back
CTIZAN AD

कोरोना अपडेट : बेलायतमा एकै दिन ४ हजार ४ सय बढीको मृत्यु

वि.सं.२०७७ वैशाख १८ बिहीवार

939 

shares

 

१८ वैशाख, काठमाडौँ । चीनको हुवेईको वुहान सिटीबाट सुरु भै इटाली, अमेरिकालाई थला पार्दैै अघि बढेको नोबेल कोरोना भाइरस अर्थात् (कोभिड १९) अहिले विश्वका २१० देश पुगिसकेको छ ।

बुधबारको तथ्यांक हेर्दा कोरोनाबाट ज्यान गुमाउनेमा बेलायत अघि देखिन्छ । एकैदिन ४४१९ जनाको मृत्यु भएको छ । बेलायत ज्यान गुमाउने तेस्रो देश बनेको छ ।

वैशाख १८ (सन् २०२० अप्रिल ३०) बिहान ७.३० बजेसम्मको प्राप्त समाचार अनुसार संसारका ३२,१९,४२४ मानिसमा कोरोना भाइरस सल्केको छ भने ज्यान गुमाउनेको कूल संख्या २११,६१२ पुगेको छ । एकैदिन १६५८५ जनाको मृत्यु भएको छ ।

निको भएर घर फर्किएकाहरु संख्याका १,०००,२९३ छ भने उपचाररत हालको बिरामीको संख्या १,९९०,९३४ रहेको छ । जसमध्ये १,९३१,१२३ को अवस्था मध्यम छ भने ५९,८११ को स्थिति गम्भिर रहेको छ । बिरामी मध्ये ३ प्रतिशतको अवस्था गम्भिर रहेको छ । संक्रमित मध्ये १९ प्रतिशतको मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ ।

पछिल्ला केहि दिनदेखि संक्रमित भएर निको हुनेको संख्या बढेको छ । सोमबारको तथ्यांकले बिरामी मध्ये ८१ प्रतिशत सन्चो हुने गरेका छन् भने १९ प्रतिशतको मृत्यु हुने गरेको देखिन्छ ।

वल्र्डोमीटरका अनुसार अहिले सबैभन्दा बढी प्रभावित हुने र मृत्यु हुनेमा लगातार अमेरिका नै अघि देखिन्छ । अमेरिकामा मात्रै प्रभावितको संख्या १०,६४,१९४ पुगेको छ भने ६१,६५६ को मृत्यु भएको छ । एकै दिन ५३६८७ नयाँ संक्रमित थपिएका छन् भने २३९० जनाको मृत्यु भएको छ, यो अघिल्लो दिनको तुनलामा संक्रमित बढेको र मृत्यु थोरै घटेको हो ।

मृत्युदरको हिसाबमा अमेरिका सबैभन्दा बढी प्रभावित देश हो भने दोस्रो इटाली हो । इटालीमा लगातार घट्दो क्रममा रहेको देखिन्छ । इटालीमा प्रभावितको संख्या २०३,५९१ रहेको छ भने मृत्यु हुनेको संख्या २७,६८२ जना रहेको छ ।

प्रभावका हिसाबले अमेरिका, स्पेन, इटाली, फ्रान्स, बेलायत, जर्मनी, टर्की, रसिया, इरान अनि चीन क्रमशः छन् भने मृत्यु संख्याको हिसाबले अमेरिका पहिलो(६१,६५६) इटाली दोस्रो(२७,६८२), बेलायत तेस्रो (२६,०९७), स्पेन चौंथोे(२४,२७५), फ्रान्स पाचौँ (२४,०८७), बेल्जियम छैठौं(७,५०१), जर्मनी सातौं (६,४७८), इरान आठौँ (५,९७५), ब्राजिल नवौँ(५,५११), नेदरल्याण्ड दशैँ(४७११) र चीन एघारौँ (४,६३३) देश रहेका छन् ।

कोरोना अपडेट : अमेरिका र भारतमा फेरि बढ्यो, ब्राजिलतर्फ सर्दै

नेपालमा कोरोना भाइरस अपडेट :
नेपालमा २४ घण्टामा ३ संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ भने १६ जना निको भएर फर्किएका छन् । बुधबारसम्म ११,५२४ जनाको स्बाव परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

चीनको वुहान युनिभर्सिटीमा पीएचडी अध्ययनरत ३२ वर्षीय पुरुषमा नेपालमा पहिलोपटक कोरोना पोजिटिभ देखिएको थियो । हाल ३८ जना उपचाररत छन् ।

चैत्र २३ गते कोरोना संक्रमित एक व्यक्तिबाट अर्काेमा सरेपछि नेपाल कोरोना भाइरसको दोस्रो चरणमा प्रवेश गरेको छ । वैशाख १० गते उदयपुरमै पुनः ३ जना नयाँ संक्रमित थपिएपछि यसलाई तेस्रो चरण भनेर केही जानकारहरुले भनेका पनि छन् । दुबईबाट फर्केका कैलालीका संक्रमित एक युवाबाट उनको भाउजुमा कोरोना भाइरस पोजेटिभ देखिएपछि दोस्रो चरण सुरु भएको हो । युवासँग भेट भएको १२ दिनपछि उनकी भाउजुमा संक्रमण भएको थियो ।

कोरोनाको चरण हेर्दा यसका चार चरण रहेका छन् । व्यक्तिमा सिमित संक्रमण (विदेशबाट फर्केर आएका) पहिलो चरण हो । ट्राभल हिस्ट्री भएको व्यक्तिमार्फत परिवारमा संक्रमण देखिनु दोस्रो चरण मानिन्छ । एउटा समुदायबाट अर्को समुदायमा फैलनु तेस्रो चरण हो भने महामारीको रुप लिएको अवस्था चौथो चरण हो ।

फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल एक युवती(निको भएर घर फर्किएसकेको अवस्था) मा चैत्र १० गतेको परीक्षणमा कोरोना संक्रमित भएको पुष्टि भएपछि भोलिपल्ट अर्थात् चैत्र ११ गतेदेखि सरकारले देशभर लकडाउन गरेको थियो । सरकारले ११ गते मंगलवार बिहान ६ बजेदेखि लागू हुनेगरी गरेको लकडाउन तीनचरणमा थपिएर वैशाख २५ गतेसम्म पु¥याइएको छ ।

अर्को छिमेकी देश भारतमा तथ्याङ्क बढ्दो छ । ३३,०६२ जना संक्रमित रहेको र १०७९ जनाको मृत्यु भएको देखिन्छ । अघिल्लो दिन मात्र १७३८ जना नयाँ संक्रमित थपिएका छन् भने भने ७१ जनाको मृत्यु भएको छ । अरु देशमा घटिरहँदा भारतमा भने भारतमा बढिरहेको छ ।

यस्तो छ कोरोना भाइरसको पछिल्लो अपडेट तथ्याङ्क :

 

 

वि.सं.२०७७ वैशाख १८ बिहीवार ०८:१६ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...