back
CTIZAN AD

एनआरएनए अमेरिकाज क्षेत्रका मानार्थ सदस्यहरुको बैठक सम्पन्न,के-के भए त छलफल ?

वि.सं.२०७७ वैशाख ३० मंगलवार

792 

shares

३० बैशाख, काठमाण्डौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज क्षेत्रका मानार्थ परिषद् सदस्यहरुको पहिलो परिचयात्मक बैठक सम्पन्न भएको छ ।

अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठीको अध्यक्षतामा भएको बैठकमा कोभिड–१९ बाट नेपाली समुदायमा परेको असर र के कस्ता गतिबिधि गर्न सकिन्छ भनेर कुरामा छलफल भएको बताइएको छ । बैठकमा स्वदेश फिर्ता जाने नेपालीको बिषय तथा संभावना, सान्दर्भिकता र संस्थागत अन्य गतिबिधिका कुराहरुमा बैठक केन्द्रित रहेको बताइएको छ ।

बैठकमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष रविना थापाले संघका पछिल्ला गतिबिधिबारे जानकारी गराउँदै मध्यपूर्वमा महिलाहरुलाई फिमेल हाइजिनसँग संबन्धित सामाग्रीहरुको अभाव भएको र त्यसका लागि सहयोग गर्ने पहल गर्दै गरेको बताएकी थिइन् । यसबाहेक लकडाउन र शेल्टर इन प्लेसमा डोमेस्टिक भ्वाइलेन्स बढेकोले आइसीसी महिला संयोजकको संयोजनमा थप गतिबिधि गर्ने प्रयास गरिएको जानकारी समेत गराइन् ।

त्यसैगरी संघका सचिव गौरी जोशीले कोभिड १९ सँग संबन्धित विषय,सपोर्ट र एनसीसीको पहल अनि आपसमा मिलेर जाने विषयमा बताएका थिए । उनले बैठकमा उठेका थुप्रै विषलाई जवाफ समेत दिएका थिए । सचिव जोशीले बिशेषगरी गैरआवासीय नेपाली नागरिकता सम्बन्धमा, कोभिड–१९ राहत, संस्थाका अन्य गतिबिधि र नेपाल सरकारसँगको समन्वयका कुरा समेत जानकारी गराएका थिए ।

बैठकमा आइसीसी सल्लाहकार हरिबोल भण्डारीले भारतले नेपाली भूमिमा गरेको हस्तक्षेपका बारेमा आफ्ना भनाई राख्दै नेपाल सरकारले बोल्नु भन्दा पहिले यस बारेमा आवाज उठाएर एनआरएनएले सहि काम गरेको भन्दै गैरआवासीय नेपाली संघलाइ धन्यवाद दिएका थिए ।

त्यस्तै क्षेत्रीय संयोजक राजन त्रिपाठीेले राष्ट्रिय समन्वय परिषद् र अन्तराष्ट्रिय परिषद्बिचको सम्बन्ध, कोभिड १९ सम्बन्धि अन्य प्रयास र संयोजन सम्बन्धी एनसीसी र आइसीसीसँग मिलेर जाने कुरा, नेपाल फर्कन चाहनेहरुको लागि थप पहल गर्ने कुरा, क्षेत्रीय गतिबिधिका साथै भारतको नेपाली भूमिमाथि अतिक्रमण संबन्धि प्राप्त आइसीसीको पत्रलाइ समेटेर के गर्न सकिन्छ भन्ने विषयमा प्रयास गर्ने बताएका थिए ।

बैठकमा क्षेत्रीय उपसंयोजक राम पोख्रेल, क्षेत्रीय महिला संयोजक उमा कार्की, क्षेत्रीय युवा संयोजक बिमला सापकोटा, आइसीसी सदस्य तृष्णा शर्मा, शंकर खड्का, प्रमोद सिटौला, आइसीसी सल्लाहकार तथा नेपाल सरकारका महावाणिज्यदूत एशी शेर्पा लगायतको सहभागीता रहेको थियो ।

त्यसैगरी बैठकमा बेदराज बस्नेत, प्रमिला बस्नेत, अभिम्यू बस्नेत, कृष्ण के सी, कृष्ण लामिछाने, प्रतिक पाण्डे, प्रेम श्रेष्ठ, राधेश पण्डित, उत्तम लामिछाने, पिताम्बर भट्टराई, चन्द्र राइ, भारत अर्याल, गोपी कृष्ण काफ्ले, ढुण्डिराज पाण्डे, पुरु ढकाल, रबिन्द्र घिमिरे समेत सहभागी रहेका थिए ।

सोहि अवसरमा राष्ट्रिय समन्वय परिषद् क्यानाडा (एनसीसी) का अध्यक्ष चिरन्जीवी घिमिरे, एनसीसी अमेरिकाका बरिष्ठ उपाध्यक्ष डा अर्जुन बन्जाडे, उपाध्यक्षहरु कृष्ण जिबी पन्त, बुद्धि सुबेदी, सर्बज्ञ वाग्लेले पनि बैठकमा आ–आफ्ना विचार राखेका थिए ।
बैठकका सहभागीहरुले भारतले नेपालको लिपुलेक हुँदै चीनसम्म नेपाली भूमी मिचेर निर्माण गरेको सडकको बिरोध गरेका थिए । बैठकमा सहभागीहरुले राष्ट्रिय समन्वय परिषद मार्फत राजदूतावसमा अनलाइन पिटिशन गर्ने जस्ता सुझाव समेत दिएका थिए ।

वि.सं.२०७७ वैशाख ३० मंगलवार १०:४० मा प्रकाशित

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेपाली जनसम्पर्क समिति (नेजस) फ्रान्सको तेस्रो अधिवेशन पेरिसमा सम्पन्न भएको...

ओएनएफ कतारको अध्यक्षमा अफसर अली खान सर्वसम्मत

ओएनएफ कतारको अध्यक्षमा अफसर अली खान सर्वसम्मत

प्रवासी नेपाली मञ्च (ओएनएफ) कतारको आठौँ अधिवेशनबाट अफसर अली खान...

प्रवासी नेपाली मञ्च अमेरिका महादेशको अध्यक्षमा यमुना भट्टराई निर्वाचित

प्रवासी नेपाली मञ्च अमेरिका महादेशको अध्यक्षमा यमुना भट्टराई निर्वाचित

प्रवासी नेपाली मञ्च (ओएनएफ) अमेरिका महादेश कमिटीको अध्यक्षमा यमुना भट्टराई...

ब्राम्पटनमा नेपाल फेस्टिभल २०२६ सम्पन्न, १० हजारभन्दा बढी दर्शककाे उपस्थिति

ब्राम्पटनमा नेपाल फेस्टिभल २०२६ सम्पन्न, १० हजारभन्दा बढी दर्शककाे उपस्थिति

ब्राम्पटन, ओन्टारियो । क्यानडाको ब्राम्पटनमा जुलाई २५, २०२६ मा आयोजना...

नेपाली जनसम्पर्क समिति अमेरिकाको अध्यक्षमा गौतम दाहालको उम्मेदवारी

नेपाली जनसम्पर्क समिति अमेरिकाको अध्यक्षमा गौतम दाहालको उम्मेदवारी

नेपाली जनसम्पर्क समिति, अमेरिकाको आगामी अध्यक्षका लागि मेरिल्याण्ड निवासी गौतम...