
नेपाली भाषाका चम्किला तारा तिमी
सबैको मनमा बस्ने अतिनै प्यारा तिमी
जन्मिए पनि धर्तिको त्यो एउटा कुनामा
पुजिन्छौ ससम्मान नेपालीले सारा तिमी
भिन्दा–भिन्दै थिएछ भाषा उबेला सबैको
भाषाले एक शुत्रमा बाँध्ने नयाँ पारा तिमी
साहित्यिक तृष्णाले युगौं प्यासी हुन्थ्यौं
त्यो हाम्रो प्यास बुझाउने मुल धारा तिमी
संसारको हर कुनामा छरिएका जातिलाई
एउटै मालामा जोडी राख्ने साझा नारा तिमी
देविडाँडा, सिलगडी, भारत
वि.सं.२०७७ असार २९ सोमवार १२:०२ मा प्रकाशित





























