back
CTIZAN AD

कविता : ‘विश्वास’ आत्मबल बढाउने औषधि हो

वि.सं.२०७७ वैशाख २३ मंगलवार

1.3K 

shares

एउटा हल्ला फैलियो, अनायासै
सन्त्रास लिएर,
मानौ यो नै सृष्टिको विनासकारी
काल हो, अनिकाल ल्याउने
हाहाकार हो ।
मानव जीवनमा अन्यौल आयो ।
अन्धकार भित्र निःशस्त्र,
निःशब्द भयो, बनायो ।
मानौ विज्ञानका सबै पार्टपुर्जाहरू
सिथिल भएर विश्राम लिईरहेका छन् ।
हावाहरू वजनदार भएर
वहन छोडीसकेका छन् ।
विभिन्न काल खण्डमा टुक्रिका
तेरो र मेरो भएर सीमाना कोरिएका
धर्तीका क्षेत्रहरू फेरि एक पटक
एकै पटक हल्लिएको छ ।
ससंकित भएको छ ।
नगद, धन, सम्पति केवल
उपभोकको साधनमा
सिमित रहे, निर्बल बने ।
थुकले पनि टिपेर राखेका,
अरुसँग लुटेर राखेका,
कतै श्रमले आर्जेका त कतै
उपहारमा वर्षिएका सबै
द्रव्यहरूलाई मानिसहरू
छुन, चलाउन छाडीसके ।
दूरी बढाउन लागिसके ।
को आफन्त, को पराइ,
देखेर पनि, चिनेर पनि
नचिने झैँ, नदेखे झैँ,
मुख छोपेर, लुक्दैछन् ।
लुकाउन बाध्य छन् ।
आफ्नै घरको कोठा भित्र ।
मानौ बाहिर ठूलै द्वन्द भइरहेको छ,
सैनिकविनाको द्वन्द, शत्रुविनाको द्वन्द ।
हतियारविनाको द्वन्द,
प्रतिकारविनाको द्वन्द ।
एक्लै लड्दै छ उ, लडाउँदै छ,
भगाउदै छ अरुलाई ।
अदृश्य छ तर त्रासले सबै तिर सर्वत्र
भए जस्तो, देखिए जस्तो, छोइए जस्तो ।
कस्तो, कस्तो । सुक्ष्म नदिखिने तर
भयानक, भयाङ्कर जस्तो ।
सबैले देखे जस्तो ।
एउटा हल्ला फैलियो, अनायसै
अत्मबलहरू घटाउने,
मनोबलहरू दवाउने ।
प्राण वायु नै रोकेर जिन्दगी
रोकाउन खोज्ने ।
सानो अत्यन्तै सानो,
तर ठूलो भिमकायले तर्साए जस्तै
तर्साउने अहो !
अन्ततः बुझ्दै जाँदा थाहा हुँदै जाँदो रहेछ ।
पर्दै जाँदा भोगिदै गइदो रहेछ ।
अरे !
यो त निर्जीव जीवाणु पो रहेछ,
एउटा कोभिड भाइरस भन्ने
कोरोना पो रहेछ ।
सामान्य लिनु पर्छ ।
अब
सोच्नु छ त्यो केही पनि हैन ।
न आत्तालिदै भन्नू छ ।
अरे ! तँ !
एउटा निर्जीव सुक्ष्म सेल होस्,
आफू फक्रिनको लागि
दोस्रो जीवित प्राणीको
सहारा लिने, लाक्षी, हुतिहारा
कीटाणु !
तर…
तर जित्नु छ एउटा महामारी ।
एउटा सभ्यताको सुरुवात गर्नुछ ।
मानवताले भरिएको मानव जीवन
फेरी विजयी भवः बन्नुछ ।
सचेत कायरता हैन सजगता हो ।
अनुशासन निर्देशनको पालाना हैन,
सभ्यताको चिनारी हो ।
विश्वास, संस्कार हो, आस्था हो,
जिन्दगी जिउने आधार हो ।
आत्मबल बढाउने औषधि हो ।
इम्युनिटी पावर हो ।…..

वि.सं.२०७७ वैशाख २३ मंगलवार ०९:२६ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...