back
CTIZAN AD

कविताः आश्चर्य के मान्नु र !

वि.सं.२०७७ असार २७ शनिवार

828 

shares

जस्ले देश र राष्ट्रको हित गरे किल्ला सिमाना बने
लेखे गौरवको कथा रगतले बेनाम योद्धा बने
पाखण्डी कपटी र लम्पट ठगी चढ्दा भए टाकुरा
चर्चामा उनकै छ नाम जहिले ज्ञानी बने माकुरा ।।१।।
**
आत्मामा कटुता लिएर मुखमा मुस्कान मीठा कुरा
गीता हात महा सदैव बगली खल्ती भरी छन छुरा
योगी ध्यान बिना हुदैछ जड त्यो सन्यास के कामको
ढोंगी ज्ञान बिना हुदैछ सठ त्यो विद्वान भो नामको ।।२।।

**

हिंसा गर्न सिपालु बाघ चितुवा बन्दैछ मान्छे पनि
लोभी साधु बनेर हिड्दछ अहो ! के बन्छ योगी मुनि
भित्री पाप रहस्य गोप्य तरिका छोपेर छाती मुनि
बस्छन् घात लगाइ बाज जसरी मान्छे बनिन्छन उनै ।।३।।

**

बेचिन्छन् पहरा नदी र झरना खोला र नाला गरा
पैसा दौलतमा इमान सकियो बिक्री हुदैछन् धरा
सच्चा मित्र र साथ छैन जगमा पैसा बन्यो बाधक
आमाको पनि लाज बेच्छ पशुले सन्तान भो घातक ।।४।।

**

चाँदीको चलखेलमा छ दुनियाँ ब्वासो बन्यो शासक
पापी कर्म लुकाउने जन यहाँ बन्दै गयो चालक
मीठा भाषण बोल्छ लेख्छ जसले विद्वान ठूलो भयो
बोल्नेका कनिका भुसै पनि बिके आश्चर्य के मा रह्यो ? ५।।

वि.सं.२०७७ असार २७ शनिवार ०८:५८ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...