back
CTIZAN AD

ओली–प्रचण्डबीच झण्डै चार घण्टा लामो वार्ता, निस्कयो यस्तो निष्कर्ष

वि.सं.२०७७ असार १९ शुक्रवार

804 

shares

काठमाडौं । नेकपा विवाद उत्सर्गमा पुगिरहेका बेला पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच झण्डै चार घण्टा लामो छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सहमती केहि नभएपनि सकारात्मक रहेको नेकपा स्रोतले जनाएको छ ।

‘छलफल निकै सकारात्मक भएको छ, दुवै नेताले आ–आफ्नो कुरा खुलस्त रुपमा राख्नुभयो’, नेकपा स्रोतले भन्यो, ‘भोली हुने छलफलले महत्वपूर्णं निष्कर्ष आउन सक्छ ।’ जनाइएअनुसार भोली हुने स्थायी समिति बैठक अगाडि पुनः दुई अध्यक्षबीच छलफल हुनेछ ।

बालुवाटार भएको छलफलमा पार्टी एकता पूर्वका सुत्रधार भनेर चिनिएका पार्टी महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा ‘प्रभाकर’को पनि उपस्थिति थियो ।

झम्सिखेल भेलासँगै प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा माग्ने निर्णय भएसँगै नेकपाभित्र विवाद गहिरिएको थियो । बिहिबार स्थायी समिति बैठकका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले संसद अधिवेशन स्थगन गरेसँगै पार्टीभित्र विवाद उत्सर्गमा पुगेको हो ।

सम्बन्धित समाचारहरू

ओली–प्रचण्ड निर्णायक बार्तामा, मध्यमार्गी सहमति खोजीने सम्भावना

वि.सं.२०७७ असार १९ शुक्रवार १६:३६ मा प्रकाशित

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...