मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । नाम, दाम र इनाम कमाउने बेला छ । पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। समुदायको हितमा लोकप्रिय काम गर्न सकिनेछ । नोकरी र व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ । छोटो समयमा पुरुषार्थी काम सम्पादन हुनेछ । प्रयत्न गर्दा दिगो कामको जग बसाउन पनि सफल भइनेछ ।
वृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
परिस्थितिवश आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् । अस्वस्थताले काममा जुट्न बाधा पर्नेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई भाग्यले साथ दिनेछ । असल मित्र, शुभचिन्तक वा जीवनसाथीको सहयोग प्राप्त भइरहनेछ । धेरै आम्दानी नभए पनि व्यवसाय सामान्य रूपमा चल्नेछ । बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। सेवामूलक काममा प्रवृत्त भइनेछ ।
मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । दौडधुप गर्नुपरे पनि काम अधुरो रहला। गोप्य सूचना बाहिरिन सक्छ । हुल-मुलमा धनमाल जोगाउन अलि सजग रहनुपर्ला। स्वास्थ्यका लागि आराम र खानपानमा विशेष ध्यान दिनुहोला। यात्राको प्रक्रियामा बढी खर्च हुन सक्छ । आफ्नो उपलब्धिमा अरूले दाबी गर्ने सम्भावना रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला ।
कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
पहिलेको सफलताले हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। काम बन्नुका साथै धनलाभ हुनेछ । बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ । विगतका कमजोरीलाई सुधार गर्ने मौका छ । लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने दिगो कामको जग बसाउने समय छ ।
सिंह- मा, मि, मु, मे, मो, टा, टि, टु, टे
स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ । ईर्ष्या गर्नेहरूले हार खानेछन् । व्यापारलगायत अर्थ लाभ हुने योजना प्रारम्भ गर्न सकिनेछ । मिहिनेत गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । दिगो काम थालनी हुनेछ । पछिका लागि पनि सकारात्मक संकेत प्राप्त हुनेछ ।
कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
उपलब्धिका लागि परिस्थितिसँग सम्झौता गर्नुपर्ने हुन सक्छ । समयतालिका नमिल्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् । स्वास्थ्यका लागि खानपानमा ध्यान दिनुहोला । मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ । नियमित काम र व्यवसायमा लाभ हुनेछ। महत्त्वाकांक्षा पूरा नभए पनि पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ । आर्थिक स्थितिमा पनि सुधार आउनेछ ।
तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते
हतारको निर्णयले काम बिग्रनेछ । महत्वाकांक्षी योजनामा आफ्नैले बाधा पुर्याउलान्। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुपर्नेछ । खराब व्यक्तिको संगतले समस्या निम्त्याउनेछ । निर्णायक मोडमा दुविधा उत्पन्न हुने हुँदा हतारमा निर्णय नलिनुहोला । हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ । साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला ।
वृश्चिक- तो, ना, नि, नु, ने, नो, या, यि, यु
सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। स्रोत–साधन जुट्नाले उद्योग र व्यापारमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ । मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ ।
धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अवसर आए पनि आत्मविश्वासको कमीले पछि परिनेछ । शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुस्ख पाइनेछ। हडबडीले काम बिग्रनेछ भने सानो गल्तीले काम दोहोर्याउनुपर्ला । बोलीको गलत अर्थ लाग्नाले विवादमा परिने सम्भावना छ । अध्ययनमा त्यति समय दिन नसकिएला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ ।
मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अधिक परिश्रमले थकान र कमजोरी निम्त्याउन सक्छ । सरोकार नभएका विषयमा चासो राख्नाले दुःख पाइनेछ । सोख, खानपान र साजसज्जामा खर्च बढ्नेछ । तापनि नयाँ कामको प्रस्ताव आउनेछ र साथ दिनेहरू बढ्नेछन् । रचनात्मक काम प्रारम्भ गर्ने समय छ । बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ ।
कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ । अवसरका लागि निकै दौडधुप गर्नुपर्नेछ । समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ । व्यवसायमा लगानी बढाउनुपर्ला। भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ । तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ । धेरै मिहिनेत परे पनि थोरैमात्र फल प्राप्त हुनेछ ।
मीन- दि, दु, थ, झ, ञ, दे, दो, च, चि
भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि राम्रै फाइदा हुनेछ । मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ । दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् भने पछि फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ ।
वि.सं. २०७७ असार २२, सोमवार (इ.स. २०२० जुलाई ६)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४
आषाढ शुक्लपक्ष पूर्णिमा, हेर्नुहोस् कस्तो छ त तपाईको आज (आइतबार) को राशिफल ?
वि.सं.२०७७ असार २२ सोमवार ०७:३४ मा प्रकाशित




























