back
CTIZAN AD

गृह मन्त्रालयले भन्यो-‘सोति घटनाको मुख्य दोषी नै वडा अध्यक्ष’

वि.सं.२०७७ असार १ सोमवार

1.2K 

shares

१ असार, काठमाण्डौं । गृह मन्त्रालयले रुकुम पश्चिमको सोतिमा ६ जनाको ज्यान जाने गरी भएको घटनाको मुख्य दोषि नै वडाअध्यक्ष रहेको निष्कर्ष निकालेको छ ।

गृहमन्त्रालयद्धारा सोमबार घटनाको निष्कर्षसहित जारी विज्ञप्तिमा वडा अध्यक्ष डम्बर बहादुर मल्ल सार्वजनिक पद धारण गरेको र जननिर्वाचित जनप्रतिनिधी समेत भएको जिम्मेवार व्यक्तिले लकडाउनको समयमा जाजरकोटबाट केटाहरु गाउँमा छिरे तिनीहरुलाई नियन्त्रणमा लिनुपर्छ भन्ने आसयका साथ घटनामा संलग्न भएको भन्दै उनलाई मुख्य दोषी ठहर्याएको हो ।

‘जननिर्वाचित जिल्ला रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष (जनप्रतिनिधी) समेत भएको जिम्मेवार व्यक्तिले लकडाउनको समयमा जाजरकोटबाट केटाहरु गाउँमा छिरे तिनीहरुलाई नियन्त्रणमा लिनुपर्छ भन्ने बहानामा प्रतिवादी डम्बर बहादुर मल्लको मोवाईल नं. ९८४८९६९७३३ ले प्रतिवादी टोप बहादुर मल्लको मोबाईल नं. ९८४२३५३०२५, प्रतिवादी मान बहादुर मल्लको मोबाईल नं. ९८६६८६८९६८, प्रतिवादी नेत्र बहादुर मल्लको मोवाईल नं. ९८४१५३७६७३ मा सम्पर्क गरी गाउँलेहरुलाई एकीकृत गराई नियन्त्रणमा लिन भनी उत्प्रेरित गरेको, गोईरी औलका व्यक्तिहरुलाई समेत गलत सूचना प्रवाह गरी बाटो छेक्न लगाएको, साथै गाउँ छिरेका व्यक्तिहरुलाई नियन्त्रणमा लिने नाममा प्रहरीलाई गलत सूचना दिई गुमराहमा पारी अर्को तर्फ पठाई गाउँका मानिसहरुलाई भेला जम्मा गरी झण्डै ४ कि.मी. टाढा गईसकेका पीडितहरुलाई पिछा गर्दै लखेट्दै ढुङगा, मुढा प्रहार गरी नवराज बि.क. समेतका ६ जना व्यक्तिहरुको ज्यानै लिनेसम्मको परिस्थिती सिर्जना गरीएको’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

