३ जेठ, काठमाण्डौं । नेपालमा सोमबार (जेठ ३ सम्म) ९२ हजार ४४० जनामा कोरोना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ५,२४३ जनामा परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार आजसम्म पिसीआर प्रविधिबाट २६ हजार ६९१ र आरडिटी प्रविधिबाट ६५ हजार ७४९ जनामा परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट २,५७९ र र्यापिड प्रविधिबाट २,६६४ नमुना परीक्षण गरिएको हो ।
प्रदेश परीक्षण विवरण
त्यसैगरी प्रदेश नं १ मा ९,१११ प्रदेश नं २ मा ५,९८७, बाग्मती प्रदेशमा १०,४५२, गण्डकी प्रदेशमा ६,९३२, प्रदेश नं ५ मा ८,४९०, कर्णाली प्रदेशमा ७,३७२ र सुदूरपश्चिम प्रदेशमा १७,४०५ जनामा आरडिटी प्रविधिबाट परीक्षण गरिएको हो ।
क्वारेन्टाइनमा रहनेको संख्या
हाल सातै प्रदेशमा विभिन्न क्वारेन्टाइनमा १६ हजार ३६६ जना रहेका छन् । जसमा प्रदेश नं १ मा ९३८, प्रदेश नं २ मा २,०६३ बाग्मती प्रदेशमा २००, गण्डकी प्रदेशमा ३२६, प्रदेश नं ५ मा १०,२२२ कर्णाली प्रदेशमा ९८७ र सुदूरपश्चिम प्रदेशमा १६२८ जना रहेको स्वास्थ्य मन्त्रालयले शनिबार (जेठ ३ गते) को नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
आइसोलेशन र रेडजोनमा
त्यसैगरी हालसम्म आइसोलेशनमा ३२० जना रहेका छन् । जसमा उपत्यकामा ३२ जना र बाहिरका अस्पतालमा २८८ जना रहेका छन् । उनीहरुमा प्रदेश १ मा २४, प्रदेश २ मा १११, बाग्मती प्रदेशमा ६४ र गण्डकी प्रदेशमा १ र प्रदेश नम्बर ५ मा ११५ जना रहेका छन् ।
त्यस्तै आजसम्म रेडजोन (संभावित संक्रमति) मा रहेकाको संख्या ३६६ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ जना थपिएका छन् । रेडजोनमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ कार्य भइरहेको बताइएको छ ।
कुन प्रदेशमा कति संक्रमित
हालसम्म संक्रमित भएकामध्ये प्रदेश १ मा ३६, प्रदेश २ मा १०९, बाग्मती प्रदेशमा १६, गण्डकी प्रदेशमा ३ प्रदेश ५ मा १०९ र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित भएको तथ्यांक रहेको छ । सातैवटा प्रदेशमध्ये कर्णाली प्रदेशमा अहिलेसम्म संक्रमित भेटिएका छैनन् ।
संक्रमितको संख्या ७८ पुग्यो
नेपालमा आज बिहान थप ११जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमितको संख्या २७८ पुगेको हो । उनीहरुमा २२४ जना पुरुष र ५४ जना महिला रहेका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र भैरहवामा गरिएको परीक्षणमा आज (शनिबार) भेटिएका ११ नयाँ संक्रमितमा कपिलवस्तु, शिवराज न.पा चन्द्रौटाका २५, ३४ र ४४ वर्षीय तथा महोत्तरी र काभ्रेका २ पुरुष रहेका छन् ।
त्यसैगरी बर्दिया नार्खु ११ की २८ वर्षीया महिला, सिराहा सखुवा १९ का ३० वर्षीय पुरुष, पर्सा विरगन्ज १२ निवासी २९, २९ वर्षीय पुरुष, सर्लाही रामनगर ४ निवासी १८ वर्षीया महिला र चितवन गढौलीकी २५ वर्षीया महिलामा पनि संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
निको हुनेको संख्या ३६ पुग्यो
नेपालमा आज (जेठ २) सम्म संक्रमित भएकाको संख्या २५८ पुगेको छ । ती मध्ये निको हुनेको संख्या ३६ पुगेको छ । शुक्रबार डिस्चार्ज भएका १ जनासँगै निको हुनेको संख्या ३६ पुगेको हो ।
कोशी अन्चल अस्पतालमा उपचाररत भोजपुरका उदयपुरका २५ वर्षीय युवा २७ दिनको अस्पताल बसाईपछि शुक्रबार निको भएर घर फर्किएका छन् ।
नेपालमा कोरोना संक्रमितको संख्या २७८ पुग्यो, महोत्तरी र काभ्रेका २ जनामा थप संक्रमण
स्वास्थ्यकर्मीलाई भेदभाव नर्गन मन्त्रालयको अपिल
स्वास्थ्य मन्त्रालयले पछिल्लो पटक कोभिड १९ का बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको भेदभावमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
स्वास्थ्यकर्मीलाई डेरामा बस्न र घरमा बस्न समस्या रहेको समाचार आएको बताइएको छ ।
स्वास्थ्यकर्मीहरु आफैपनि कोभिड १९ का बारेमा जानकार रहेको, समुदायलाई संक्रमणबाट कसरी जोगाउने र आफू पनि कसरी बच्ने भन्ने पूर्ण जानकार रहेकोले यस्तो भेदभाव गर्नु र असहयोग गर्नु भनेको आफैलाई असहयोग गर्नु रहेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताएका छन् ।
कोभिड १९ बाट संक्रमित विरामीको उपचारमा पहिलो पंक्तिमा खटिएका योद्धाहरुलाई सहयोग गर्न समेत उनले समुदायमा अपिल गरेका छन् ।
उपचारका क्रममा मृत्यु भएकी सुत्केरीका बारेमा केही समयमा जानकारी दिइने
धुलीखेल अस्पतालमा श्वास प्रस्वासमा समस्या भएर उपचार गराउने क्रममा मृत्यु भएको भनिएकी सिन्धुपाल्चोककी सुत्केरीको सम्बन्धमा केही समयमा जानकारी दिइने स्वास्थ्यमन्त्रालयले जनाएको छ ।
बाह्रविसेकी ती २९ वर्षीया महिला बैशाख २३ टिचिङ अस्पताल महाराजगन्जमा भर्ना भएकी थिइन् । उनको २४ गते नर्मल डेलिभरी भएको र २५ गते डिस्चार्ज भएर घर गएकी थिइन् । घर पुगेपछि उच्च ज्वरो र स्वास प्रस्वासमा समस्या देखिएपछि स्थानीय अस्पतालमा उपचार गराएको र जटिल समस्या आएपछि धुलीखेल अस्पतालमा उपचारका लागि आउने क्रममा मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
उनको कोभिड १९ सम्बन्धी पिसीआर प्रविधिबाट नमुना लिएर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना परीक्षण भइरहेकोले सम्पूर्ण विवरण प्राप्त भएपछि कोभिडबाट मृत्यु भएको हो वा होइन भन्ने कुरा जानकारी गराउने पनि मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका छन् ।
कोरोना अपडेट: ८७ हजारमा परीक्षण,२५८ जना संक्रमित, आइसोलेशनमा २६७ र रेडजोनमा ३६३ जना
वि.सं.२०७७ जेठ ३ शनिवार १७:१८ मा प्रकाशित






























