back

दश ठेकेदार विरुद्ध अनुसन्धान

वि.सं.२०७३ पुस १२ मंगलवार

516 

shares
GLOBAL IME AD
NTC AD

१२ पुस,बाजुरा। अवैध रुपमा जडीबुटी सङ्कलन गरेको आरोपमा जिल्ला वन कार्यालयले दश ठेकेदारमाथि निगरानी राखी अनुसन्धान सुरु गरेको छ ।

जिल्ला बन अधिकृत विशेन्द्रराज सुवेदीका अनुसार कार्यालयको मातहतमा रहेको कोल्टीस्थित इलाका वन कार्यालयले मङ्सिर २६ गते कोल्टी र दानसाँघु बजारबाट रु एक करोड ७९ लाख बराबरको अवैधरुपले ल्याइएको जडीबुटी बरामद गरेको थियो ।

सुराकीको आधारमा प्रहरीले २७ हजार केजी जटामसी, एक सय केजी चिराइतो, र ८० केजी कटुकी गरी २८ हजार एक सय ८० केजी जडीबुटी बरामद गरेको छ । वन कार्यालले नौ हजार सात सय केजी जडीबुटी सङ्कलनको अनुमति दिएकामा ठेकेदारले चार गुणा बढी ३६ हजार सात सय केजी जडीबुटी सङ्कलन गरेकोे थियो ।

वन कार्यालयले ठेकेदार सुरतबहादुर शाही, बिर्ख भण्डारी, धनबहादुर छन्त्याल, विष्णुप्रसाद सञ्ज्याल, मङ्गल थापा, बिर्ख रावल, गणेश रावल, राजेन्द्र शाही, नवीनकुमार शाही, दीपक रेग्मीलाई अनुसन्धानका लागि मङ्गलबार कोल्टी लगेको छ ।

वन कर्मचारी र ठेकेदारबीच पैसामा कुरा नमिलेपछि रहस्य बाहिर आएको स्थानीय जनताको भनाइ छ । सुरुमा वन कार्यालयले नदेखे झै गरे पनि चौतर्फी आलोचनापछि मात्र समात्न बाध्य भएको थियो ।वन अधिकृत विशेन्द्रराज सुवेदीले यो विषयमा शुरुमा सूचना माग गर्दा नदिएको पनि बताइएको छ।

जिल्लाबाट ६५ बढी प्रजातिका जडीबुटी सङ्कलन गर्न पाउने अधिकार वन कार्यालयले दिएको छ । रासस

वि.सं.२०७३ पुस १२ मंगलवार ११:०४ मा प्रकाशित

तीनै तहका सरकार र निजी क्षेत्रबीच सहकार्य जरुरी : अध्यक्ष ढकाल

तीनै तहका सरकार र निजी क्षेत्रबीच सहकार्य जरुरी : अध्यक्ष ढकाल

पाटन (ललितपुर) । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

पालिकाले ल्यायो कोदोखेती प्रवर्द्धन कार्यक्रम

पालिकाले ल्यायो कोदोखेती प्रवर्द्धन कार्यक्रम

मनहरी । मकवानपुरको भीमफेदी गाउँपालिकाको रैथाने जातका अन्नबालीको प्रवर्द्धन कार्यक्रम...

एकै महिनामा ६५ फरार प्रतिवादी पक्राउ

एकै महिनामा ६५ फरार प्रतिवादी पक्राउ

नेपालगन्ज । प्रहरीले बाँकेमा फागुनमा मात्रै ६५ जना फरार प्रतिवादीलाई...

स्थानीयवासीको माग पूरा गर्न पाँच जलविद्युत् आयोजना सहमत

स्थानीयवासीको माग पूरा गर्न पाँच जलविद्युत् आयोजना सहमत

गलेश्वर (म्याग्दी) । रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन पाँचवटा जलविद्युत् आयोजनाले सामाजिक...

गोरखनाथ सामुदायिक वनमा डढेलो

गोरखनाथ सामुदायिक वनमा डढेलो

काभ्रेपलाञ्चोक । जिल्लाको दक्षिणी क्षेत्र बेथानचोक गाउँपालिका–३ बोल्देस्थित गोरखनाथ सामुदायिक...

गोरखामा भूकम्पले क्षति पुर्याएको भवन पुनर्निर्माण

गोरखामा भूकम्पले क्षति पुर्याएको भवन पुनर्निर्माण

गोरखा । भीमसेन थापा गाउँपालिका-६ अश्राङको वडा कार्यालय भवन पुनर्निर्माण...