back

कृषि आधुनिकीकरण परियोजना सार्वजनिक

वि.सं.२०७३ पुस १२ मंगलवार

462 

shares
GLOBAL IME AD
NTC AD

१२ पुस,भद्रपुर । जिल्ला कृषि विकास कार्यालय झापाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत आर्थिक वर्ष २०७३÷७४ को कार्यक्रम सार्वजनिकीरण तथा परियोजना कार्यान्वयन अभिमुखीकरण कार्यक्रम आज सम्पन्न ग¥यो ।

झापाको दक्षिणी तथा पूर्वी क्षेत्रका पाठामारी, बालुवाडी, केचना, पृथ्वीनगर, बनियानी र घेराबारी गाविसमा यस वर्षदेखि धानमा ‘सुपरजोन’ क्षेत्र कार्यक्रम सुरु गरिएपछि आगामी दिनमा सञ्चालन हुने कार्यक्रम सार्वजनिक गरिएको हो ।

यसका लागि सरकारले यसवर्ष झापामा सुपरजोनका लागि रु चार करोड ४७ लाख ९९ हजार, ब्लकका लागि रु दुई करोड सात लाख ९३ हजार र पकेट क्षेत्रका लागि रु चार करोड ७९ लाख ३५ हजार बजेट विनियोजन गरेको छ ।

सो अवसरमा वरिष्ठ कृषि विकास अधिकृत प्रकाश डाँगी र वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमल्सेनाले कार्यक्रम सार्वजनिक गर्दै झापामा सञ्चालन हुने कृषि कार्यक्रममा कृषकको मेहनत र लगनशीलता आवश्यक रहेको चर्चा गर्नुभयो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले कृषि उत्पादन, भण्डारण, प्रशोधन, वितरण र बजारीकरणको उचित प्रबन्ध मिलाउन सरकारले ठोस कदम चाल्नुपर्नेमा जोड दिनुभयो । रासस

वि.सं.२०७३ पुस १२ मंगलवार ११:२४ मा प्रकाशित

के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?

के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?

काठमाडौँ । केही दिन अगाडि एक वयस्क महिला छोरालाई कुकुरले...

मखनटोल आगलागी : मृत्यु भएकी वृद्धाको सनाखत

मखनटोल आगलागी : मृत्यु भएकी वृद्धाको सनाखत

काठमाडौं । काठमाडौं महानगरपालिका–२४ मखनटोलको सुरज आर्केड पछाडि रहेको दुई...

प्राध्यापकद्वारा विद्यार्थीहरूमाथि जातीय विभेद !

प्राध्यापकद्वारा विद्यार्थीहरूमाथि जातीय विभेद !

काठमाडौँ । पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूमाथि प्राध्यापकले जातीय विभेद...

बाँझो बारीमा आलुखेती गर्दै पालिका

बाँझो बारीमा आलुखेती गर्दै पालिका

पर्वत । मोदी गाउँपालिकाले आम्दानी वृद्धि गर्ने उद्देश्यले १५ वर्षदेखि...

बेलायतमा नेपाली भजन महोत्सव

बेलायतमा नेपाली भजन महोत्सव

बेलायत । बेलायतमा बसोबास गर्दै आएका नेपालीहरुको संस्था ‘साझा नेपाली...

गण्डकीसहित तीन प्रदेशका केही स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना !

गण्डकीसहित तीन प्रदेशका केही स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना !

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव...