
२१ असार, काठमाडौँ । पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली काँग्रेसका युवा नेता गगन थापाले पुरानो धन्दा छोड्न र प्रवृत्ति फेर्न आग्रह गरेका छन् ।
आफ्नो पार्टीका सभापति शेरबहादुरसँग प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता केपी शर्मा ओलीले भेटघाट गरेपछि नेपाली राजनीतिक वृतमा आएको टिकाटिप्पणीका सन्दर्भमा टिव्टरमार्फत उनले यस्तो आग्रह गरेका हुन् ।
जनताले ५ बर्ष नेकपालाई सरकार चलाउन र कांग्रेसलाई सवल प्रतिपक्षीय भुमिकामा रहने म्याण्डेट दिएको कुरामा काँग्रेस स्पष्ट रहेको बताउँदै उनले आफ्नो पार्टी भित्रको विवादमा अर्कालाई तर्साउने धन्दामा लाग्नु मतादेशको अबमुल्यन भएको बताएका छन् ।
‘कांग्रेससँगको सामिप्यता देखाएर नेकपा भित्रको गुटको विवादमा एक अर्कालाई तर्साउने धन्दामा लाग्नु मतादेशको अबमुल्यन’ भएको उनले उल्लेख गरेका छन् ।
नेता थापाले लेखको छन् :
जनताले ५ बर्ष नेकपालाई सरकार चलाउन र कांग्रेसलाई सवल प्रतिपक्षीय भुमिकामा रहने म्याण्डेट दिएका हुन।यसमा हामी स्पष्ट छौं।कांग्रेससँगको सामिप्यता देखाएर नेकपा भित्रको गुटको विवादमा एक अर्कालाई तर्साउने धन्दामा लाग्नु मतादेशको अबमुल्यन हो।
प्रवृति फेर,धन्दा छोड।— Gagan Thapa (@thapagk) July 5, 2020