back
CTIZAN AD

सरकारको भूमिका अब ‘अफेन्सिभ’ हुनुपर्छ

वि.सं.२०७७ वैशाख २९ सोमवार

792 

shares

धेरै बर्ष अगाडि देखि कालापानी लिपुलेकमा हाम्रो भुगोलको अस्मिता लुटिदै आएको छ । नेपाली भुगोल लुटिएको चर्चा, दुईचार दिन चल्छ, दुईचारदिन पछि बिलाउन थाल्छ । फेरि लुटिएको चीत्कार सुनिन्छ । चर्चा दोहरिन्छ उहीँ, प्रकिया बर्सौंदेखि दोहरिदै र चल्दै आएको छ । सिमा मिचिएर अधिकरण हुदै गहिरहेको समस्या झन् झन् थपिदो छ ।

आज फेरि लिपुलेकको असैह्य पिडापुर्ण चित्कारले हाम्रो मन मस्तिक, मुटु हल्लिएको छ । फेरि हामिलाई झकझक्याएको छ र बिउँझाएको छ । महाकाली लिपुलेक सिमा समस्याको बेदना अब छेपाराको कथा जस्तो बासी रूपमा बल्जिरहन दिनुहुदैन भन्ने आम राष्ट्रीय भाबना जगाएको छ ।

कालापनी लिपुलेकको समस्या हाम्रो ईतिहाँसको कमजोरी हो । हिजोका शासकहरूका असावधानिक कमजोरीका कारण पटक पटक बल्जिरहेको घाउ हो । सिमा रक्षाको प्रश्न फलामको चिउरा चपाउनु जस्तो सास्ती भएको छ । तर, चपाउनुको अलबा अर्को बाटो छैन । हाम्रो भूमि पटक, पटक लुछ्न र चिथोरिरहन भारतिय शासकहरूलाई हाम्रो कुन कमजोरीका कारणले सुबिधा प्रधान गरेर आयो नबुझेका हामी कोही नेपाली छैनौं। अब हामीले भारतलाई त्यो, अवसरवाट बिदा गर्नै पर्छ । उसको एकईन्चपनी जमिन हामीलाई चाहिदैन । हाम्रो एकईन्चपनी जमिन हामी गुम्न दैदैनौं भन्ने दृढता, अठोट परिणाम चाहिएको छ ।

नेपाली जनता अहिले भारतिय बिस्तारवादी सासकहरूको हेपाह, मिचाहपुर्ण रबैया र नेपाल सरकारले मिचिएको भुभाग रक्षा गर्न चाल्नपर्ने कदम आक्रमक हुनुपर्ने ठाँउमा किन नरम भईरहेको छ भन्नेप्रति आक्रोसित छ । तत्काल कालापानी लिपुलेक क्षेत्र र सबै मिचिएका नेपाली भुभागहरू सम्मानजनक फिर्ता गराएर राष्ट्रीय अस्मीता रक्षाको रिजल्ट ब्यवहारवाटै दिन सरकारको भुमिका डिफेन्सिप नभएर अफेमसीप हुनु पर्छ । आाक्रमक हुनुपर्छ । यहि मानेमा बर्तमान सरकारप्रति नेपाली जनतामा देखिएको आक्रोस मथर हुँदै गएर भरोसा बढ्ने छ । सरकारले भारतिय पक्षसंग कानुनि उपचार र राष्ट्रिय अस्मिता रक्षामा आम जनपरिचान राष्ट्रिय एकता बनाएर आक्रमक योजनाका साथ अगाडि बढ्नु पर्छ ।

भारतिय पक्ष, पटक पटक ढाँट्दै, छल्दै, हेप्दै र पेल्दै आफ्नो मिसनमा अगाडि बढीरहेको अवस्था छ । भारतलाई नेपालको मनो बिज्ञान बुझेको छु भन्ने परेको छ, दुईचारदिन नेपालीहरू उफ्रिन्छन्, उफ्रन्छन र आफै थाक्छन् लत्रन्छन् हाम्रो मिसनलाइ केहि लछारपाटो लगाउन सक्दैनन् भन्ने रबैया देखिन्छ । उनिहरू, निसंकोच अपना मिसनमे आगे बडो भाई भन्ने हठका साथ अगाडि बढीरहेका छन् । भारतिय साशक बर्गले ब्रिटिस ईन्डियामा आउन पुर्व अपनाएको नीति अहिले महाकाली लिपुलेक, पिथरागौडामा आसपासका क्षेत्रमा अपनाई रहेका छन् । त्यहाका जनतालाई आफ्नो प्रभावमा पार्न छात्रवृत्ति कार्यक्रम, दैनिक उपभोगिय बस्तु लगायत सस्तो र सजिलो सेवा, सुबीधाहरू दिएर नेपाली गरिव जनतालाई प्रलोभनमा पार्न कोसिस गरिरहेका छन् ।