यस्तो छ पूर्ण वक्तव्य

प्रेस विज्ञप्ति रुकुम पश्चिम जिल्ला, चौरजहारी नगरपालिका वडा नं. ड सोती भन्ने स्थानमा मिति २०७७÷०२÷१० गते जिल्ला जाजरकोट, भेरी नगरपालिका वडा नं. ४ बस्ने नवराज वि.क सहित ६ जनाको मृत्यु भएको सम्बन्धमा गृहमन्त्रालयद्वारा गठित छानविन समितिले घटनाका सम्बन्धमा विस्तृत छानविन गरी दोषीलाई कानूनबमोजिम कारबाही हुन सिफारिश साथ सो को प्रतिवेदन पेश गरिसकेको छ । साथै प्रस्तुत जघन्य घटनाका सम्बन्धमा नेपाल प्रहरीबाट कानून बमोजिम विस्तृत छानविन र अनुसन्धान भई अनुसन्धानबाट दोषि देखिएका प्रतिवादीहरु डम्बर बहादुर मल्ल, डिल्ली मल्ल, प्रेमबहादुर ठकुरी, परिवर्तित नाम ५४–३६) १, सन्तोष मल्ल, मोहन पुन मगर, परिवर्तित नाम ५४ (३६) ३, मान बहादुर मल्ल, टोप बहादुर मल्ल, बिनोद मल्ल, लिपेन्द्र कुमार मल्ल, ईन्द्रबहादुर भन्ने इर्द बहादुर ठकुरी, हर्क बहादुर मल्ल तिलक चन्द, नेत्र बहादुर मल्ल, रेशम बहादुर मल्ल, परिवर्तित नाम ५४ रुकुम पश्चिम ३९, विष्णु मल्ल, बिराज पुन मगर र सर्वजित भन्ने सविन पुन समेतले गरेको कार्य मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–१२ को ज्यान सम्बन्धी कसूरको दफा १७७(१) बिपरित कसुर अपराधमा सोही कसूरको उपदफा (२) बमोजिम सजाय हुन, पक्राउ परेका प्रतिवादी ईन्द्र बहादुर मल्लले उल्लेखित घटनाको सूचना पाएर पनि सम्बन्धित निकाय समेतलाई कुनै जानकारी नगराई उक्त घटनालाई लुकाई छिपाई मतियारको कार्य गरेको र विनोद मल्ल, रेशम मल्ल समेतका प्रतिवादीहरुले नवराज बि.क. समेतका व्यक्तिहरुलाई लखेट्दै ल्याई नियन्त्रणमा लिई कुटपिट गर्ने कार्यमा प्रतिवादीहरु तुलबहादुर मल्ल, दिपेन्द्र चन्द, रमित पुन मगर र नविन कुमार जि.एम.ले सहयोग गरी मतियारको कार्य गरेकोले निज प्रतिवादीहरु इन्द्र बहादुर मल्ल, तुलबहादुर मल्ल, दिपेन्द्र चन्द, रमित पुन मगर र नविन कुमार जि.एम. लाई मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद( ३ को दफा ३६ (१) बमोजिम कसूर अपराधमा सोही ऐनको दफा ३६ (३) ख बमोजिम सजाय हुन र प्रतिवादीहरु परिवर्तित नाम थर ५४ रुकुम पश्चिम ३६, परिवर्तित नाम ५४ रुकुम पश्चिम ३६ (२) ले उल्लेखित घटनाको मुख्य षड्यन्त्र गरेको देखिएकोले निजहरुले गरेको कार्य मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद(२ को दफा ३३ बमोजिम कसूर गरेकोले सोही दफाको उपदफा (३) क बमोजिम सजाय हुन र मृतक तथा घाईतेहरुलाई छेका घेरा हाली ढुङ्गा, लाठी समेतले प्रहार गर्ने प्रतिवादीहरु तुलाराम घर्ती, क्वापे भन्ने लोकेन्द्र घर्ती, डिल्ली घर्ती, शौरभ पुन, भिम बहादुरबुढा, धनाराज राना र भिम बहादुर पुनले गरेको कार्य सोही परिच्छेद को दफा १७८ (१) विपरीत कसूर अपराधमा सोही दफाको उपदफा (२) बमोजिम सजाय हुन र प्रतिवादीहरु डम्बर बहादुर मल्ल, डिल्ली मल्ल, प्रेम बहादुर ठकुरी, परिवर्तित नाम थर ५४ (३६), परिवर्तित नाम ५४ (३६) १, परिवर्तित नाम ५४(३६)२, सन्तोष मल्ल, परिवर्तित नाम ५४ (३६) ३, मान बहादुर मल्ल, टोप बहादुर मल्ल, बिनोद मल्ल, लिपेन्द्र कुमार मल्ल, ईन्द्र बहादुर भन्ने इर्द बहादुर ठकुरी, हर्क बहादुर मल्ल, तिलक चन्द, नेत्रबहादुर मल्ल, रेशम बहादुर मल्लले जातीय भेदभाव तथा छुवाछुत (कसूर र सजाय) ऐन, २०६८ को दफा ४ (१) बमोजिम कसूर गरेको देखिन आएकोले सोही ऐनको दफा ७ को उपदफा १ (क) बमोजिम सजाय हुन र प्रतिवादी मध्ये डम्बर बहादुर मल्ल सार्वजनिक पद धारण गरेको व्यक्ति जननिर्वाचित जिल्ला रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष (जनप्रतिनिधी) समेत भएको जिम्मेवार व्यक्तिले लकडाउनको समयमा जाजरकोटबाट केटाहरु गाउँमा छिरे तिनीहरुलाई नियन्त्रणमा