back
CTIZAN AD

पर्वतका गुरुङको बेलायतमा निधन

वि.सं.२०७७ वैशाख २३ मंगलवार

858 

shares

२३ बैशाख, बेलायत । बेलायतमा रहेका पर्वतका नारायण कोन्मे गुरुङको मृत्यु भएको छ ।

रुघाखोकीको लक्षण देखिएका गुरुङको सोमबार (४ मे) मा बेलायतको जर्ज इलियट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

बेलायतका नेपालीबीच समाजसेवीका रुपमा परिचित रहेका गुरुङ पर्वत चारभन्ज्याङ ठानामौला गाविस वडा नं ३ मा जन्मिएका थिए । पर्वत वेलफेयर सोसाइटी युकेका सल्लाहकार, तमुधिं युकेका आजीवन सल्लाहकार, ननिटन नेपलीज ब्याडमिन्टन क्लवका सल्लाहकार तथा चारभन्ज्याङ तमु समाज युकेका संस्थापक सदस्य रहेका उनी तमु समाज बेल्जियमको सल्लाहकार समेत रहिसकेका थिए ।

परिवारसँगै बेलायतको अल्डरशटमा बस्दै आएका उनका श्रीमती र तीन छोराछोरी रहेका छन् ।

उनको मृत्युले मर्माहत भएको भन्दै पर्वत वेलफेयर सोसाइटी युकेका अध्यक्ष नेत्र आलेले दुःख व्यक्त गरेका छन् ।

स्मरण रहोस्, यसअघि पर्वतकै चेत प्रसाद गुरुङ र मेख बहादुर गुरुङको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

वि.सं.२०७७ वैशाख २३ मंगलवार ०९:१३ मा प्रकाशित

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...