१, नेपाल सरकारले लिपुलेक पिथौरा गौडादेखी मानसरोबर जोड्ने ७८ किलो मिटर नेपालको भुभाग भित्र पस्ने निस्कने दुबै गौंडामा सशस्त्र प्रहरी चौकी र नेपाली सेनाको बेसक्याम्प खडागरि सिमानामा स्थायी गस्ति गर्नु पर्छ । सडक निर्माण कार्यलाई तुरून्त रोकिनु पर्छ ।

२, भारत सरकारले नेपाल सरकारलाई जवाफ फर्काएको छ ‘हामीले हाम्रै भुभागमा सडक बिस्तार गरेका हौुं नेपालको भुमी मिचेका छैनौं। केही समस्याभए कोरना भाईरस नियन्त्रण पछी छलफल गरौंला’ यो भाषा आपत्तीजनक छ । भारत सजिलै निकाशमा आउन राजी छैन भन्ने देखिन्छ । सरकारले सिमानामा जासुसी संयन्त्र केन्द्रित गर्न नसक्नु दुखद् छ । नेपाल भारत सिमाना नङ्सा तुरून्तै सार्बजनिक गरिनु पर्छ । चीन सरकारसंग सम्पर्कगरि तुरून्तै त्रिपक्षिय बार्ता र छलफल अगाडि बढाउनु पर्छ । भारतिय सेनालाई नेपालको भुभागवाट तुरून्तै हटाउनु पर्छ । यी बिषयमा सरकारको भुमिका डिफेन्सीभ होईन अफेन्सिभ हुनुपर्छ ।

३, त्यो, भेगका जनतालाई विशेष सुबिधा, सिक्षा र स्वास्थ्य निशुल्क, खानेपानी, विद्युत, सडक र रोजगारको योजना प्याकेजमा बनाएर लागू गर्नु पर्छ ।  तत्काल राहात रासन पानीको ब्यवस्था गर्नुपर्छ । भौतिक पुर्वाधार निर्माणको काम तृब्र गतिमा अगाडि बढाउन पर्छ ।त्यहाँका नेपाली जनताले आफु नेपाली भएको गर्भानुभूति गर्न पाउन पर्छ । पिडामा आफ्नो राज्य,नेपाल राज्य आफू संगै भएको अनुभूति गर्न पाउनु पर्छ।
यो प्रकिया दक्षिणका पश्चिमदेखी पुर्व सम्मका सबै अधिक्रमित सिमाना लागुहुन जरूरी छ ।

४, भारतले नेपालप्रति हेपाहापुर्ण व्यवहार गरिरहेको छ । उसको त्यो सोरैआना गलत हो भन्ने साबित गर्ने बेला आएको छ । नेपाली आँट,अडान, दृढता कति छ भन्ने देखाउने बेला आएको छ । लंपसार पर्ने सोच कतै बाँकी छ भने जनताले सहदैन ।

राष्ट्रियअस्मिताको पहरेदारका नेपाली जनताले नेपाल सरकारले चालेको चाल्ने गतिबिधिलाइ नियाली रहेका छन् । जनता जान्न चाहन्छन् । हाम्रो सरकारले साँच्चै राष्ट्रीय अस्मिता रक्षा गर्न आफ्नो सम्पुर्ण तागत र क्षमता देखाउँने बेला आएको छ । सिमानाको रक्षागर्न नसक्ने सरकार राष्ट्रवादी हुन सक्दैन । सिमा रक्षाको कुरामा भन्दा परिणाम निकाल्न सरकारले राष्ट्रिय अन्तराष्ट्रिय वार्ता, संवाद, अदालत कहाँसम्म पुग्न पर्ने हो सकृयता बढाउनु पर्छ । एक ईन्च पनि दाँयाबायाँ नभएको सग्लो सार्मभौम स्वतन्त्र नेपाल जिन्दाबाद ! भारतिय बिस्तारवादी हेपाह मिचाह प्रबृति मुर्दावाद !

(लेखकः नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता हुन् ।)

वि.सं.२०७७ वैशाख २९ सोमवार ११:१३ मा प्रकाशित

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

नेपालमा पशुपालनको विद्यमान अबस्था नेपालको ग्रामीण अर्थतन्त्रको मुख्य आधार स्तम्भका...

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बीच झण्डा हटाउने विषयमा शुरू...

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

काठमाडौँ । विश्वमा तीव्र गतिको आरोहणमा विशिष्ट पहिचान बनाउन सफल...