
१४ जुन । नेपालको पुर्वी जिल्ला झापाबाट सयुक्तराज्य अमेरिका पुगी बसोवास गरेका झापालीहरुको संस्था “झापाली समाज युएसए” ले जिल्लालाई दुई वटा एम्वुलेन्स प्रदान गरेको छ।झापाको केचनाकवल गाउँपालिका र झापा गाउँपालिकाको रेडक्रस, शरणामति उपशाखासंग साझेदारीमा सन्चालन गर्ने गरि २ वटा एम्बुलेन्स खरिद गर्नका लागि रु १०,५०,००० (दश लाख पचास हजार) उपलब्ध गराएको समाजका अध्यक्ष मुकुन्द ढुंगानाले जानकारी दिए ।
एम्बुलेन्स किन्न लागेको बाकी पचास प्रतिशत रकम गाउँपालिका र रेडक्रसले पाँच लाख पच्चिस हजारका दरले उपलब्ध गराएका हुन।
एक कार्यक्रम गरी एम्बुलेन्स हस्तान्तरण गर्ने योजना बनाएको समाजले कोरोनाको कारणले गर्दा बिना कार्यक्रम नै एम्बुलेन्स हस्तान्तरण गरेको र एम्बुलेन्सवाट जिल्लावासीले सेवा लिन थालिसकेको जनाएको छ। यस पुन्य कार्यका लागि सहयोग गर्नु हुने सम्पुर्ण सहयोगी मनहरुलाई समाज र जिल्लावासीहरुले धन्यबाद दिएका छन। कोरोना प्रकोपको यो विषम परिस्थितीमा झापाको दक्षिणी भेगमा यी एम्बुलेन्सले धेरै सहयोग पुगेको रेडक्रस शरणामती उपशाखाका अध्यक्ष केसव बजगाईले बताए । केचनाकवल झापाको सवैभन्दा बढी कोरोना संक्रमित साथै पिछडिएको क्षेत्र पनि हो।
झापामा स्थानिय निकाय र संघसंस्थाहरुले कोरोना प्रकोपको प्रभावका कारणले नेपालको पुर्वी नाकाबाट स्वेदेश भित्रिने नेपालीहरुको संख्या अत्याधिक बढेको र कोरोनाको परिक्षणमा समस्या देखिएको कारणले विर्तामोडमा कोरोना परिक्षण केन्द्र स्थापना गर्ने निर्णय गरेका छन।
अन्तराष्ट्रिय झापाली समाज युएसए” ले पनि परिक्षण केन्द्रका लागि ल्याब किन्न आर्थिक सहयोग गर्ने समाजका अध्यक्ष ढुंगानाले बताए । ल्याव खरिद गर्नका लागि आर्थिक सहयोग गर्न अझासले गो–फन्डमार्फत शुरु गरिसकेको जानकारी दिदै उनले सवै अमेरिकावासी नेपालीहरुसंग सहयोगको लागि अपिल गरेका छन् ।
यी हुन् एम्बुलेन्समा सहयोग गर्ने दाताहरु :