back
CTIZAN AD

लण्डनमा धनमाया मृत भेटिइन्

वि.सं.२०७७ वैशाख ३० मंगलवार

876 

shares

१२ मे । लण्डनको प्लमस्टिडबाट आइतबार दिउँसोबाट हराइरहेकी धनमाया थापा मृत अवस्थामा भेटिएकी छन् ।

आइतबार दिउँसो पार्कमा केही बेर घुम्न भन्दै घरबाट निस्किएकी ६६ वर्षीया धनमायाको शव सोमबार राती स्थानीय प्लमस्टिड कमन पार्कको झाडीमा भेटिएको बताइएको छ ।

प्रहरीले खोजी गर्ने क्रममा धनमायाको शव फेला पारेर सोमबार राती १० बजे घरमै आएर परिवारलाई खबर गरेको थियो ।

उनको मृत्यु कसरी भयो भन्ने बारे प्रहरीले अनुसधान गरिरहेको बताइएको छ ।

पाल्पा स्थायी घर भएकी धनमाया श्रीमान र छोरा–बुहारीसंगै ९ वर्षदेखि प्लमस्टिडमा बस्दै आएकी थिइन् । उनी २ महिना अघि मात्र बिदामा नेपाल आएर बेलायत फर्किएकी थिइन् ।

वि.सं.२०७७ वैशाख ३० मंगलवार १५:०७ मा प्रकाशित

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

काठमाडौं । अफ्रिकी क्षेत्रमा नेपाली कुटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर...

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

काठमाडौं । गैरआवासीय नेपाली संघ दक्षिण अफ्रिका तथा अफ्रिकाका विभिन्न...

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

नेपाली मूलका सामुदायिक अभियन्ता तथा सामाजिक नेतृत्वका रूपमा परिचित सोमनाथ...

अर्थमन्त्री वाग्लेलाई एनआरएनए निवर्तमान अध्यक्ष श्रेष्ठको आठबुँदे सुझाव

अर्थमन्त्री वाग्लेलाई एनआरएनए निवर्तमान अध्यक्ष श्रेष्ठको आठबुँदे सुझाव

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसिसीका निवर्तमान अध्यक्ष महेश...

‘दक्षिण अफ्रिका र ब्राजिल दूतावास बन्द गर्ने सरकारको निर्णय दुःखदपूर्ण’

‘दक्षिण अफ्रिका र ब्राजिल दूतावास बन्द गर्ने सरकारको निर्णय दुःखदपूर्ण’

अफ्रिका । दक्षिण अफ्रिका र ब्राजिल दूतावास बन्द गर्ने सरकारको...

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

डेनभर। नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन ९ बुँदे घोषणापत्र जारी गर्दै...