२९३ छ भने उपचाररत हालको बिरामीको संख्या १,९९०,९३४ रहेको छ । जसमध्ये १,९३१,१२३ को अवस्था मध्यम छ भने ५९,८११ को स्थिति गम्भिर रहेको छ । बिरामी मध्ये ३ प्रतिशतको अवस्था गम्भिर रहेको छ । संक्रमित मध्ये १९ प्रतिशतको मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ ।

पछिल्ला केहि दिनदेखि संक्रमित भएर निको हुनेको संख्या बढेको छ । सोमबारको तथ्यांकले बिरामी मध्ये ८१ प्रतिशत सन्चो हुने गरेका छन् भने १९ प्रतिशतको मृत्यु हुने गरेको देखिन्छ ।

वल्र्डोमीटरका अनुसार अहिले सबैभन्दा बढी प्रभावित हुने र मृत्यु हुनेमा लगातार अमेरिका नै अघि देखिन्छ । अमेरिकामा मात्रै प्रभावितको संख्या १०,६४,१९४ पुगेको छ भने ६१,६५६ को मृत्यु भएको छ । एकै दिन ५३६८७ नयाँ संक्रमित थपिएका छन् भने २३९० जनाको मृत्यु भएको छ, यो अघिल्लो दिनको तुनलामा संक्रमित बढेको र मृत्यु थोरै घटेको हो ।

मृत्युदरको हिसाबमा अमेरिका सबैभन्दा बढी प्रभावित देश हो भने दोस्रो इटाली हो । इटालीमा लगातार घट्दो क्रममा रहेको देखिन्छ । इटालीमा प्रभावितको संख्या २०३,५९१ रहेको छ भने मृत्यु हुनेको संख्या २७,६८२ जना रहेको छ ।

प्रभावका हिसाबले अमेरिका, स्पेन, इटाली, फ्रान्स, बेलायत, जर्मनी, टर्की, रसिया, इरान अनि चीन क्रमशः छन् भने मृत्यु संख्याको हिसाबले अमेरिका पहिलो(६१,६५६) इटाली दोस्रो(२७,६८२), बेलायत तेस्रो (२६,०९७), स्पेन चौंथोे(२४,२७५), फ्रान्स पाचौँ (२४,०८७), बेल्जियम छैठौं(७,५०१), जर्मनी सातौं (६,४७८), इरान आठौँ (५,९७५), ब्राजिल नवौँ(५,५११), नेदरल्याण्ड दशैँ(४७११) र चीन एघारौँ (४,६३३) देश रहेका छन् ।

कोरोना अपडेट : अमेरिका र भारतमा फेरि बढ्यो, ब्राजिलतर्फ सर्दै

नेपालमा कोरोना भाइरस अपडेट :
नेपालमा २४ घण्टामा ३ संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ भने १६ जना निको भएर फर्किएका छन् । बुधबारसम्म ११,५२४ जनाको स्बाव परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

चीनको वुहान युनिभर्सिटीमा पीएचडी अध्ययनरत ३२ वर्षीय पुरुषमा नेपालमा पहिलोपटक कोरोना पोजिटिभ देखिएको थियो । हाल ३८ जना उपचाररत छन् ।

चैत्र २३ गते कोरोना संक्रमित एक व्यक्तिबाट अर्काेमा सरेपछि नेपाल कोरोना भाइरसको दोस्रो चरणमा प्रवेश गरेको छ । वैशाख १० गते उदयपुरमै पुनः ३ जना नयाँ संक्रमित थपिएपछि यसलाई तेस्रो चरण भनेर केही जानकारहरुले भनेका पनि छन् । दुबईबाट फर्केका कैलालीका संक्रमित एक युवाबाट उनको भाउजुमा कोरोना भाइरस पोजेटिभ देखिएपछि दोस्रो चरण सुरु भएको हो । युवासँग भेट भएको १२ दिनपछि उनकी भाउजुमा संक्रमण भएको थियो ।

कोरोनाको चरण हेर्दा यसका चार चरण रहेका छन् । व्यक्तिमा सिमित संक्रमण (विदेशबाट फर्केर आएका) पहिलो चरण हो । ट्राभल हिस्ट्री भएको व्यक्तिमार्फत परिवारमा संक्रमण देखिनु दोस्रो चरण मानिन्छ । एउटा समुदायबाट अर्को समुदायमा फैलनु तेस्रो चरण हो भने महामारीको रुप लिएको अवस्था चौथो चरण हो ।

फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल एक युवती(निको भएर घर फर्किएसकेको अवस्था) मा चैत्र १० गतेको परीक्षणमा कोरोना संक्रमित भएको पुष्टि भएपछि भोलिपल्ट अर्थात् चैत्र ११ गतेदेखि सरकारले देशभर लकडाउन गरेको थियो । सरकारले ११ गते मंगलवार बिहान ६ बजेदेखि लागू हुनेगरी गरेको लकडाउन तीनचरणमा थपिएर वैशाख २५ गतेसम्म पु¥याइएको छ ।

अर्को छिमेकी देश भारतमा तथ्याङ्क बढ्दो छ । ३३,०६२ जना संक्रमित रहेको र १०७९ जनाको मृत्यु भएको देखिन्छ । अघिल्लो दिन मात्र १७३८ जना नयाँ संक्रमित थपिएका छन् भने भने ७१ जनाको मृत्यु भएको छ । अरु देशमा घटिरहँदा भारतमा भने भारतमा बढिरहेको छ ।

यस्तो छ कोरोना भाइरसको पछिल्लो अपडेट तथ्याङ्क :

 

 

वि.सं.२०७७ वैशाख १८ बिहीवार ०८:१६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
पालिकाकाे पर्यटकीयस्थल प्रवर्द्धनका लागि बृहत् ‘सम्पदा पदयात्रा’

पालिकाकाे पर्यटकीयस्थल प्रवर्द्धनका लागि बृहत् ‘सम्पदा पदयात्रा’

काठमाडौ । चन्द्रागिरि नगरपालिकाभित्र रहेको धार्मिक, ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकीयस्थलका...

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-प्रेस स्वतन्त्रतामाथि नियन्त्रण हुन दिइने छैन

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-प्रेस स्वतन्त्रतामाथि नियन्त्रण हुन दिइने छैन

  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेस स्वतन्त्रतामाथि कुनै...

पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री ‘प्रचण्ड’

पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ पत्रकार तथा अपाङ्गता...

सुनको मूल्यमा एक हजारले गिरावट, आज कति छ प्रतितोला ?

सुनको मूल्यमा एक हजारले गिरावट, आज कति छ प्रतितोला ?

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...

डढेलो नियन्त्रण र प्रभावितलाई तत्काल राहत वितरण गर्न नेफेजको आग्रह

डढेलो नियन्त्रण र प्रभावितलाई तत्काल राहत वितरण गर्न नेफेजको आग्रह

काठमाडौं । नेपाल वातावरण पत्रकार समूह (नेफेज)ले देशभर विभिन्न ठाँउमा...

प्रधानमन्त्री ‘प्रचण्ड’द्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन

प्रधानमन्त्री ‘प्रचण्ड’द्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन

काठमाडौँ । नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ ।...