back
CTIZAN AD

सामाजिक उदण्डताको पराकाष्ठा र चौरजहारी घटना

वि.सं.२०७७ जेठ २७ मंगलवार

1.4K 

shares

महिला र पुरुषका विचमा विद्यमान रहेको जैविक भिन्नता बाहेक समाजले कोरिदिएको अर्को एउटा छुट्टै सीमा रेखा पनि छ हाम्रो समाजमा । जसले लैङ्गिक विभेद, जातिय विभेद, भाषा, धर्म, संस्कृति विभिन्न रितीरिवाज, वर्गिय विभेदको संज्ञा दिएको छ । यस्तो प्रकारको विभेदले सिंगो समाजलाई नै विभाजित मात्र गरेन उनीहरुप्रति गरिने व्यवहार, जिम्मेवारी, दृष्टिकोण उपलब्ध गराइने अवसरहरु पनि फरक फरक हुने गरी निर्धारण गरियो । जसले गर्दा उनीहरुको योग्यता र बौद्धिक क्षमता प्रदर्शन गर्ने प्रतिकुल अनुकुल प्रभाव पर्नु स्वभाविकै हो । यस्ता प्रकारका विभेद गर्नु भनेको वास्तवमा सभ्य समाजको बाधक हो । मानब अधिकारको हनन र उल्लंघन हो अनि गम्भीर सामाजिक अपराध हो ।

सभ्यताको एकतर्फ फर्केर हेर्ने हो भने मानवजातिका आचरण, व्यवहार, विचार र धर्मको सापेक्षतामा अगाडि बढेको पाइन्छ । त्यसैको निरन्तरता स्वरुप धर्मको प्रभाव अहिलेसम्म कायम नै छ । कुनैपनि धर्मले लिङ्गीय, जातिय, धर्म, वर्ग, क्षेत्रियजस्ता पहिचानका आधारमा हेला, घृणा, उपेक्षाका दृष्टिले हेरेको पाइदैन । किन भने, धर्म जहिले पनि मानवताको पक्षधर, समानताको घोतक रहदै आएको छ । कुनैपनि धार्मिक ग्रन्थ वा शास्त्रमा यस्ता विभेदका कुराहरु रहेको पाइदैन । तर, धर्मका कथित व्याख्याकारहरुले आफ्नो प्रमुखता कायम गर्नका लागि धर्मलाई दुषित बनाउँदै लगेका छन् । जसले जातिय, वर्गिय, लैङ्गिय क्षेत्रिय, धार्मिक जस्ता विभेदलाई निम्त्याएको छ ।

तर पनि विश्वमा कुनै न कुनै रुपमा जातिय वर्गीय, लिङ्गीय क्षेत्रिय जस्ता विभेदहरु कायमनै छन् । विभेदका कारणबाट ठूला–ठूला घटनाहरु भएका उदाहरण छन् । प्राथमिक कालखण्डदेखि आधुनिककाल खण्डसम्म यस्ता विभेदका घटनाले निरन्तरता पाउदै आएका छन् । जबसम्म यस्ता कुरुति र धर्म संस्कारहरुलाई जरादेखि नै उखलेर फाल्न सकिदैन, तबसम्म यस्ता प्रकृतिको घटनाहरु दोहोरिरहनन्छन् । अहिले यस्ता खालका सवालहरु हाम्रो समाजका लागि विष स्वरुप भएको छ । कथित धर्म र संस्कारको नाममा गरिने विभिन्न प्रकारको विभेद महिला सम्बन्धी दुव्र्यवहार, जातिय विभेद, वर्गिय विभेद, क्षेत्रिय विभेद जवसम्म रहिरहन्छ तबसम्म समाज विकासको बाधक भइरहन्छन ।

परम्परागतरुपमा जकडिएको कुरुति, कुप्रथाको अन्त्य गर्नका लागि यो समाजले सदियौंदेखि संघर्ष गर्दै आइरहेको छ । तर पनि यस्ता विभेदहरुलाई जरादेखि निर्मुल गर्न सकिएको छैन । २००७ साल, २०१७ साल, ३०४६ साल, माओवादी जनयुद्धदेखि २०६२÷६३ को जनआन्दोलनले देशमा सदिर्यौदेखि रहेको राजतन्त्रको अन्त्यगरि देशमा लोकतन्त्र र गणतन्त्रको बहाली गर्यो । तर,कागजमा मात्र अक्षर कोरिएका नयाँ व्यवस्थालाई व्यवहारमा भने कार्यान्वयन गर्न नसकिएको ज्वलन्त उदाहरण हो, रुकुमको चौरजहारी घटना । ६ जना युवकको ज्यान जाने गरी भएको यस दुःखद घटनाले सबैको मथिंगल हल्लाइदिएको छ, समाजमा अझैपनि जातिय विभेद कतिसम्म रहेको छ भन्ने कुरा यसले प्रमाणित गरिदिएको छ । नेपालका मुलधारका मिडिया, सामाजिक संजाल लगायतमा यो घटना बहसको विषय नै बन्यो । बन्नु पनि स्वभाविक हो । अत्यन्तै क्रुररतापुर्वक घटना घटाइएको देखिन्छ । उक्त घटनामा मानविय संवेदना नै हराएको देखिन्छ ।