लिनुपर्छ भन्ने बहानामा प्रतिवादी डम्बर बहादुर मल्लको मोवाईल नं. ९८४८९६९७३३ ले प्रतिवादी टोप बहादुर मल्लको मोबाईल नं. ९८४२३५३०२५, प्रतिवादी मान बहादुर मल्लको मोबाईल नं. ९८६६८६८९६८, प्रतिवादी नेत्र बहादुर मल्लको मोवाईल नं. ९८४१५३७६७३ मा सम्पर्क गरी गाउँलेहरुलाई एकीकृत गराई नियन्त्रणमा लिन भनी उत्प्रेरित गरेको, गोईरी औलका व्यक्तिहरुलाई समेत गलत सूचना प्रवाह गरी बाटो छेक्न लगाएको, साथै गाउँ छिरेका व्यक्तिहरुलाई नियन्त्रणमा लिने नाममा प्रहरीलाई गलत सूचना दिई गुमराहमा पारी अर्को तर्फ पठाई गाउँका मानिसहरुलाई भेला जम्मा गरी झण्डै ४ कि.मी. टाढा गईसकेका पीडितहरुलाई पिछा गर्दै लखेट्दै ढुङगा, मुढा प्रहार गरी नवराज बि.क. समेतका ६ जना व्यक्तिहरुको ज्यानै लिनेसम्मको परिस्थिती सिर्जना गरी आफू समेत उक्त कार्यमा संलग्न भएको देखिदा निज प्रतिवादी डम्बर बहादुर मल्ललाई जातिय भेदभाव तथा छुवाछुत (कसूर र सजाय) ऐन, २०६८ को दफा ७ को उपदफा २ (१) बमोजिम थप सजाय हुन र प्रतिवादीहरु डम्बर बहादुर मल्ल, डिल्ली मल्ल, तुल बहादुर मल्ल, प्रेम बहादुर ठकुरी, परिवर्तित नाम ५४(३६) १, सन्तोष मल्ल, मोहन पुन मगर, परिवर्तित नाम ५४ (३६) ३, मान बहादुर मल्ल, टोप बहादुर मल्ल, बिनोद मल्ल, लिपेन्द्र कुमार मल्ल, ईन्द्र बहादुर भन्ने इर्दबहादुर ठकुरी, हर्क बहादुर मल्ल, तिलक चन्द, नेत्र बहादुर मल्ल, रेशम बहादुर मल्ल, परिवर्तिन नाम ५४ रुकुम पश्चिम ३९, बिष्णु मल्ल, तुलाराम घर्ती, क्वापे भन्ने लोकेन्द्र घर्ती, डिल्ली घर्ती, शौरभ पुन, भिम बहादुर बुढा, बिराज पुन मगर, सर्वजित भन्ने सविनपुन, रमित पुन मगर, नविन कुमार जि.एम, धनाराज राना, दिपेन्द्र चन्द र भिम बहादुर पुन समेतको मिलेमतो तथा योजना बनाई प्रतिवादीहरुले ज्यानै मार्ने मनसायले सांघातिक आक्रमण गरी ढुङगा, मुढा, हँसिया, लाठ्ठी समेतले प्रहार गरी लाल बहादुर खड्का, भोला बिटालु (बि.सी.), बिभाग पुन, सरोज भडेल, मद शाही, ईन्द्र जंग शाह, गोबिन्द सुनार, आशिष बि.क. सुदिप खड्का, डिल्ली बि.क., महेश कार्की र सुनिल सुनार समेतलाई घाईते बनाएको देखिदा उल्लेखित प्रतिवादीहरुले ज्यान मार्ने उद्योग समेत गरेको देखिदा मुलुकी अपराध संहिता ऐन, २०७४ को भाग – २ परिच्छेद १२ को दफा १८३ को (१) बमोजिम अपराध गरेकोले सोही दफा को उपदफा (२) बमोजिम सजाय हुन र प्रतिवादी परिवर्तित नाम ५४ रुकुम पश्चिम ३६ र परिवर्तित नाम ५४ रुकुम पश्चिम ३९ नाबालक प्रतिवादी भएकोले कानूनले तोकिएको उमेर हद पुरा भएपछि सावालक बमोजिम सजाय हुने गरी हाललाई बालबालिका ऐन, २०७५ को दफा ३६ को उपदफा (४) बमोजिम सजाय हुनका साथै हाल फरार रहेका प्रतिबादीहरु तुलाराम घर्ती, क्वापे भन्ने लोकेन्द्र घर्ती, भिम बहादुर बुढा, डिल्ली घर्ती र शौरभ पुन को हकमा सम्मानित अदालतबाट पक्राउ पुर्जी सहितको म्याद जारी हुनका साथै सोही परिच्छेदको दफा १८६ बमोजिम मृतकको परिवार तथा घाईतेहरुलाई मनासिव क्षतिपूर्ति भराई दिनहुन समेतको सम्मानित अदालतमा मागदाबी भई पीडकलाई सजाय र पीडितलाई न्याय दिने कानूनी प्रक्रिया प्रारम्भ भइसकेको छ ।

अतः यस जघन्य आपराधिक घटनाका सम्बन्धमा विस्तृत छानविन तथा अनुसन्धान पश्चात कानून बमोजिम क्षेत्राधिकार प्राप्त सम्मानित अदालतमा न्यायिक निरुपणका लागि अभियोजन समेत भइसकेको व्यहोरा सबैमा जानकारी गराउदै यस प्रकारका घटना दोहोरिन नदिन र दोषीहरुमाथि कानून बमोजिम कारबाही गर्न नेपाल सरकार सदैव संवेदनशील रहेको व्यहोरा समेत अनुरोध छ ।

रुकुम घटनामा सत्य अन्वेषण : देवेन्द्र समितिका चुनौतीहरु

वि.सं.२०७७ असार १ सोमवार १९:०५ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...