Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

सामाजिक उदण्डताको पराकाष्ठा र चौरजहारी घटना



महिला र पुरुषका विचमा विद्यमान रहेको जैविक भिन्नता बाहेक समाजले कोरिदिएको अर्को एउटा छुट्टै सीमा रेखा पनि छ हाम्रो समाजमा । जसले लैङ्गिक विभेद, जातिय विभेद, भाषा, धर्म, संस्कृति विभिन्न रितीरिवाज, वर्गिय विभेदको संज्ञा दिएको छ । यस्तो प्रकारको विभेदले सिंगो समाजलाई नै विभाजित मात्र गरेन उनीहरुप्रति गरिने व्यवहार, जिम्मेवारी, दृष्टिकोण उपलब्ध गराइने अवसरहरु पनि फरक फरक हुने गरी निर्धारण गरियो । जसले गर्दा उनीहरुको योग्यता र बौद्धिक क्षमता प्रदर्शन गर्ने प्रतिकुल अनुकुल प्रभाव पर्नु स्वभाविकै हो । यस्ता प्रकारका विभेद गर्नु भनेको वास्तवमा सभ्य समाजको बाधक हो । मानब अधिकारको हनन र उल्लंघन हो अनि गम्भीर सामाजिक अपराध हो ।

सभ्यताको एकतर्फ फर्केर हेर्ने हो भने मानवजातिका आचरण, व्यवहार, विचार र धर्मको सापेक्षतामा अगाडि बढेको पाइन्छ । त्यसैको निरन्तरता स्वरुप धर्मको प्रभाव अहिलेसम्म कायम नै छ । कुनैपनि धर्मले लिङ्गीय, जातिय, धर्म, वर्ग, क्षेत्रियजस्ता पहिचानका आधारमा हेला, घृणा, उपेक्षाका दृष्टिले हेरेको पाइदैन । किन भने, धर्म जहिले पनि मानवताको पक्षधर, समानताको घोतक रहदै आएको छ । कुनैपनि धार्मिक ग्रन्थ वा शास्त्रमा यस्ता विभेदका कुराहरु रहेको पाइदैन । तर, धर्मका कथित व्याख्याकारहरुले आफ्नो प्रमुखता कायम गर्नका लागि धर्मलाई दुषित बनाउँदै लगेका छन् । जसले जातिय, वर्गिय, लैङ्गिय क्षेत्रिय, धार्मिक जस्ता विभेदलाई निम्त्याएको छ ।

तर पनि विश्वमा कुनै न कुनै रुपमा जातिय वर्गीय, लिङ्गीय क्षेत्रिय जस्ता विभेदहरु कायमनै छन् । विभेदका कारणबाट ठूला–ठूला घटनाहरु भएका उदाहरण छन् । प्राथमिक कालखण्डदेखि आधुनिककाल खण्डसम्म यस्ता विभेदका घटनाले निरन्तरता पाउदै आएका छन् । जबसम्म यस्ता कुरुति र धर्म संस्कारहरुलाई जरादेखि नै उखलेर फाल्न सकिदैन, तबसम्म यस्ता प्रकृतिको घटनाहरु दोहोरिरहनन्छन् । अहिले यस्ता खालका सवालहरु हाम्रो समाजका लागि विष स्वरुप भएको छ । कथित धर्म र संस्कारको नाममा गरिने विभिन्न प्रकारको विभेद महिला सम्बन्धी दुव्र्यवहार, जातिय विभेद, वर्गिय विभेद, क्षेत्रिय विभेद जवसम्म रहिरहन्छ तबसम्म समाज विकासको बाधक भइरहन्छन ।

परम्परागतरुपमा जकडिएको कुरुति, कुप्रथाको अन्त्य गर्नका लागि यो समाजले सदियौंदेखि संघर्ष गर्दै आइरहेको छ । तर पनि यस्ता विभेदहरुलाई जरादेखि निर्मुल गर्न सकिएको छैन । २००७ साल, २०१७ साल, ३०४६ साल, माओवादी जनयुद्धदेखि २०६२÷६३ को जनआन्दोलनले देशमा सदिर्यौदेखि रहेको राजतन्त्रको अन्त्यगरि देशमा लोकतन्त्र र गणतन्त्रको बहाली गर्यो । तर,कागजमा मात्र अक्षर कोरिएका नयाँ व्यवस्थालाई व्यवहारमा भने कार्यान्वयन गर्न नसकिएको ज्वलन्त उदाहरण हो, रुकुमको चौरजहारी घटना । ६ जना युवकको ज्यान जाने गरी भएको यस दुःखद घटनाले सबैको मथिंगल हल्लाइदिएको छ, समाजमा अझैपनि जातिय विभेद कतिसम्म रहेको छ भन्ने कुरा यसले प्रमाणित गरिदिएको छ । नेपालका मुलधारका मिडिया, सामाजिक संजाल लगायतमा यो घटना बहसको विषय नै बन्यो । बन्नु पनि स्वभाविक हो । अत्यन्तै क्रुररतापुर्वक घटना घटाइएको देखिन्छ । उक्त घटनामा मानविय संवेदना नै हराएको देखिन्छ ।