चौरजहारी घटना, नेपाली समाजमा ठूलो बहसको विषय बनेको छ । आ–आफ्ना विवेकपूर्ण विचारहरु राख्दै नेतादेखि राजनीतिक विश्लेषकहरु र सामान्य नागरिकमा पनि जातियताका बारेमा कुरा उठिरहेको छ । सडकदेखि सदनसम्म अनि प्रधानमन्त्रीदेखि सामान्यनागरिकसम्म यसले जर्वजस्त प्रवेश पाइरहेको छ । प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदको सर्वदलिय छानविन समिति बनाएर यस घटनामाथि निष्पक्ष छानविनको माग गरेको अवस्था छ । त्यसै क्षेत्रका सभासदले भवितव्य दुर्घटनाको संज्ञा दिइरहेका छन् । तथापि सबैका विचार आ–आफ्नो ठाउँमा मनन योग्य नै होलान्, के हो त घटना ? किन यो समाजमा यस्तो अमानविय, घृणित अनि निन्दनीय घटना घटिरहेको छ ? फेरि पनि एकपटक यस समाजलाई यो घटनाले सोच्न बाध्य पारेको छ ।

किशोर किशोरीले वश्यक नहुँदै विवाहका लागि योग्य उमेर नपुग्दै कानुनले पनि अनुमति नदिएको अवस्थामा युवायुवतीमा उत्पन्न भावुकताका कारण यस्ता घटना घटिरहनु भनेको दुर्भाग्य हो । यसले सारा समाजको चिर निन्द्रा हराम गरेको छ । समाजलाई बिखण्डन बनाउँदै लगेको देखिन्छ । एकतर्फ जातियताको नारा दिएर सवालहरु उठिरहेका छन् भने अर्कोतर्फ धर्म, संस्कृति, रितिरिवाजलगायतका कुरामा बहस भइरहेको देखिन्छ । जसले जुन–जुन कोणबाट आफ्ना विचार प्रदर्शन गरे पनि यस घटनाले समाजमा अत्यन्त नकारात्मक असर पारेको छ । त्यस क्षेत्रमा सामाजिक सद्भाव खल्बलिएको छ । गाउँमा दलित र गैरदलितवीच भातृत्वको सम्बन्धमा दरार पैदा गरेको छ । यसले समाज विचलित भएको छ । जसका कारण बाल मनोविज्ञानमा समेत ठूलो असर परेको छ । त्यसक्षेत्रमा सामाजिक सद्भाव खलवलिएको छ । एक गाउँ पूरै शोकमा डुबेको छ भने एक गाउँ पूरै कानुनको कठाघरामा उभिएको छ ।

यतिबेला घटनाको सत्य तथ्य छानविन गरेर पीडिकले कानुनी सजायको भागिदार हुनैपर्ने र पीडितले न्यायै पाउनै पर्नेहुन्छ । अन्यथा समाज अनि देशमा न्याय मरेको ठहरिनेछ । कानुनको बर्खिलाप भएको ठहरिने छ । न्यायको तुलोमा एकातिर अध्याँरो र अर्कोतर्फ दियो बल्छ । त्यसैले न्यायका लागि सामाजिक सद्भाव भाइचारालाई जागृत गर्न जरुरी छ ।

जतिसुकै व्यवस्था परिवर्तन भएपनि यस समाजमा रहेको अन्धविश्वास कुरिती, कु-संस्कृति, कुप्रथा जस्ता समाज विकासका बाधक तत्वलाई जरैदेखि उखलेर फ्याक्न जरुरी छ । साथै समाजमा विभेदरहित वातावरण बनाउनका लागि समाज विकासका नयाँ विरुवा ( नयाँ पुस्ता) हरुलाई सिंचित मलजल र स्याहार र सम्भार गरि हुर्काउन सहि शिक्षा नीतिमार्फत् मार्ग निर्देशन गर्न जरुरी छ ।

वि.सं.२०७७ जेठ २७ मंगलवार ०९:४७ मा प्रकाशित

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

नेपालमा पशुपालनको विद्यमान अबस्था नेपालको ग्रामीण अर्थतन्त्रको मुख्य आधार स्तम्भका...

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बीच झण्डा हटाउने विषयमा शुरू...

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

काठमाडौँ । विश्वमा तीव्र गतिको आरोहणमा विशिष्ट पहिचान बनाउन सफल...