back
CTIZAN AD

कृषि आधुनिकीकरण परियोजना सार्वजनिक

वि.सं.२०७३ पुस १२ मंगलवार

945 

shares

१२ पुस,भद्रपुर । जिल्ला कृषि विकास कार्यालय झापाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत आर्थिक वर्ष २०७३÷७४ को कार्यक्रम सार्वजनिकीरण तथा परियोजना कार्यान्वयन अभिमुखीकरण कार्यक्रम आज सम्पन्न ग¥यो ।

झापाको दक्षिणी तथा पूर्वी क्षेत्रका पाठामारी, बालुवाडी, केचना, पृथ्वीनगर, बनियानी र घेराबारी गाविसमा यस वर्षदेखि धानमा ‘सुपरजोन’ क्षेत्र कार्यक्रम सुरु गरिएपछि आगामी दिनमा सञ्चालन हुने कार्यक्रम सार्वजनिक गरिएको हो ।

यसका लागि सरकारले यसवर्ष झापामा सुपरजोनका लागि रु चार करोड ४७ लाख ९९ हजार, ब्लकका लागि रु दुई करोड सात लाख ९३ हजार र पकेट क्षेत्रका लागि रु चार करोड ७९ लाख ३५ हजार बजेट विनियोजन गरेको छ ।

सो अवसरमा वरिष्ठ कृषि विकास अधिकृत प्रकाश डाँगी र वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमल्सेनाले कार्यक्रम सार्वजनिक गर्दै झापामा सञ्चालन हुने कृषि कार्यक्रममा कृषकको मेहनत र लगनशीलता आवश्यक रहेको चर्चा गर्नुभयो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले कृषि उत्पादन, भण्डारण, प्रशोधन, वितरण र बजारीकरणको उचित प्रबन्ध मिलाउन सरकारले ठोस कदम चाल्नुपर्नेमा जोड दिनुभयो । रासस

वि.सं.२०७३ पुस १२ मंगलवार ११:२४ मा प्रकाशित

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म...

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राँझा (बाँके) । बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती...

पहिराले मेची राजमार्ग अवरुद्ध

पहिराले मेची राजमार्ग अवरुद्ध

इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...