चौरजहारी घटना, नेपाली समाजमा ठूलो बहसको विषय बनेको छ । आ–आफ्ना विवेकपूर्ण विचारहरु राख्दै नेतादेखि राजनीतिक विश्लेषकहरु र सामान्य नागरिकमा पनि जातियताका बारेमा कुरा उठिरहेको छ । सडकदेखि सदनसम्म अनि प्रधानमन्त्रीदेखि सामान्यनागरिकसम्म यसले जर्वजस्त प्रवेश पाइरहेको छ । प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदको सर्वदलिय छानविन समिति बनाएर यस घटनामाथि निष्पक्ष छानविनको माग गरेको अवस्था छ । त्यसै क्षेत्रका सभासदले भवितव्य दुर्घटनाको संज्ञा दिइरहेका छन् । तथापि सबैका विचार आ–आफ्नो ठाउँमा मनन योग्य नै होलान्, के हो त घटना ? किन यो समाजमा यस्तो अमानविय, घृणित अनि निन्दनीय घटना घटिरहेको छ ? फेरि पनि एकपटक यस समाजलाई यो घटनाले सोच्न बाध्य पारेको छ ।

किशोर किशोरीले वश्यक नहुँदै विवाहका लागि योग्य उमेर नपुग्दै कानुनले पनि अनुमति नदिएको अवस्थामा युवायुवतीमा उत्पन्न भावुकताका कारण यस्ता घटना घटिरहनु भनेको दुर्भाग्य हो । यसले सारा समाजको चिर निन्द्रा हराम गरेको छ । समाजलाई बिखण्डन बनाउँदै लगेको देखिन्छ । एकतर्फ जातियताको नारा दिएर सवालहरु उठिरहेका छन् भने अर्कोतर्फ धर्म, संस्कृति, रितिरिवाजलगायतका कुरामा बहस भइरहेको देखिन्छ । जसले जुन–जुन कोणबाट आफ्ना विचार प्रदर्शन गरे पनि यस घटनाले समाजमा अत्यन्त नकारात्मक असर पारेको छ । त्यस क्षेत्रमा सामाजिक सद्भाव खल्बलिएको छ । गाउँमा दलित र गैरदलितवीच भातृत्वको सम्बन्धमा दरार पैदा गरेको छ । यसले समाज विचलित भएको छ । जसका कारण बाल मनोविज्ञानमा समेत ठूलो असर परेको छ । त्यसक्षेत्रमा सामाजिक सद्भाव खलवलिएको छ । एक गाउँ पूरै शोकमा डुबेको छ भने एक गाउँ पूरै कानुनको कठाघरामा उभिएको छ ।

यतिबेला घटनाको सत्य तथ्य छानविन गरेर पीडिकले कानुनी सजायको भागिदार हुनैपर्ने र पीडितले न्यायै पाउनै पर्नेहुन्छ । अन्यथा समाज अनि देशमा न्याय मरेको ठहरिनेछ । कानुनको बर्खिलाप भएको ठहरिने छ । न्यायको तुलोमा एकातिर अध्याँरो र अर्कोतर्फ दियो बल्छ । त्यसैले न्यायका लागि सामाजिक सद्भाव भाइचारालाई जागृत गर्न जरुरी छ ।

जतिसुकै व्यवस्था परिवर्तन भएपनि यस समाजमा रहेको अन्धविश्वास कुरिती, कु-संस्कृति, कुप्रथा जस्ता समाज विकासका बाधक तत्वलाई जरैदेखि उखलेर फ्याक्न जरुरी छ । साथै समाजमा विभेदरहित वातावरण बनाउनका लागि समाज विकासका नयाँ विरुवा ( नयाँ पुस्ता) हरुलाई सिंचित मलजल र स्याहार र सम्भार गरि हुर्काउन सहि शिक्षा नीतिमार्फत् मार्ग निर्देशन गर्न जरुरी छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तनहुँ । मोबाइल चार्ज गर्ने क्रममा सोमबार करेन्ट लागेर तनहुँमा एक महिलाको मृत्यु भएको

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

प्रेम परियार, नर्वे । गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्वेद्धारा आयोजित एभरेष्ट कप फुटवल २०२२

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको