back
CTIZAN AD

हामी अष्ट्रेलियन–अमेरिकन भैसकेर पनि नेपाली हुनुमा गर्ब गर्छौ ?

वि.सं.२०७७ जेठ ७ बुधवार

762 

shares

 शेरबहादुर, प्रचन्ड, के पि ओली सबै जोखिदा तुलामा वजन सबैको उस्तै छ, आजसम्म । हो ओलीलाई आज अवसर छ आफुलाई अरुभन्दा अतिलो भएको पुस्टि गर्ने । यो अवसर बार बार आउँदैन ।

भारत बिरुद्ध हाम्रो रगत अली बढी नै उम्लन्छ । हाम्रो राजनीतिको पारो नाप्न भारतको बिरोध र समर्थन हेरे पुग्छ । अज भोली नै चुनाव गर्न पाए प्रधानमन्त्री ओलिको राष्ट्रबादले फेरी सत्ताको चाबी हात पार्छ । एमसीसीमा उनलाई राष्ट्रघाती देख्नेले नक्सामा राष्ट्रबादी देक्छन ।
बजार यसरी तात्दै छ कि मानौ पुरै गुमेको भुभाग सरकारले फिर्ता ल्यायो । जे जती मात्रामा काम गर्‍यो त्यती नै समर्थन गर्नु पर्ने हो । तर यहाँ त्यस्तो हुँदैन कि पुरै आकाश छुने हो कि पुरै पातलमा पुग्ने हो ।

भ्रममा नपरौ सरकारको सुरुवाती सोच बिचार ले नक्सा बनेको होइन । ब्यापक जनदबाबले सरकारलाई बाध्य बनाएको हो । प्रमाण जुटाएर भोली बार्ता गर्ला सरकारले अनी सरकारको बल्ल मुल्याङ्कन हुनेछ ।

हिजो कांग्रेसले यत्ती पनि गरेको थिएन । आज नेकपाले गर्‍यो भनेर आत्मरतीमा नरमाउँ । हिजोको दिनमा कस्ले के के गरे त्यो सबै ईतिहास जनता सँग छ । शेरबहादुर, प्रचन्ड, के पि ओली सबै जोखिदा तुलामा वजन सबैको उस्तै छ, आजसम्म । हो ओलीलाई आज अवसर छ आफुलाई अरुभन्दा अतिलो भएको पुस्टि गर्ने । यो अवसर बार बार आउँदैन ।

देश भनेको अपनत्व गर्ने कुरा पनि हो । तपाईं हामीलाई अष्ट्रेलिया, अमेरिकामा भएर पनि नेपाली हुनुमा किन गर्ब छ ? हामी अष्ट्रेलियन अमेरिकन भैसकेर पनि नेपाली हुनुमा गर्ब गर्छौ ? हामीलाई नेपाल जान रोकतोक छैन । त्यहाँ हाम्रा आफन्त छन । जग्गा जमिन र सम्पत्ति छ । नेपाली नगरिकता सिरानीमा राखेर सुत्न पाएका छौ । प्रशासनमा हाम्रा प्रमाण चल्छन । यी सबै माथिका सुबिधा खारेज गर्ने हो भने हामीलाई स्वत :  नेपाल प्रती मोह भङ हुन्छ ।

हामीले हाम्रो भनेको भुभागमा बस्ने नेपालीहरुसँग नेपाली नागरिकता छैन । राज्यको कुनै पनि उपस्थिती छैन । त्यहाका जनताले आफुलाई नेपाली हुनुमा गर्ब महसुस गराउनु सरकारको काम हो । देश भनेको माटो मात्र होइन । सिमानामा सेना सँगसंगै गाउमा प्रशासन पनि चाहिन्छ ।

सरकारको गतिविधीलाई अहिले पर्खने र हेर्ने हो । डटेछ सरकार भनी समर्थन गरौला नत्र सधैं झै आलोचना गर्ने हो । भक्तिभाब गर्न मनले मान्दैन ।

वि.सं.२०७७ जेठ ७ बुधवार ०८:४९ मा प्रकाशित

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

नेपालमा पशुपालनको विद्यमान अबस्था नेपालको ग्रामीण अर्थतन्त्रको मुख्य आधार स्तम्भका...

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बीच झण्डा हटाउने विषयमा शुरू...