back
CTIZAN AD

अपेडट : पर्वतको दुर्लुङको पहिरोमा परी ६ जनाको मृत्यु, ३ जना अझै बेपत्ता

वि.सं.२०७७ जेठ ३२ आइतवार

837 

shares

पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा न ३ दुर्लुङमा भिषण पानीसँगै आएको पहिरोमा पुरिएर ६ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ६ जनाको शव भेट्टिएको छ भने अझै ३ जना हराइरहेका छन् ।

पर्वतको दुर्लुङमा भिषण वर्षा, दुईजनाको मृत्यु, सातको खोजी जारी

प्रहरीका अनुसार शनिबार बेलुकै ३ जनाको शब भेटिएको थियो भने बिहान थप ३ जनाको शब भेट्टिएको छ ।

कुश्मा नगरपालिका ३ का वडाअध्यक्ष तेजप्रसाद पाध्याका अनुसार पहिरोमा परेर स्थानीय तुलबहादुर थापा, उनकी श्रीमति मिनकुमारी थापा र दुई नातीनीहरु दिविसा थापा र दिपा थापाको शब भेट्टिएको छ ।

त्यस्तै कमला विक उनकी छोरी प्रमिसा विकको शव भेट्टिएको छ भने ३ जना हराइरहेका छन् ।

घटनामा स्थानीय गोपाल गिरी घाइते भएका छन्, रुखले किचेको अवस्थामा उनको गाउँलेले उद्धार गरिएको छ । पहिरोका कारण ७ घर जोखिमका रहेको जानकारी दिँदै अध्यक्ष पाध्याले उनीहरुलाई सुरक्षित स्थानमा सार्नेबारे अहिले छलफल भैरहेको बताए ।

बेपत्ता हुनेहरुमा सम्राट थापा, विवेक थापा र जेनिस विक रहेका छ । उनिहरुको जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

वि.सं.२०७७ जेठ ३२ आइतवार ०९:०६ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...